केशवकुमार बुढाथोकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(केशव कुमार बुढाथोकीबाट अनुप्रेषित)

केशव कुमार बुढाथोकी झापा क्षेत्र नं.५बाट निर्वाचित नेपाली कांग्रेसका सभासदले आफ्नो राजनीतिक जीवन चार दशक भन्दा अघि, २०२४ सालमा, विद्यार्थी आन्दोलन मार्फत शुरु गर्नुभएको हो। विद्यार्थी आन्दोलनका क्रममा आफ्ना दाइ, मामाहरू निर्वासनमा गएपछि त्यसबाट प्रेरित भई प्रजातान्त्रिक आन्दोलनमा लागेको बताउने ६३ वर्षीय बुढाथोकीले यस क्रममा नौ महिना जेल जीवन बिताउनुभएको छ। पञ्चायतमा लागेर युवक सङ्गठनको झापा जिल्ला सभापति हुँदै राष्ट्रिय पञ्चायतमा समेत विजयी बुढाथोकीलाई बहुदलको वकालत गरेको कारण राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायत सदस्यबाट निष्कासित गरेका थिए। २०५१को संसदीय निर्वाचनमा झापा क्षेत्र नं. ७बाट नेपाली कांग्रेसका उम्मेदवार बुढाथोकी हाल सो पार्टीको झापा जिल्ला सह-सभापति हुनुहुन्छ। भारत, दार्जीलिङबाट अङ्ग्रेजीमा स्नातक केशवकुमार बुढाथोकीका दुई छोरा र दुई छोरी छन्। राजनीति बाहेक अर्को पेशा नभएका उहँको अध्ययन र समाजसेवामा विशेष रुचि छ। अनवरत जनता सँग रहेर उनीहरूको सुखदुःखमा सहभागी भएकाले जनताले आफूलाई संविधानसभामा पुर्‍याएको बताउने बुढाथोकीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र समावेशी राज्य निर्माण गर्ने मुद्दालाई संविधानसभामा प्रमुखतासाथ उठाउने अठोट गर्नुभएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]