गौतम थर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचय र इतिहास[सम्पादन गर्नुहोस्]

गौतम थर नेपालको मध्यपश्चिम भु-भागमा खस परिवारमा पाइन्छ। यो थरको उत्पत्ति पश्चिम नेपालको पहाडी ईलाका हालको कर्णाली प्रदेशको रुकम पश्‍चिम जिल्लाको आठविसकोट नागरपालिका (साविक गोतामकोट गा.वि.स) बाट भएको हो। गौतमहरू खस समुदाय जातिमा पर्ने सन्तान भएको विश्वास गर्दछन्। बोलचालमा गोतामेलाई गौतमपनिभनिन्छ । सुरुवाति समयमा गोतामे थर लेख्ने गरेता पनि हाल शाब्दिक मिठासका कारण नयाँ पुस्ताका व्यक्तिहरुले गौतम लेख्ने गरेको पाईन्छ। यिनिहरु विशेष त कुल पुजा गर्दछन । उनीहरूको आफ्नै किसिमको संस्कृति छ जसलाई मष्ट भन्दछ्न । मष्ट कुलदेव हुन्। ब्रम्हदेव, सुलचन, महादेव, हरिवन, नन्द भवानी, व्यौर भवानी, लटबाघ, डडबाघ, खोलाको, धौलपुर, डोलारी, पहरौल, पनलदेव कतै दाह्रेमष्ट, मष्ट।गौतमहरुले सनातन धर्म भन्दा पनि मष्ट लाई देवता मान्छन् । कुनै गौतमहरूले (गोतामे) बौद्ध धर्म पनि मानेको पाइन्छ , र कुनैले हिन्दु धर्म पनि मानेको पाइन्छ । सिदार्थ गौतमपनि बौद्ध धर्म को प्रबर्द्धक भएको पाइन्छ । गौतमहरूको संस्कृति तथा परम्परामा भुमि, जल, जमिन तथा बायु कुलायन पुजा हुनेगर्दछ । गौतम हरूले मुख्य रुपमा देवली पूजा गर्दछन् ।

गौतमहरुको भाषा तथा धर्म संस्कृति[सम्पादन गर्नुहोस्]

गौतमहरुको (गोतामे) मुख्यभाषा खस हो । यो समुदाय खस भएको र कुल पुजा गर्ने भएकोले उनीहरूको आफ्नो छुट्टै संस्कृति छ , जसलाई मष्ट भन्दछन् । गौतमहरूले (गोतामे) मुख्य रुपमा कुल पुजा तथा देवली पूजा गर्छन् ।मष्ट कुलदेव हुन्। ब्रम्हदेव, सुलचन, महादेव, हरिवन, नन्द भवानी, व्यौर भवानी, लटबाघ, डडबाघ, खोलाको, धौलपुर, डोलारी, पहरौल, पनलदेव कतै दाह्रेमष्ट, मष्ट। गौतमहरूले दशैँ , तिहार, माघे सङ्ग्राती जस्ता चाडपर्व पनि मनाउने गरेको पाइन्छ । यस समुदायका मानिसहरू सनातन धर्म भन्दा पनि मष्टलाई देवता मान्छन् । हाल गौतम हरूले हिन्दू र बौद्ध धर्म पनि मानेको पाइन्छ । यस समुदायमा आफ्नो बंश मात्रै नभएर जल जमिन बायु लगाएत अन्य थुप्रै पुजा हुनेगर्दछ । यो समुदाय विशेष त देवली पुजा गरेर आफ्नो कुल खुसी पार्दछन । बौद्ध धर्मका प्रबर्द्धक सिदार्थ गौतम यसै समुदाय भित्रका हुन उनलाइ गौतम बुद्ध र शान्तिका अग्रदुत भनेर बिश्वभर चिनिन्छ ।

बसोबास[सम्पादन गर्नुहोस्]

गौतमहरू नेपाल लगाएत विश्वका धेरै देशमा बसोबास गर्दछन। नेपालका सिदार्थ गौतम यसै थर भित्रका एक बिशिस्ट व्याक्ति हुन् । जसले बिश्व शान्तिका लागि महत्त्वपूर्ण योगदान दिए । उनलाई गौतम बुद्ध भनेर पनि बिश्वभर चिनिन्छ।

पछाडी किन परे त?[सम्पादन गर्नुहोस्]

यो खस समुदाय भएपनि आफ्नो पहिचान स्थापित गर्न महत्त्वपूर्ण ठाउँमा यो समुदायको ब्याक्तिले भुमिका नखेल्नु नै हो ।

स्रोत[सम्पादन गर्नुहोस्]

  • धनमाया गौतम