ग्रामीण विकास
ग्रामीण विकास भनेको ग्रामीण क्षेत्रहरू, प्रायः तुलनात्मक रूपमा पृथक र कम जनसंख्या भएको क्षेत्रहरूमा बस्ने मान्छेहरूको जीवनको गुणस्तर उकास्ने र आर्थिक कल्याण गर्ने प्रक्रिया हो।[१] ग्रामीण क्षेत्रहरूमा ग्रामीण गरिबी देखिन्छ जुन शहरी वा उपनगरीय आर्थिक क्षेत्रहरूको भन्दा बढी हुन्छ र यसको कारण आर्थिक गतिविधिहरूमा पहुँचको कमी, र शिक्षा जस्ता प्रमुख पूर्वाधारमा लगानीको अभाव हो।
परम्परागतरूपमा ग्रामीण विकास कृषि र वन जस्ता प्राकृतिक स्रोतहरूको उपभोगमा केन्द्रित रहेको देखिन्छ। यद्यपि, विश्वव्यापी उत्पादन सञ्जालमा परिवर्तन र बढ्दो शहरीकरणले ग्रामीण क्षेत्रको चित्र परिवर्तन गरेको छ। बढ्दो ग्रामीण पर्यटन लगायतका आर्थिक गतिविधिहरूले प्रमुख रूपमा रहेको कृषिजन्य तथा प्राकृतिक स्रोतमा आधारित आर्थिक क्रियाकलापहरूलाई प्रतिस्थापन गर्दै गइरहेको छ।[२] ग्रामीण समुदायहरूले विकासलाई फराकिलो दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकताले कृषि वा स्रोत-आधारित व्यवसायहरूको लागि प्रोत्साहन सिर्जना गर्नुको सट्टा विकास लक्ष्यहरूको विस्तृत दायरामा बढी ध्यान केन्द्रित गरेको छ।
ग्रामीण विकास ग्रामीण क्षेत्रको सम्पूर्ण विकास हो । ग्रामीण विकास गाउँको विकास मात्रै नभएर गाउँ-सहर सम्बन्ध र यससँग सम्बन्धित विकास पनि हो । ग्रामीण विकासले ग्रामीण जनसङ्ख्यालाई प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा दिन्छ । यसलाई ग्रामीण जनसङ्ख्याको जीवनस्तर र जनकल्याणको दीगो सुधारको रूपमा पनि व्याख्या गर्न सकिन्छ ।
ग्रामीण विकासले ग्रामीण क्षेत्रका विभिन्न पक्षहरूको विकासलाई समेट्दछ । ग्रामीण क्षेत्रका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक, पूर्वाधार जस्ता विविध पक्षहरूकोे विकास बिना ग्रामीण विकास हुन सक्दैन । उक्त पक्षहरूको गुणात्मक तथा सकारात्मक सुधार हुनु नै ग्रामीण विकास हो । यसले ग्रामीण जनताको पोषण, स्वास्थ्य, लैङ्गीक, वातावरण संरक्षण साथै ग्रामीण जीवनस्तरमा दीर्घकालीन परिवर्तन ल्याउने कुरासँग पनि सरोकार राख्दछ । ग्रामीण जनतासँग भएको मौलिक ज्ञानको सम्बर्धन तथा प्रबर्धन गर्दै मौलिक प्रबिधिलाई आधुनिक प्रबिधिसँग जोडेर सीप निखार्ने तथा ग्रामीण क्षेत्रमा भए गरेका अभ्यासहरूलाई आत्मनिर्भरतातर्फ लगेर ग्रामीण जनतालाई गुणस्तरीय जीवन निर्वाह गर्न सक्ने बनाउनु नै ग्रामीण विकास हो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Moseley, Malcolm J. (२००३), Rural development : principles and practice (1. publ. संस्करण), SAGE, पृ: 5, आइएसबिएन 9780761947660।
- ↑ Ward, Neil; Brown, David L. (१ डिसेम्बर २००९), "Placing the Rural in Regional Development", Regional Studies 43 (10): 1237–1244, डिओआई:10.1080/00343400903234696, बिबकोड:2009RegSt..43.1237W।