चगास रोग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Chagas disease
Trypanosoma cruzi crithidia.jpeg
Photomicrograph of Giemsa-stained Trypanosoma cruzi
वर्गीकरण तथा बाह्य सामग्रीहरू
विभाग infectious disease[*]
आइसिडी-१० B57.
आइसिडी-९ सिएम 086
डिजिज-डिबी 13415
मेडलाइन प्लस 001372
इ-मेडिसिन med/327
प्यासेन्ट युके चगास रोग
एमई-एसएच D014355

चगास रोग, वा अमेरिकन ट्राइपानोसोमिआसिस(American trypanosomiasis), भनेको ट्रोपिकल परजीवी रोग हो जुन प्रोटोजोआn ट्राइपानोसामा क्रुजी (Trypanosoma cruzi)को कारणले हुन्छ।[१] यो प्राय: किसिङ बग्सनामले परिचित कीराहरूको माध्यबाट फैलिन्छ।[१] संक्रमणको क्रमसँगै लक्ष्णहरू फैलिन्छन्। प्रारम्भिक चरणमा, लक्षणहरू औसतन देखिदैनन् वा मध्यम हुन्छन् र निम्न शामिल हुन सक्छन्: ज्वरो, सुन्निएको लसीका ग्रन्थी (lymph nodes), टाउको दुख्ने, वा टोकेको ठाँउमा सुनिनु।[१] ८–१२ हप्तापछि, व्यक्तिहरू रोगको दीर्घकालीन स्थितिमा पुग्छन् र ६०–७०% मा यसले थप लक्षणहरू देखाँउदैन।[२][३] अन्य 30 देखि 40% मानिसहरूमा प्रारम्भिक संक्रमण भएको १० देखि ३० वर्षपछि थप लक्षणहरू विकास हुन्छन्।[३] यसमा हृदयको भेन्ट्रिकलहरू २०% देखि ३०% सम्म ठूलो हुन्छ र हृदयको गति रूक्छ[१] १०% मानिसहरूमा भोजन नली ठूलो हुनसक्छ वा मलाशय ठूलो हुनसक्छ।[१]

टि. क्रुजी सामान्यतया रगत-चुस्ने "किसिङ बग्स", ट्रिआटोमिनाइ (Triatominae)को उपपरिवारद्वारा मानव र अन्य स्तनधारी जनावरहरूमा फैलिन्छ।[४] यी कीराहरूलाई धेरै सङ्ख्याका स्थानीय नामहरूले चिनिन्छ साथै: अर्जेन्टिना, बोलिभिया, चिली र पाराग्वेमा भिन्चुका, ब्राजिलमा बार्बेइरो ( बार्बर), कोलम्बियामा पिटो , सेन्ट्रल अमेरिकामा चिन्चे , र भेनेजुएलामा चिपो । यो रोग रगत दिँदा, अंग प्रत्यारोपण गर्दा, परजीवी भएका खाना खाँदा, and आमाबाट गर्भको बच्चामाफैलिन सक्छ।[१] माइक्रोस्कोप प्रयोग गरि रगतमा भएका पारासाइट फेला पारेर प्रारम्भिक रोगको निदान गरिन्छ।[३] दीर्घकालीन रोगलाई रगतमा रोग-प्रतिकारक टि. क्रुजी फेला पारेर निदान गरिन्छ।[३]

निवारणमा प्राय: किसिङ बग्सलाई मार्ने र उनीहरूको टोकाइबाट बच्नु शामिल छन्।[१] अन्य निवारक प्रयासहरूमा ट्रान्सफ्युजनको लागि प्रयोग गरिने रगतको जाँच शामिल छ।[१] 2013 सम्ममा खोपको विकास भएको छैन।[१] प्रारम्भिक संक्रमणलाई बेन्सनिडाजोल (benznidazole) वा निफर्टिमक्स (nifurtimox)औषधिद्वारा उपचार गर्न सकिन्छ।[१] यदि पहिले नै दिएमा तिनीहरू निको हुन सक्छन् तर धेरै समयदेखि चगास रोग लागेको व्यक्तिमा कम प्रभावकारी हुन्छ।[१] दीर्घकालीन रोगमा प्रयोग गरेमा तिनीहरूले समाप्ति चरणको लक्षणहरूको विकासलाई ढिलो वा रोकथाम गर्न सक्छन्।[१] बेन्सनिडाजोल र निफर्टिमक्सले ४०% मानिसहरूमा[१] अस्थायी दुष्प्रभाव साथै छाला विकारहरू, दिमागमा विषाक्तता र पाचन प्रणालीमा पोलेको अनुभव हुनसक्छ।[२][५][६]

