चट्टोग्राम शस्त्रागार डकैती

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चट्टोग्राम शस्त्रागार डकैती
Surya Sen before 1934.jpg
सूर्य सेन, यस डकैतीमा नेता
मिति१८ अप्रिल १९३०
स्थान
सेनापतिहरू
सूर्य सेन

चट्टोग्राम शस्त्रागार डकैती १८ अप्रिल १९३० भारतको महान क्रान्तिकारी सूर्य सेनको नेतृत्वमा सशस्त्र भारतीय स्वतन्त्रता लडाकु द्वारा चट्टोग्राम (हाल बङ्गलादेश) मा प्रहरी तथा सहायक बलको शस्त्रागारमा छापा मार्दै लुट्नेको प्रयास गरिएको थियो।[१] यस घटनालाई चट्टोग्राम शस्त्रागार डकैती वा चट्टोग्राम विद्रोहको नामले पनि चिनिन्छ।[२][३]

क्रान्तिकारीहरू[सम्पादन गर्ने]

चट्टोग्राम अस्त्रागार डकैती बेलायती शासन अन्तर्गत तत्कालीन स्वतन्त्र बलायती शरणार्थीहरूको लुटमा संलग्न थियो। यस डकैतीमा संलग्न क्रान्तिकारीहरूको नेतृत्व सूर्य सेनले गरेका थिए। यस टोलीमा सूर्य सेन बाहेक गणेश घोष , लोकनाथ बल , निर्मल सेन, अनन्त सिंह, अपूर्बा सेन, अम्बिका चक्रवर्ती , नरेश राय, त्रिपुरा सेनगुप्त, बिधु भूषण भट्टाचार्य, शशाङ्क शेखर दत्त, अर्धेन्दु दस्तीदार, हरिगोपाल बल, प्रभासचन्द्र बल, तारकेश्वरी दस्तिदार रहेका थिए। भने यसमा आनन्द गुप्ता, निर्मल लाल, जीतन दासगुप्ता, मधुसूदन दत्ता, पुलिनचन्द्र घोष , सुबोध दे, प्रीतिलता वाडेदार र कल्पना दत्त पनि रहेका थिए।[४]

योजना[सम्पादन गर्ने]

सेनले चट्टोग्रामको दुई मुख्य शस्त्रागार लुट्न, टेलीग्राफ तथा टेलीफोन कार्यालयको नष्ट गर्ने तथा युरोपेली क्लबका सदस्यहरू जसमध्ये अधिकांश सरकारी वा सैन्य अधिकारी थिए जो भारतमा बेलायती राज जारी राख्नमा सामेल थिए भने उनीहरूलाई क्रान्तिकारीहरूले बन्धक बनाउनी योजना तैयार पारेका थिए। क्रान्तिकारीहरूले बन्दुकको खुद्रा विक्रेताहरू माथि पनि आक्रमण गर्ने योजना बनाएका थिए। यस बाहेक कलकत्ताबाट चट्टोग्रामलाई खण्डित गर्नेका लागि रेल तथा सञ्चारका सञ्जालको तारहरूको काट्नु पर्ने थियो। योजना अनुसार चट्टोग्रामको सरकारी बैङ्क लुटिसकेपछि थप सक्रियता साथ विद्रोह गर्ने सम्पत्तिको जम्मा गर्नु थियो तथा विभिन्न कारागारमा बन्द भएका क्रान्तिकारीहरूको मुक्त गर्नु थियो।

छापा[सम्पादन गर्ने]

१८ अप्रिल १९३० को रात १० बजे पहिलो योजना कार्यनयन गरिएको थियो। गणेश घोषको अगुआईमा क्रान्तिकारीहरूको एक समूहले प्रहरी शस्त्रागारलाई कब्जामा लिएका थिए जबकि लोकेनाथ बालको नेतृत्वमा दश क्रान्तिकारीहरूको एक समूहले सहायक बल सेनालाई कब्जामा लिएका थिए।भारतीय रिपब्लिकन सेना चट्टोग्राम शाखाको नामले गरिएको यस आक्रमणमा लगभग ६५ मानिसहरूले भाग लिएका थिए। क्रान्तिकारीहरूले गोला बारुदको पत्ता लगाउनमा असमर्थ रहे तर उनीहरूले टेलीफोन तथा टेलीग्रामको तार काट्न तथा रेलको गतिविधिहरू माथि अवरोध पुर्‍याउन सफल भएका थिए। लगभग १६ मानिसको एक समूहले युरोपेली क्लबको मुख्यालय (पहाडलीमा, हाल शाहजहाँ फिल्डको नजिकको रेलवे कार्यालय) माथि कब्जा जमाएका थिए तर त्यस दिन शुभ शुक्रबार भएका कारण त्यहाँ केही सदस्यहरू मात्र उपस्थित थिए। चारैतिरबाट क्रान्तिकारीहरूले घेरेपछि त्यहाँ उपस्थित अधिकारीहरूले जनाउ घण्टी बजाउँदै सैनिकहरूको सुचित गरेका थिए जुन स्थितीको क्रान्तिकारीहरूले अपेक्षा गरेका थिइनन्। छापा पाछि सबै क्रान्तिकारीहरू प्रहरी शस्त्रागारको बाहिर जम्मा भएका थिए जहाँ सेनाले सैन्य सलाम लिए भने राष्ट्रिय ध्वजा फर्फराएका थिए। क्रान्तिकारिहरूले तत्काल चट्टोग्राम सहर छाड्दै लुक्नेका लागि एक सुरक्षित ठाउँको खोजमा चट्टोग्राम पहाडी शृङ्खला तर्फ अग्रसर भएका थिए। गणेश घोष, अनन्त सिंह, किशोर आनन्द गुप्ता तथा जीवन घोषाल सहित केही अन्य सदस्य अर्को तर्फ लागेका थिए भने उनीहरू फेनी रेल्वे स्टेसनमा लगभग गिरफ्तार हुन लागेका थिए भने उनीहरू तत्काल त्यहाँबाट भाग्न सफल भएका थिए। पछस उनीहरू चन्दनगरको एक घरमा लुकेर बसेका थिए।

सूर्य सेनको गिरफ्तारी तथा मृत्यु[सम्पादन गर्ने]

समूहको भित्री सूत्रको पत्ता लागेपछि १६ फेब्रुअरी १९३३ मा सूर्य सेनलाई गिरफ्तार गरिएको थियो भने उनी पक्राउ परेपछि चट्टोग्राम क्रान्तिकारी समूह माथि घातक झट्का लागेको थियो। सूर्य सेनलाई कारागारमा यातना दिएपछि १२ जनवरी १९३४ को तारेश्वर दस्तीदारको साथ सूर्य सेनको बेलायती प्रशासनले फाँसी दिएको थियो।[५]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "70 years of Independence: How Communists kept pestering the British throughout the freedom struggle", The Indian Express (अङ्ग्रेजीमा), २०१७-०८-१८, अन्तिम पहुँच २०१८-०१-३० 
  2. "Homage paid to Surya Sen on his 84th execution day", Dhaka Tribune (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०१-३० 
  3. "India’s former president Pranab Mukherjee starts Chittagong visit", bdnews24.com, अन्तिम पहुँच २०१८-०१-३० 
  4. Chopra, P. N., "Who's Who of Indian Martyrs" I, अन्तिम पहुँच ७ डिसेम्बर २०१७ 
  5. Chandra 1989, p. 252.

बाह्य कडीहरू[सम्पादन गर्ने]