कालकूट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कालकूट वा हलाहल विष हिन्दु मिथकमा वर्णन गरिएको विष हो जुन समुन्द्र मन्थन को समयमा क्षीरसागरबाट निसकिएको थियो । [१]

बिषालु कालकूट बिषले समुन्द्र मन्थनमा लागेका देव-दानवहरुलाई जलाउन लाग्यो र त्यतिमात्रै होइन ब्रम्हाद्धारा सृष्टि भएको सारा संसार नै ध्वस्त पार्ने खतरा बढ्यो। कालकूट बिष- फैलदै गएपछि देव-दानव आत्तिन थाले र उनीहरुले यसको समाधान गर्न सकेनन्। अरु केहि उपाय नदेखेपछि देव-दानवले शिव भगवानको आरधना गर्न थाले र नारद मुनी कैलाशमा गएर कालकूट बिषको असरबारे भगवान शिवलाई विन्ती गर्दै कालकूट बिषको असरले सारा सृष्टि समाप्त पार्न लागेकोले केहि गर्न विन्ती गरे। माता पार्वतीले पनि आफ्ना पति शिवलाई यस विपत्तीबाट छुटकारा दिलाएर सृष्टिको रक्षा गर्न अनुरोध गरिन्।पार्वती र नारदमुनी लगायत सम्पूर्ण देव र दानवहरु लगायत भक्तहरुको पुकार सुनेर शिव भगवानले जगत कल्याणको लागी कालकुट बिष आफैले पिएर सारा जगतलाई बचाए। कालकूट बिष पिएपछि भगवान शिवको कण्ठ (घाँटी) निलो हुन गयो। त्यसै बेला देखी शिवलाई ‘निलकण्ठ’ पनि भनिन थालेको हो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भहरू[सम्पादन गर्ने]

  1. शर्मा, महेश (२०१३). हिन्दू धर्म विश्वकोश. प्रभात प्रकाशन. प॰ ७७. https://books.google.co.in/books?id=q35sBQAAQBAJ&lpg=PA52&ots=E7b1_4aXQk&dq=%E0%A4%89%E0%A4%9A%E0%A5%8D%E0%A4%9A%E0%A5%88%E0%A4%83%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A4%BE&pg=PA77#v=onepage&q=%E0%A4%95%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%82%E0%A4%9F&f=false. अन्तिम पहुँच मिति: २२ अगस्ट 2015.