क्यूआर कोड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अंग्रेजी विकिपिडिया मोबाइल मुख्य पृष्ठको युआरएल को लागि क्यूआर कोड।

क्यूआर कोड (विस्तृत रूपमा क्विक रेस्पोन्स कोड) एक प्रकारको म्याट्रिक्स बारकोड हो । यसलाई जापानको सवारी साधन निर्माण गर्ने कम्पनी डेन्सो वेभले सन् १९९४ मा आविष्कार गरेको थियो । [१] [२] बारकोड मेसिनले पढ्न सक्ने जानकारी हो, जसमा सामानको बारेमा जानकारी हुने गर्दछ। व्यवहारमा, क्यूआर कोडहरूले प्राय: वेबसाइट वा एपको लोकेटर, पहिचानकर्ता वा ट्र्याकरको डेटा समावेश गर्दछ। क्यूआर कोडले डेटा कुशलतापूर्वक भण्डारण गर्न चार मानकीकृत एन्कोडिङ मोडहरू (संख्यात्मक, अल्फान्यूमेरिक, बाइट/बाइनरी, र कान्जी) प्रयोग गर्दछ। [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

 

  1. "2D Barcodes", NHK World-Japan, २०२०-०३-२६। 
  2. "From Japanese auto parts to ubiquity: A look at the history of QR codes", Mainichi Daily News (अङ्ग्रेजीमा), २०२१-११-०९, अन्तिम पहुँच २०२१-११-११ 
  3. "QR Code features", Denso-Wave, मूलबाट २०१३-०१-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अक्टोबर २०११