चाल शक्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चाल शक्ति
साधारण प्रतीकKE, Ek, or T
एसआइ एकाइjoule (J)
अन्य मात्रा देखि
व्युत्पत्ति
Ek = ½mv2
Ek = Et+Er

भौतिक विज्ञानमा, वस्तुमा हुने चालका कारण उत्पन्न हुने शक्तिलाई चाल शक्ति वा गति शक्ति भनिन्छ ।[१]सिकारीहरूले चरा मार्न गुलेलीको प्रयोग गर्छन् किनकी गुलेलीबाट मट्याङ्ग्रो छोड्दा मट्याङ्ग्रा चाल अवस्थामा आउँछ र त्यसमा चालशक्ति उत्पन्न हुन्छ जसका कारण चरालाइ सजिलै मार्न सकिन्छ । त्यस्तै बन्दुकको ट्रिगर दबाउँदा निस्कने गोली, बगिरहेको पानी, बहिरहेको बतास आदि गतिशिल वस्तुहरूमा पनि चाल शक्ति हुन्छ ।

वस्तुमा हुने चालशक्ति वस्तुको गति र पिण्डसँग समानुपातिक हुन्छ । अर्थात पिण्ड बढे चाल शक्ति पनि बढ्छ र गति बढ्दा पनि चाल शक्ति बढ्छ । गतिशक्ति निकाल्ने सुत्र : गति शक्ति (Kinetic Energy) = ½ × पिण्ड × (गति)² हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]