गोवर्द्धन विक्रम शाह
गोवर्द्धन विक्रम शाह (वि.सं. १९९० - ) नेपालका पहिलो व्यङ्ग्य-चित्रकार (छापामाध्यमको कार्टुन) हुन् ।
जीवनी
[सम्पादन गर्नुहोस्]शाहको जन्म वि.सं. १९९० साल भदौमा काठमाडौंमा भएको हो । उनले राजनीतिशास्त्रमा एम. ए. गरेका छन् । उनले परराष्ट्र मन्त्रालय अन्तर्गत विभिन्न तह हुदैँ उपसचिवको जिम्मेवारी सम्हालेका थिए ।
नेपालको पहिलो कार्टुन-चित्र
[सम्पादन गर्नुहोस्]२०१४ साल साउन महिनाको पहिलो हप्ता संयुक्त प्रयास पत्रिकामा शाहको कार्टुन प्रकाशित भएपछि मात्र नेपाली छापामाध्यममा अरु कलाकारको समेत कार्टुन प्रकाशनमा आउन थालेको इतिहास छ । बेलाबखत अरु कलाकारको पनि कार्टुन सो समयभन्दा अगाडिनै छापिएको थियो बन्ने हल्ला चलेको भएतापनि आधिकारिक रूपमा दस्तावेज नभेटिएको बताइन्छ ।
पुरस्कार/सम्मान
[सम्पादन गर्नुहोस्]नेपालका कार्टुनिष्टहरूको साझा संस्था कार्टुनिष्ट क्लब अफ नेपालले पहिलोपल्ट नेपाली छापामाध्यममा कार्टुन छपाउने अग्रज श्रष्टा शाहलाई ‘बराथा स्मृति सम्मान २०७०’बाट वि.सं. २०७० साउनमा सम्मान ग-यो । कलाकार तथा कार्टुनिष्ट स्व. बलराम थापा (बराथा) को नाममा स्थापित ‘बराथा स्मृति सम्मान’बाट हरेक वर्ष एकजना काटुर्निष्टलाई सम्मान गरिन्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]