अहिले धेरै मेक्सिको, मध्य अमेरिकादक्षिण अमेरिका मा ७ देखि ८ लाख मानिसहरूलाई चगास रोग लागेको भनी अनुमान गरिएको छ।[१] २००६ देखि प्रति वर्ष १२,५०० मृत्यु हुन्छ।[२] यो रोग लागेका धेरै मानिसहरू गरिब छन्[२] र रोग लागेका धेरै मानिसहरू आफूलाई रोग लागेको अनुभव गर्दैन।[७] ठूलो-परिमाणमा जनसङ्ख्या स्थानान्तरण हुनाले चगास रोगका मामिलाहरू फेला पर्ने क्षेत्रहरू वृद्धि भएका छन् यसमा हाल युरोपेली राष्ट्रहरू र संयुक्त राज्य अमेरिका समावेश छन्।[१] यी क्षेत्रहरूमा २०१४ देखि वृदधि भएको देखिन्छ।[८] यो रोगलाई १९०९ मा कार्लोस चगास (Carlos Chagas) द्वारा वर्णन गरिएको थियो र यो रोगलाई उहाँको नाम दिइएको थियो।[१] यसले १५० अन्य जनावरहरूभन्दा धेरैलाई प्रभाव पार्दछ।[२]

सन्दर्भहरू[सम्पादन गर्ने]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ १.१३ १.१४ १.१५ "Chagas disease (American trypanosomiasis) Fact sheet N°340", World Health Organization, मार्च २०१३, अभिगमन मिति २३ फेब्रुअरी २०१४ 
  2. २.० २.१ २.२ २.३ २.४ Rassi A, Rassi A, Marin-Neto JA (अप्रिल २०१०), "Chagas disease", Lancet 375 (9723): 1388–402, डिओआई:10.1016/S0140-6736(10)60061-X, पिएमआइडी 20399979 
  3. ३.० ३.१ ३.२ ३.३ Rassi A, Jr; Rassi, A; Marcondes de Rezende, J (जुन २०१२), "American trypanosomiasis (Chagas disease).", Infectious disease clinics of North America 26 (2): 275–91, डिओआई:10.1016/j.idc.2012.03.002, पिएमआइडी 22632639 
  4. "DPDx – Trypanosomiasis, American. Fact Sheet", Centers for Disease Control (CDC), अभिगमन मिति १२ मे २०१० 
  5. Bern C, Montgomery SP, Herwaldt BL, et al. (नोभेम्बर २००७), "Evaluation and treatment of chagas disease in the United States: a systematic review", JAMA 298 (18): 2171–81, डिओआई:10.1001/jama.298.18.2171, पिएमआइडी 18000201 
  6. Rassi A, Dias JC, Marin-Neto JA, Rassi A (अप्रिल २००९), "Challenges and opportunities for primary, secondary, and tertiary prevention of Chagas' disease", Heart 95 (7): 524–34, डिओआई:10.1136/hrt.2008.159624, पिएमआइडी 19131444 
  7. Capinera, John L., सं (2008). Encyclopedia of entomology (2nd ed. संस्करण). Dordrecht: Springer. प॰ 824. ISBN 9781402062421 . http://books.google.ca/books?id=i9ITMiiohVQC&pg=PA824. 
  8. Bonney, KM (२०१४), "Chagas disease in the 21st Century: a public health success or an emerging threat?", Parasite 21: 11, डिओआई:10.1051/parasite/2014012, पिएमआइडी 24626257, पिएमसी 3952655  open access publication - free to read