कोठी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


के हो[सम्पादन गर्ने]

मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ |हामीले बुझ्ने कोठी भनेको छालालाई रङ्ग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । यसलाई अङ्ग्रेजीमा मोल Mole वा निभ्स नः Nevus भनिन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ । कुनै-कुनै वंशाणुगत रोगमा चाहिँ धेरै मात्रामा कोठी आउन सक्छ ।

हाम्रो छालालाई रङ्ग उत्पादन गर्न मेलानोसाइट Melanocyt भन्ने कोष चाहिन्छ । यो हाम्रो छालाको माथिल्लो पत्रमा रहन्छ र एउटा रङ्ग बनाउने कोषले ५ देखि ८ वटासम्म साधारण छालाको कोषलाई रङ्ग दिन्छ । कुनै-कुनै अवस्थामा यी कोषहरू धेरै संख्यामा एकै ठाउँमा जम्मा भएर कालो दाग वा ठूलो दानाका रूपमा देखिन्छन् । यसलाई हामी कोठी भन्छौं ।

कोठीका प्रकार[सम्पादन गर्ने]

साधारणतया छालाको पत्रमा रहने हिसाबले कोठीलाई तीन भागमा वर्गीकरण गरिन्छ । कोठीका कणहरू छालाको मध्यभागमा मात्र छन् भने त्यसलाई कम्पाउन्ड निभ्स भनिन्छ तर कोठीका कणहरू छालाको माथिल्लो र मुन्तिरको पत्रको बीचमा छन् भने त्यसलाई जड्ढसनल Junctional िकोठी भनिन्छ । यदि सम्पूर्ण कणहरू छालाको मुन्तिरको पत्रबाट मात्र आएका हुन् भने त्यस कोठीलाई र्डमल कोठी भनिन्छ । कणहरू रहेको स्थानको कारणबाट कोठीहरू धेरै कालो, खैरो वा हल्का कालो, रातो देखिने हुन्छ । कुनै कोठी धेरै ठूला हुन्छन् भने कुनै स-साना टीकाजस्ता देखिन्छन् । त्यस्तै कुनै-कुनै कोठी जन्मजात ठूलो र रौंहरू भएको हुन्छ । यसलाई वंशाणुगत कोठी भनिन्छ । यो शरीरको जुन भागमा पनि हुन सक्छ । कसै-कसैलाई तिलको दानाजस्ता थुप्रै कोठीहरू आउन सक्छन् । यसलाई तिलकोठी वा ँमखिया’ भन्ने गरिन्छ । यो उमेर बढ्दै गएपछि प्रस्ट देखिन थाल्छ र जाडो महिनामा अलि गाढा देखिन्छ । यो हात, मुख, जीउ सबै ठाउँमा हुन्छ ।

यस्तै प्रकारको अर्को गाढा साना कोठीहरू हुन्छन्, जुन घामले देखिने भाग जस्तै- मुख, हातमा प्रस्ट देखिन्छ । यसलाई लेन्टिजेनस Lentigenes भनिन्छ । यसलाई घामको किरणले बढाउने गर्छ । यीबाहेक ब्लु निभ्स, स्पिट्ज निभ्स (Spitz Nevus), बर्ेकर्स निभ्स (Becher’s Nevus) जस्ता अन्य अस्वाभाविक कोठीहरू पनि हुन्छन् ।

कोठी शरीरको कुनै पनि भागमा देखा पर्न सक्छ । छालामा मात्र नभएर आँखा, मुख, यौना·, नङसहित भित्री अ·हरूमा पनि कोठी हुन सक्छ ।

कोठीजस्तै देखिने अन्य समस्या[सम्पादन गर्ने]

