चलानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कार्यालयबाट बाहिर जाने चिठि पत्र तथा अन्य कागजातहरूको चलानी पुस्तिकामा क्रमबद्ध र व्यवस्थित ढङ्गले अभिलेख राख्ने कार्यलाई चलानी भनिन्छ । कार्यालयमा विभिन्न निकायबाट प्राप्त हुने चिठिपत्रहरु दर्ता गरिन्छ भने कार्यालयबाट विभिन्न निकायमा पठाइने पत्रहरू चलानी गरिन्छ । हरेक कार्यालयमा प्राप्त पत्रहरूको अभिलेखको लागि दर्ता चलानी शाखा खडा गरिएको हुन्छ ।

चलानी गर्दा चलानी नम्बर, चलानी मिति, पत्र काे विषय तथा पत्र प्राप्त गर्ने कार्यालय र ठेगानाकाे अभिलेख राखि चलानी गर्ने गरिन्छ। [१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. चलानी भनेकाे के हाे?-लाेक सेवा तयारी