कानूनको शासन
कानूनको शासन राजनीतिक आदर्श हो जसमा कुनै देश, राज्य वा समुदाय भित्रका सबै नागरिक, संस्थाहरू, सांसदहरू र नेताहरू सहित सबै समान कानूनहरूको लागि उत्तरदायी हुन्छन्। "कानूनभन्दा माथि कोही छैन" भन्ने आदर्शमा कानूनको शासन शब्द संवैधानिकतासँग नजिकबाट सम्बन्धित छ। यसले कुनै राजनीतिक अवस्थालाई जनाए पनि कुनै विशेष कानुनी नियमलाई होइन। कानूनको शासनलाई एन्साइक्लोपीडिया ब्रिटानिकामा परिभाषित गरिएको छ " व्यवस्था, प्रक्रिया, संस्था, अभ्यास, वा नियम जसले कानूनको अगाडि सबै नागरिकहरूको समानतालाई समर्थन गर्दछ, सरकारले व्यक्ति वा विशेष समुह लाई मात्र ध्यान नदिई, सबैको समानताको सुरक्षित गर्दछ, र अधिक शक्तिको मनमानी प्रयोगलाई रोक्दछ। "
"कानूनको शासन" वाक्यांशको प्रयोग १६ औं शताब्दीको बेलायतमा भएको थियो। अर्को शताब्दीमा, स्कटल्याण्डका धर्मशास्त्री स्यामुएल रदरफोर्डले राजाहरूको ईश्वरीय अधिकारको विरुद्ध तर्क गर्न यसलाई प्रयोग गरे। जोन लकले लेखेका छन् कि समाजमा स्वतन्त्रताको अर्थ केवल एक विधायिका द्वारा लिखित कानूनको अधीनमा हुनु हो जुन सबैलाई लागू हुन्छ, एक व्यक्ति अन्यथा आफ्नो स्वतन्त्रतामा सरकारी र निजी दुबै प्रतिबन्धबाट स्वतन्त्र हुन्छ। "कानूनको शासन" लाई १९ औं शताब्दीमा ब्रिटिश न्यायशास्त्री ए.वी. डाइसीले थप लोकप्रिय बनाए। तथापि, यस सिद्धान्त, कुनै वाक्यांशको प्रयोग विना नै, प्राचीन विचारकहरूले यसलाई मान्यता दिएका थिए। अरस्तुले लेखेका छन्: "कुनै पनि नागरिकभन्दा कानूनले शासन गर्नु उचित हुन्छ: एउटै सिद्धान्तमा, यदि कुनै विशेष व्यक्तिमा सर्वोच्च शक्ति राख्नु फाइदाजनक छ भने, उनीहरूलाई केवल संरक्षक र कानूनका सेवकहरूका रुपमा नियुक्त गरिनुपर्छ।"
दार्शनिक प्रभावहरू
[सम्पादन गर्नुहोस्]आधुनिक समयमा "कानूनको शासन" भन्ने अभिव्यक्तिलाई लोकप्रिय बनाएको श्रेय सामान्यतया ए.वी. डाइसीलाई दिइन्छ, तर कानुनी अवधारणाको विकास इतिहासको माध्यमबाट प्राचीन ग्रीस, मेसोपोटामिया, भारत, र रोम सहित धेरै प्राचीन सभ्यताहरूमा पत्ता लगाउन सकिन्छ।