सबै काला, खैरा, राता टाटा वा दागहरू कोठी हुँदैनन् । त्यस्तै एकै व्यक्तिमा कोठी र कोठीजस्तै देखिने अन्य समस्याहरू पनि एकसाथ हुन सक्छन् । मुख वा जीउमा गाढा खैरा, काला दानाहरू वा ठूला गिर्खाहरू हुन सक्छन् । यसलाई साधारणतया छाला बूढो भएको वा छालामा घामको नकारात्मक असरको परिणामको रूपमा लिइन्छ । यसै गरी खैरा, खस्रा दाना वा गिर्खाहरू [[:Keratoacanthoma}को समस्या पनि हुन सक्छ । कुनै-कुनै अवस्थामा बेसल सेल क्यान्सर Basal Cell Cancer भन्ने समस्या पनि कोठीजस्तै भएर आउन सक्छ । यस्तै ज्यादै गाढा काला टाटाहरू (Acanthosis Nigrican) पनि हुन सक्छन् ।

ढाडमा वा शरीरका विभिन्न भागमा खैरो, खरानी रंगको टाटा वंशाणुगत रोगको संकेतका रूपमा पनि आउन सक्छ । जस्तै- क्याफे ओले स्पटहरू न्यूरोफाइब्रोमाटोसिस भन्ने रोगमा आउँछ । त्यस्तै एस लिफ स्पटहरू (Ash Leaf Spot) ट्युबरस स्क्लेरोसिस (Tuberous Sclerosis) भन्ने रोगमा आउँछ । यस्तै घामले देखिने ठाउँमा साना, खस्रा दागहरू Actinic Keratoses हुन सक्छन् ।

पोतो र तिलकोठी किन आउँछ[सम्पादन गर्ने]

पोतो र तिलकोठी आउनु भनेको प्राकृतिक छालाको विभिन्न स्थानमा फरक रङ देखा पर्नु हो । यो निम्तिनुमा छालाभित्र हुने मेलानिन नामक सेलको भूमिका हुन्छ । हाम्रो छालाको माथिल्लो तहको भित्रपट्टि (इपिड्रमिसको स्ट्राटम सेल तहमा) मेलानिन सेल बसेको हुन्छ । यो छालाको सबैभन्दा माथिल्लो तहमा हुने सेल हो । छालाको रङ कालो, गोरो या अरु हुनुमा मेलानिनकै भूमिका रहन्छ । मेलानिन, हेमोग्लोबिन र क्यारोटेनी सेलले छालाको रङ निर्धारण गर्छ । मुख्य काम मेलानिनकै हुन्छ । मेलानिन सेल आफ्नो स्थानबाट हलचल भएर बाहिर निस्किएपछि पोतो र तिलकोठीजस्ता दाग निम्तिन्छन् । छालाको रङ निर्धारण गर्न नभइ नहुने तर अस्थिर हुँदा छालाको रङ नै बिगारिदिने मेलानिन गाँजर (क्यारोट) रङ र कफी रङको हुन्छ । सेतो छाला भएका व्यक्तिमा गाँजर रङको मेलानिन बढी हुन्छ भने कालो छाला भएका व्यक्तिमा कफी रङको मेलानिन बढी हुन्छ ।

पोतो र तिलकोठी कस्ता–कस्ता[सम्पादन गर्ने]

पोतो काला र राता दुई प्रकारका हुन्छन् । व्यक्तिमा भएको मेलानिनको रङअनुसार बाहिर पोतो देखिने गर्छ । तिलकोठी कालो र खैरो हुने गर्छ । निधार, ओठको माथिल्लो भाग, नाक र च्यापुमा कफी रङको पोतो देखिन्छ । च्युा==डोवरिपरि र घाँटीमा कालो रङको देखिन्छ ।

नगर्नुहोस् यस्तो गल्ती[सम्पादन गर्ने]

अनुहारको पोतो, कोठीले हैरान भएकालाई रातारात सफा गर्नुपर्ने हतारो हुन्छ । यस्तो फोहोर हटाउन कतिपयले लेजर प्रविधि प्रयोग गर्छन् । यो तरिकाले पोतो हटाउँदा छालाको नदेखिने बाहिरी पत्रसमेत फालिने गर्छ । छालाको पत्र जानु नै ठूलो गल्ती हो । पुरानो छाला फालेपछि नयाँ लेयर देखा पर्छ र यो निकै संवेदनशील हुन्छ । नयाँ लेयर विकसित हुन कम्तीमा २८ दिन लाग्छ । यो अवधिमा संवेदनशील छालामा घाम र फोहोरको असर बढी पर्न जान्छ । आफूलाई सुरक्षित गर्न नसकेपछि संवेदनशील छालामा झनै पोतोलगायतका समस्या बढी देखिने खतरा रहन्छ । त्यसैले क्षणभरका लागि होइन, दीर्घकालका लागि समस्याको समाधान खोज्न मेलानिनलाई स्थिर राख्ने उपाय नै अपराउनु उत्तम हुन्छ ।


