केटाकेटी महिला अनुपात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

किरांत राजा बुढाहाङ ( बुढानिलकंण्ठ ).... किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार

   मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु नसक्दा तिनीहरूले एउटा घोर षडयन्त्र रचेर बुढाहाङलाई दावतमा आमन्त्रित गरे र त्यो आमन्त्रितलाई सहजै स्विकार गरेर बुढाहाङ त्यो दावतमा सामिल भए र त्यही मौका हेरी मल्ल या शाहबंशिय राजाहरूले दैविक शक्ति  द्वारा बुढाहाङलाई शिलामा परिणत गरी पानीमा डुबाईदिएका थिए । पछि पछि किरांतहरू त्यस शिलामा कोदो मर्चा अदुवा लगेर पुजा गर्दा त्यो शिला कम्पन ( हल्लिने ) हुने गर्दथ्यो र यो कुरा मल्ल र शाह राजाहरूले थाहा पाएर त्यो बुढाहाङको शिलालाई कसैले थाहा नपाउने गुप्त ठाँउमा लुकाएर राखिदिए साथै त्यो असली शिला भएको जग्गामा चै नक्कली शिला राखिदिए जसलाई आज बुढ़ानिलकण्ठ भनेर चिनिन्छ ।

   किरात चाङफेवाहाङ वंशका यङलुहोङ यलम्बर इशापूर्व तेश्रो सताब्दी तिर नेपाल उपत्यकाका राजा भए । उनले महिषपालवंशी राजाहरुलाई हराई त्यहाँ आफ्नो राज्यकेन्द्र स्थापना गरेका थिए । उनी र उनका सन्ततीहरुले उपत्यकामा बत्तीसौं पुस्ता सम्म उपत्यकामा शासन गरे । यो तथ्य इतिहासहरुमा पढ्न पाउँछौं । त्यतिखेर तिनको शासन सुव्यवस्थालाई देखेर लिच्छबीवंशी आर्य जातिहरु ईष्याले जल्दथे । उनीहरुले कैयौं पटक किराती राज्यमा आक्रमण गरे । तर हरेक पटक हार व्यहोर्थे । कारण किरातीहरु नाग वृक्ष हावा पानी आगो चट्याङ हेन्खामा र निनाम्माको पूजा अर्चना गर्दथे । साथै किरातीहरुले आफ्ना तीन चुलालाई सुम्निमा पारुहोङ र दृष्टिकर्ता निरेवाभुमोङको रुपमा पूजा गर्दथे । र तिनै प्रकृति र सुप्तुलुङबाट किरातीहरुले अथाह शक्ति प्राप्त गर्दथे । पछि किराती चेलीलाई टुनामुना लगाई उनीहरुले फसाए । यो उनीहरुको कुटनीति जालझेल थियो । किरातीहरुको पतनको इतिहास यहीबाट शुरु हुन्छ । किरातीहरुको राज्यमा कैयौं पटक विशाल शक्ति लगाउदा पनि लिच्छबीहरुले हार व्यहोनु परे पछि किरातीहरुको शक्तिकेन्द्र सम्बन्धी जानकारी लिन उनीहरुले किराती चेलीसँग नाटकीय माया रची विबाह गरेका थिए । देखावटी रुपमा उनले श्रीमानबाट धेरै माया पाएकी थिइन् । त्यसै त किरातीहरु कोमल हृदयका हुन्छन् । श्रीमानको अभुतपूर्व मायाको जालमा फसेकी किराती चेलीले श्रीमान समक्ष आफ्ना माइती किराती हरुको शक्तिकेन्द्रका बारेमा एक पछि अर्को गर्दै जानकारी गर्दै गईन् । उनले आफ्नो श्रीमानलाई सर्वस्व ठानेकी थिइन् । यद्यपी उनलाई आफ्ना माइतीको माया पनि बचेकै थियो । त्यसैले उनले आफ्ना बाउमाइतीको शक्तिश्रोतको बारे सुनाउनु अगाडि उनले श्रीमानलाई तीनवटा बाचा गर्न लगाएकी थिइन् । ती तीनवटा बाचाहरु १। बाउलाई नमार्नु २। दाजुलाई नमानु र ३। भाइलाई नमार्नु थिए । लिच्छबीवंशी आर्य जातिको कुटनीति यसरी सफल भयो । उनीहरुले किरातीहरुको शक्तिकेन्द्र र तिनको कमीकमजोरीको बारेमा किरातीचेली बाटै थाहा पाए । त्यसपछि लिच्छवीहरुले सर्वप्रथम किराती शक्तिश्रोतहरुलाई वित्तल पारे । तिनको सांस्कृतिक धरोहरहरु नास गर्न थाले । कूलपितृ र भूमिदेवहरुमा वित्तल पार्न थाले । शुरुमा किरातीहरु जाड रक्सी खादैनथे । काटमार गर्दैनथे । किरातीहरुको सुप्तुलुङमा वित्तल पार्न लिच्छवीहरुले जाडरक्सी खन्याइदिए । सुँगुर र कुखुराको बली चढाए । यसरी किराती शक्तिकेन्द्रमा वित्तल पारे । र अन्तमा तत्कालिन किराती राजा खिगुहोङलाई पराजित गरेरै छाडे । राजा खिगुहोङलाई उपत्यकाको अन्तिम किराती राजा मानिन्छ । उनी यङलुहोङ यलम्बर का बत्तीसौं सन्तान थिए । उपत्यकामा किराती राजा खिगुहाङले पराजय भोगे पछि आर्यहरुको किरातीहरु माथि दबाब बढ्दै गयो । क्रमैसँग किरातीहरुको मौलिक भाषा संस्कृति र परम्पराहरु माथि लिच्छवी शासकहरुले प्रतिवन्ध लगाउदै गए । लिच्छवीवंशी आर्यहरु किरातीहरुको समूल नास चाहन्थे । जसको लागि किराती सांस्कृतिक धरोहरमा प्रतिवन्ध लगाएका थिए । तिनले किराती वेद मुन्दुम र किराती शिलालेखहरु नष्ट गर्दै लगे । उनीहरुले किराती चेलीबाट किराती धर्म र संस्कार महत्वपूर्ण शक्तिकेन्द्र हो भन्ने थाहा पाएका थिए । यसरी तिनको किरातीहरु माथिको दबाब बढ्दै गए पछि किराती राजा खिगुहोङ उपत्यकाबाट पूर्वतिर लागे । केही किरातीहरु उपत्यकामा नै रहे । हाल उपत्यकाका ज्यापुहरु किराती राजाका सन्तति हुन् भन्ने भनाई छ । मिथाहोङ पालुन पुमा राई वंशावली-२०६२ खिगुहोङ काठमाडौंबाट पूर्व लागि बनेपालाई आफ्नो राज्यकेन्द्र बनाए । उनको छोरो योक्नेहोङ त्यहाँका दोश्रो राजा भए । योक्नेहाङका दुई छोराहरु भए । उनीहरु लेलिमहोङ र खम्सोङहोङ थिए । योक्नेहोङको मृत्यु पछि उनका छोराहरुले सन् ६०० राज्य विभाजन गरे । राज्य विभाजन अनुसार लेलिमहोङ लिम्वुवन र खम्सोङहोङ खम्बुवानको राजा भए । खम्सोङहोङका छोरा जुमहोङ थिए । जुमहोङका छोरा खम्बुहोङ भए । खम्बुहोङले आफ्नो राज्यकेन्द्र बेलकातरी वालिखा मा सारे । इतिहास अनुसार किरातीहरु उपत्यकाबाट बनेपा हुँदै बेलकातरी सम्म पुग्दा जंगली रुपमा परिणत भइसकेका थिए । आफ्नो मुन्दुम भाषा संस्कृति र परम्पराको सुरक्षाका निम्ति खिगुहोङले उपत्यका छोडे पनि स्थायी बसोबास र पूर्व शिलालेखहरुको अभावमा तिनको मौलिकता क्रमशः नास हुँदै गयो । यसरी समयक्रम सँगै किरातीहरुले आफ्नो मौलिकताका धेरै हद सम्म गुमाउन पुगे । उनीहरु शतप्रतिशत वनमा निर्भर हुन पुगे । वनकै कन्दमुल तरुल र खोलाको माछा तिनको मुख्य आहारा बनेको थियो भन्ने आख्यानहरु पाइन्छन् । खम्बुहोङले वेलकातरीमा आफ्नो राज्यकेन्द्र बनाए । उनले नाहिमा नागाकी चेली सँग्ा विबाह गरे । उनीहरुका दश छोरा र एक छोरी गरी जम्मा एघार सन्तान भए । तिनको नामावली यसप्रकार छ ः १। जेठा ः मापेहोङ २। माइला ः खिन्चीहोङ ३। साइला ः हिनाहोङ ४। काइला ः वानाहोङ ५। अन्तरे ः खप्पाहोङ ६। जन्तरे ः कुसे्रहोङ ७। लखन्तरे ः चालिमहोङ ८। मन्तरे ः सेकुहोङ ९। गनन्तरे ः रामलिहोङ १०। कान्छा ः सेक्रोहोङ ११। छोरी ः सायामा खम्बुहोङले आफ्नी छोरी सायामाको उनकै मन्त्री न्योहोङसँग विबाह गरिदिएका थिए । समयक्रम बढ्दै गयो । किरातीहरु ताडो चढाउन खप्पिस थिए । उनीहरु धनुवाण लिएर सिकार खेल्न जान्थे । यसैक्रममा खम्बुहोङका छोराहरु मापेहोङ र सेक्रोहोङ बेलकातरीबाट शिकार खेल्दै सप्तकोशी पूर्वतिर लागे । घनघोर जंगलमा शिकार गर्ने क्रममा उनीहरुले आफ्नो शिकारलाई घेरामा पार्ने क्रममा थिए । दुईजनाले दुईतिरबाट घेर्न थाले । घेर्ने क्रममा मापेहोङको अगाडि चाल सुन्यो । नदेखीकनै शिकार हो भनी हानेको मापेहाङको बाणले भाइ सेक्रोहोङको मुटु छिचोल्यो । उनी त्यही ढले । मापेहोङ बेहद बेहद पछुताए । पीडा ग्रस्त मापेहोङलाई घरमा बाबाको पनि डर भयो । र उनी अरुणको उत्तरै उत्तर लागे । उनी हालको तिब्बतमा फगे र त्यहाँका ग्याल्जुङमा भुटिया सँग विबाह गरे । र नाम्चेमा आइ त्यसको आसपासमा उनले आफ्नो बोबी थलो बनाए । छोराहरु हराए पछि खम्बुहोङले अदुवाको कचुर काटी आफ्नो छोराहरु भएको दिशा पत्ता लगाए । कचुर जोखानामा उनीहरु बेलकातरीबाट उत्तर दिशामा भएको देखे । उनले रामलिहोङलाई छोराहरुको खोजी कार्यमा खटाए । रामलिहोङले मापेहोङलाई भेटे । मापेहोङले बाबु समक्ष उपस्थित भइ दुर्घटनाको वृत्तान्त बतए । उनले बाबुको गाली खानसम्म खाए । फेरि मापेहोङ आफ्नै बोबी नाम्चेतिर लागे । खम्बुहोङले छोरा सेक्रोहोङको मृत्यु पछि उनको ठाउँमा छोरी सायामालाई राखेर दश सन्तानलाई दश किरातको नाम दिए । हाल पनि दश किरात एक भान्सा भन्ने लोकोक्ती किरात समुदायमा पाइन्छ । सायामा र न्योहोङको सन्तानलाई आफ्नै सन्तानमा गाभे । किराती लोककथा अनुसार मापेहोङका सन्तान खालिङ खिन्चीहोङका सन्तान सुनुवार हिनाहोङका सन्तान वायुङ वाहेङ र वाम्बुले अम्बु खप्पाहोङका सन्तान कुलुङ कुसे्रहोङका सन्तान तिलुङ चालिमहोङका सन्तान चाम्लिङ साङपाङ र पुमा सेकुहोङका सन्तान दुमी नाछिरिङ लोहरुङ र याक्खा रामलिहोङका सन्तान थुलुङ र सायामाका सन्तान यम्फु र नेवाहोङ हुन् भन्ने छ । समय सँगै किरात बस्ती विस्तार हुन थाल्यो । दश किरातले आ-आफ्नो बोबी क्षेत्र छुटाउँदै बस्न थाले । उनीहरु जहाँ जुन ठाउँ राम्रो लाग्यो त्यही बस्न थाले । यसरी खम्बुहोङका सन्तानहरु खम्बुवान क्षेत्रभित्र आफ्नो साहोन बोबी या क्षेत्र बनाएर बस्न थाले । आफ्नो बोबी सोहोन या किपट चुन्ने क्रममा चालिमहोङका छोराहरु पनि अग्रसर भए । यस क्रममा चाम्लिङ मूलघरमा बस्ने भयो भने साङपाङले आफ्नो सोहोन छुट्यायो । दाइहरुले राम्रो क्षेत्र उनीहरुको साहोन बनाए पछि पुमाहोङ पनि आफ्नो अनुकुल ठाउँ खोज्न मूलघरबाट दक्षिणतिर परदेश झर् यो ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]