किपट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामन्य भाषामा विर्ता भनेजस्तै पूर्बी नेपालको अधिकांश भुमि किराँतहरूको एकलौटी स्वामित्व भएको क्षेत्र अथवा किपट थियो. परापुर्ब कालमा विभिन्न ठाउमा किपट बनाइ किराँतहरूले धेरै पुस्तासम्म राज्य गरी बसे। कोशी र मेची अञ्चलका पहाडी जिल्लाहरू इलाम, पान्थर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटामा विभाजन गरिनु अघि पल्लो किराँत लिम्बुवान भनिन्थ्यो । नेपाल एकीकरणका बेला समेत लिम्बुवान क्षेत्रलाई किपट प्रणाली अन्तर्गत राखिने सम्झौता भएको थियो । जसमा लिम्बुवान भूमिमाथि लिम्बु जातिको मात्र अधिकार रहेको थियो । उनीहरूले दक्षिणपूर्वी र पूर्वी भागबाट हुने आक्रमणको प्रतिरोध गर्नुपर्ने शर्तमा लिम्बुवान गाभिएको थियो । न्यूनरूपमा कर शाहवंशी राजालाई बुझाउनु पर्दथ्यो । जसमा ६० मुरी फल्ने जग्गा रैकर गराएपछि सुब्बा नियुक्त गरिन्थ्यो, र सुब्बाहरूले आफ्नो रैती राखी तिरो कर उठाउने प्रचलन सुरुवात भयो ।[१]

वि.सं. २०२१ सालमा लिम्बुहरूको पूर्ण अधिकार भएको किपट व्यवस्थामाथि भूमिसुधार ऐन लागू गरियो । पछि सरकारले नापी गरी मालपोत लागू गरेपछि किपटको अस्तित्व सकियो । [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "कञ्चन लिम्बू, डिवी आङवुङ, नवीन वनेम: यस्तो छ लिम्बूवानको गौरवमय इतिहास'", mysansar.com, २००८-०१-२२, अन्तिम पहुँच २०१०-०२-१० [dead link]
  2. http://newsmandu.com/story/142873/[dead link]