गोपीकृष्ण (चलचित्र)
स्वरूप
गोपीकृष्ण | |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
गोपीकृष्ण (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । सयपत्री फिल्मस् प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो । चलचित्रमा राजेश हमाल, कृष्टि मैनाली, गौरी मल्ल, सुशीला रायमाझी, रमेश बुढाथोकी, लक्ष्मी श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्रमा भूपेन्द्र रायमाझीको संगीत, एन के छोट्ुको द्धन्द, प्रमोद नायडुको नृत्य, मञ्जुकुमार श्रेष्ठको छायाङ्कन, हरिश चौधरीको सम्पादन, धनेन्द्र विमलको गीत रहेको छ ।उदितनारायण झा, रामा मण्डल, लोचन भट्टराई, दीपानारायण झा, साधना सरगम, कविता कृष्ण मूर्तिको पाश्र्व गायन रहेको छ । कथा र निर्देशन उद्धव पौडेलको रहेको छ ।कोडाक कलरमा निर्माण गरिएको यो चलचित्रको ३० लाख निर्माण लागत रहेको छ । वि.सं. २०४८ साल आश्विनमा यो चलचित्रको प्रथम प्रर्दशन गरिएको थियो ।श्रीमती सुमित्रा पौडेल चलचित्रकी निर्माता हुन् ।
पात्रहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]
नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |