गाब्रियल गार्सिया मार्केज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गाब्रियल गार्सिया मार्केज
गाब्रियल गार्सिया मार्केज
गाब्रियल गार्सिया मार्केज
जन्मगाब्रियल गार्सिया मार्केज
(१९२७-०३-०६)६ मार्च १९२७
कोलोम्बिया
मृत्यु१७ अप्रिल २०१४(२०१४-०४-१७) (८७ वर्ष)
मेक्सिको
राष्ट्रियताकोलोम्बियन
विधाउपन्यास र छाटा कथाहरु

हस्ताक्षर

गाब्रियल गार्सिया मार्केज (६ मार्च १९२७ – १७ आप्रिल २०१४) एक कोलम्बियन उपन्यासकार, कथाकार, नाटककार, र पत्रकार थिए। उनलाई गाबो वा गाबिटोको नामबाट पनि चिनिन्छ। उनलाई २० औं शताब्दीका सबैभन्दा उल्लेखनीय लेखकहरू मध्ये एक मानिन्छ। उनको स्पनि भाषाको लेखहरुका लागि १९८२मा साहित्यमा नोबेल पुरस्कार प्रदान गरिएको थियो। [१] उनले पत्रकारिताको लागि कानून स्कूल छोडे। शुरुदेखि नै उनले कोलम्बियन र विदेशी राजनीतिको आलोचना गर्थे। उनले १९५८मा मर्सिडीज बार्चासँग विवाह गरे। मर्सिडीजसँग गाब्रियलको दुई छोराहरु, रोड्रिगो र गोंजालो, थिए। [२]

गाब्रियल गार्सिया मार्केज पत्रकारको रूपमा लेख्न सुरु गरे र उनले धेरै प्रशंसित गैर-फिक्शन र छोटो कथाहरू लेखे, तर उनी उनका उपन्यासहरूको लागि प्रमुख रुपमा परिचित छन्। वन हन्ड्रेड इयर्स अफ सॉल्युट (एकान्तमा सय वर्ष), क्रानिकल अफ ए डेथ फोरटोल्ड (एक मृत्युको कथा अगाडि नै भनिएको), र लभ इन द टायम्स अफ कोलेरा (हैजाको समयमा माया) उनका महत्वपूर्ण लेखहरु हुन्।

अराकाटामा गार्सिया मार्केजको बिलबोर्ड
गार्सिया मार्क्वेज हवाना, क्युबामा किताब हस्ताक्षर गर्दै
कोलम्बियाई संस्कृति मन्त्रीसँग
Gabriel Garcia Marquez 1984.jpg

सन्दर्भको सामाग्रीहरु[सम्पादन गर्नुहोस्]

  1. "The Nobel Prize in Literature 1982", NobelPrize.org, Nobel Media AB 2014, अन्तिम पहुँच १८ अप्रिल २०१४ 
  2. "Author Gabriel Garcia Marquez dies", BBC News, १८ अप्रिल २०१४, अन्तिम पहुँच २ अप्रिल २०२०