समस्याको समाधान[सम्पादन गर्ने]

पोतो र तिलकोठीजस्ता समस्या निम्तिन नदिन घामबाट जोगिने तथा सनप्रोटेक्सन क्रिम प्रयोग गर्ने गर्नुपर्छ । तर, समस्या निम्तिसकेको छ भने मेलानिनलाई आफ्नो लेयरमा स्थिर राख्न भिटामिन ‘सी’ सेवन गर्नुपर्छ । समस्या कम गराउँदै लैजान घामबाट जोगिनै पर्छ । घामका कारण समस्या फैलिँदै जान्छ । त्यसैले बाहिर निस्किँदा छाता ओढ्ने, टोपी र सनग्लास लगाउने गर्नुपर्छ । घरभित्र बस्दा र बाहिर जाँदा सनप्रोटेक्सन क्रिम लगाउनै पर्छ । कोठाभित्र पनि अल्ट्राभाइलेट रे छिर्ने भएकाले मेलानिनमा प्रभाव पारिरहेको हुन्छ । तर, सनप्रोटेक्सन क्रिम वातावरीण अवस्था र छालाको प्रकृतिअनुसार प्रयोग गर्नुपर्छ । स्किन प्रोफेसनलसँगको परामर्शमा समाधान खोज्नु राम्रो हुन्छ । पोतो, कोठी आउनुमा तनावले पनि भूमिका खेलिरहेको हुन्छ । त्यसैले तनावमुक्त हुनैपर्छ । छालामा पानीको ब्यालेन्स मिलाउनुपर्छ । यसका लागि हाइड्रेसन टोनिक लगाउनुपर्छ । रक्तचाप सन्तुलनमा राख्नुपर्छ । असन्तुलित रक्तचापले मेलानिनलाई अस्थिर बनाइदिएर पोतो निम्त्याउन सहयोग गर्छ । ह्वाइटिनिङ क्रिम प्रयोग गर्नुपर्छ । यसले भित्र भएको मेलानिनलाई स्थिर राख्ने र छालाबाहिर निस्किएको मेलानिनलाई उडाइदिने काम गर्छ ।


समस्या निम्तिने चार कारण[सम्पादन गर्ने]

१. छालामा पोतो र तिलकोठी निम्तिने मुख्य कारण घाम नै हो । घामको अल्ट्राभाइलेट किरण मेलानिनसम्म पुगेपछि मेलानिन अस्थिर बन्न पुग्छ । आफ्नो ठाउँबाट बाहिर निस्किन्छ र छालामा यस्ता समस्या निम्तिन्छन् । समस्याको ९० प्रतिशत कारण घाम नै हो । १० प्रतिशत अन्य शारीरिक कारणले पनि हुने गर्छ । ४०–५० वर्षको उमेरमा सनस्पोट देखिने समस्या पनि आउँछ । यो उमेरमा आउने सनस्पोट सुरुमा कफी रङको हुँदै पछि कालोमा परिवर्तन हुन्छ । संवेदनशील छालामा बढी समस्या देखिन्छ ।

२. गर्भावस्थामा धेरैको अनुहारमा पोतो आउने गर्छ । गर्भावस्थामा शरीरमा कमजोरीपन हुने, हर्मोनहरू उतारचढाव हुने भएकाले मेलानिन सेलमा प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । शारीरिक कमजोरीका कारण मेलानिन अस्थिर भएपछि अनुहारमा पोतो देखिन्छ । छालाको पनि संवेदनशील भागमा पोतो देखिन्छ । त्यसैले गर्भावस्थामा अनुहारमा पुतली आकारमा पोतो देखिने गर्छ ।

३. पेटको समस्या भएकालाई पनि यस्तो समस्याले सताउँछ । कारण मेलानिनले आफ्नो ठाउँ छाडेर छालाबाहिर आउनु नै हो । मेलानिन स्थिर नरहेपछि नै समस्या देखिन्छ

४. कतिपयमा तिलकोठी वंशाणुगत हुने गर्छ । बच्चा अवस्थामै तिलकोठी देखिन्छ । ५–६ वर्षको छँदा देखिएको तिलकोठी घामका कारण झनै फैलिँदै जान्छ । तिलकोठी जाडोभन्दा गर्मीमा बढी देखा पर्छ । कालोभन्दा सेतो छालामा समस्या बढी देखिन्छ । कफी रङको मेलानिन भएको छालामा तिलकोठीको समस्या गाँजर रङको मेलानिन भएको छालाभन्दा कम देखिन्छ ।

खराब कोठीको पहिचान[सम्पादन गर्ने]

साधारणतया कोठीले कुनै पनि समस्या गर्दैन । धेरैजसो कोठी लामो समयसम्म एकै साइज र रंगको भएर रहन्छन् तर कोठी कहिलेकाहीँ क्यान्सरमा परिणत हुन पनि सक्छ । रोकथाम र चाँडो पहिचानको लागि ABCDEको फर्मुला अपनाउन सकिन्छ । ब् भन्नाले कोठीको बनावट एकनासको नहुनु Asymmety, द्य भन्नाले कोठीको बोर्डर (Border) बा·ोटि·ो हुनु, ऋ भन्नाले कलर कहीँ गाढा, कहीँ हल्का वा कहीँ कलरविहीन हुनु हो । म् भन्नाले कोठीको चौडाइ धेरै ठूलो रहनु र भ् भन्नाले कोठी छोटो समयमा धेरै बढ्नु (Evolation) हो । यो सामान्य फर्मुला मनन गर्न सके पनि समयमै चिकित्सकलाई देखाएर कोठीको क्यान्सरबाट बच्न सकिन्छ ।

कोठी र अन्य रोगहरूमा फरक छुट्याउन त्यति गाह्रो नभए पनि कहिलेकाहीँ बायोप्सी गरेर छुट्याउनर्ुपर्छ । कोठीकै बारेमा पनि शंका लागेमा काटेर जाँच गर्नु राम्रो हुन्छ । वंशाणुगत रोगहरूसँग देखिने कोठीका लागि आँखा, स्नायु प्राणालीको पनि जाँच गर्नुपर्छ ।

सबै कोठीको उपचार गरिहाल्नर्ुपर्छ भन्ने छैन । अनुहारमा देखिने साना तिलकोठीका लागि घामबाट बच्ने सनस्त्रिmनको प्रयोग पर्याप्त हुन सक्छ । त्यसबाट पनि नहटे कालो हटाउने औषधि जस्तै- हाइड्रोक्विनन् र Glycolic acid क्रिम प्रयोग गर्न सकिन्छ । धेरै भएमा लेजर उपचार पनि गर्न सकिन्छ । घामले देखिने ठाउँको कोठीका लागि चिकित्सकको परामर्श लिएर हटाउन सकिन्छ । यस्तै धेरै ठूला कोठीलाई प्लास्टिक र्सजरी गरेर हटाउन सकिन्छ ।




सावधानी[सम्पादन गर्ने]

यदि भइरहेको कोठी अचानक बढ्न थाल्यो, रगत आउन थाल्यो, घेरा र रङ्ग परिवर्तन हुन थाल्यो वा एकदमै बढी चिलाउन थाल्यो भने चिकित्सकको परामर्श लिएर उपचारतर्फलाग्नर्ुपर्छ । मुखभित्र धेरै कोठीहरू छन् भने र पेट दुख्ने वा दिसामा रगत वा कालो दिसा धेरै हुन थाल्यो भने पनि तुरुन्त चिकित्सकको परामर्श लिनर्ुपर्छ । कालो कोठीवरिपरि सेतो हुन थाल्यो भने पनि चिकित्सकको परामर्श अनिवार्य हुन्छ ।