सामग्रीमा जानुहोस्

चौघेरा रत्ननाथ मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
                                   श्री गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठ चौघेरा दाङ्ग
                                     सिद्ध श्रीरत्ननाथ र पीर फिरे मेला

(दाङ्गको गौरवपूर्ण प्राचिन इतिहास) श्री सिद्ध श्रीरत्ननाथ एवम् पीर फिरे मेलाले दाङ्ग जील्लाको गौरवपूर्ण इतिहास बोकेका छन् । नाथ परम्पराका प्रख्यात सिद्ध श्री रत्ननाथ दाङ्गका राजा थिए । यीनको बारेमा बुझ्न दाङ्ग देउखुरीको इतिहास बुझ्नु पर्ने हुन्छ । दाङ्ग देउखुरीको इतिहास बुझ्नका लागि प्राप्त सिद्ध रत्ननाथ चरित्रम्, नाथपुराण, मेघमाला जस्ता प्राचीन ग्रन्थहरू एवम् योगी नरहरिनाथकाका पुस्तकहरूमा उल्लेख गरिएको कुराहरूले पनि ऐतिहासिक सिद्ध नाथ हरूको बारेमा बुझ्न धेरै सहयोग गर्दछन् । दाङ्ग देउखुरी सँग सम्बन्धी पुराना वंशावलीहरूले पनि धेरैकुराहरू मा यहाँको इतिहासमा प्रकाश पार्दछन् । जसअनुसार समग्र दाङ्ग देउखुरी क्षेत्र प्राचिन काल देखिनै धार्मिक क्षेत्र रहेको कुरा अवगत हुन्छ । प्राचिन कालमा उत्तरापन्थ हिमालय गोरक्षराष्ट्र क्षेत्रमा रतनेसरत पर्दथ्यो । रतनेसरतमा ठूला ठूला दहहरू थिए । रतनेसरत लाई दहहरूको पानी वगेर गइसके पछि दाङ्ग [दह+गंगा = दहंगा, दाङ्गा बाट अपभ्रंश हुँदै हुँदै दाङ्ग (संस्कृतमा दह यानि गहिरो पानीको तलाउ र गंगा यानि गं शब्दको अर्थ जानु हो, गा को अर्थ राग निकाल्नु हो । गंगाको शाब्दिक अर्थ संगीतमय आवाज निकाल्दै बगेरजाने हुन्छ । अत: दहको पानी कलकल झरझर मधुर संगीतमय आवाजगर्दै बगेर जाने भएकाले दाङ्ग)] भनियो । दाङ्ग र देउखुरी [देवपोखरी (देउताको पोखरी, हाल लमही नगरपालिकाको छ नम्बर वाडामा, देउपुर भन्ने गोरक्षधाम रहेको धाम अँझै छ) बाट देउपोखरी हुँदै हुँदै अपभ्रंश भएर देउखुरी भएको] भित्री मधेश अघि रत्नमय पर्वतमालाले घेरीएका सरोवरहरू थिए । रत्नमय पर्वतमालामा महादेव शिवले विचरण गर्ने भएकाले यस स्थानलाई रत्नेश्वरको रतनेसरत भनिन्थ्यो । ऐतिहासिक ग्रन्थहरूमा यस क्षेत्रलाई रतनेसरत नाम बाटै प्रख्यात रहेका ठूला ठूला सुन्दर सरोबरहरू भएको भनिएकोछ । हालको यहाँको भौगोलिक बनौट हेर्दा पनि सरोबरहरू रहेको प्रष्टै अवगत हुन्छ । आधुनिक वैज्ञानीक प्रमाणहरूलाई मात्रै आधार मानेर अध्ययन गर्दा पनि पृथ्वीको घ्रुणन् आकर्षणका कारण फैलदै भिन्ना-भिन्नै भएका महादेशरुपी प्लेटहरू मध्य उत्तरको तिब्बतीय प्लेट र दक्षिणको भारतीय प्लेट एकआपसमा ठोक्किदा ठोक्किन पुगेका क्षेत्रहरूमा सतह तल माथि बढ्ने र खुम्चने क्रममा पुर्व-पश्चिम फैलिएर हिमाल पहाड उपत्यकाहरू बनेको र क्रमशः उचाई लिइराखेको भनिन्छ । माथि उठ्ने र खुम्चने क्रममा क्रमशः हिमालयका ग्लेसिएर, महाभारत पर्वत र यस मुनी चूरे पर्वतहरूका श्रृङ्खला बनेर रहेको छ । जमीन मुनी कडा चट्टान रहेको ठाउँमा अन्य ठाउँमा धरातल खुम्चिदा पनि यस्ता कडाभूभाग परेको ठाउँमा नखुम्चिएका ले यस्तो ठाउँहरूमा ओरीपरी पर्वतहरू बन्दा पनि समथर उपत्यकाका रूपमा रहनपुगे । दाङ्ग र देउखुरी यस्तै ठूला उपत्यकाहरू हुन् जस्मा प्राचीनकालमा पानी भरीएर ठूलठूला सरोवरहरू बनेर रहेका थिए । उत्तर तिर उचई बढ्दै जाँदा यहाँको धरातल पनि क्रमशः ढल्किँदा हो वा जलको निकास खुलेर सरोवरहरूका पानी कालक्रमसँगै पश्चिमतिर फूटेर दाङ्गको पानी सरयु [सरयु = सरोवर देखि निस्किएर आएको नदीलाई सरयु भनिन्छ । स्थानिय बोलचालमा भने यस नदिलाई सरोवरबाट बगेर गएको देख्नेहरूले भने ववई (वहति शब्दबाट ववई) नदी भनेकाले यस नदीको नाम ववई रहको छ । ववई (ववई र कर्णाली नदीको संगम पछी यी नदीको नाम सरयु भएको छ । ववई नदी आफै दाङ्ग सरोवर बाट निस्किएकाले सरयु र कैलाशका सरोवरबाट आउने भएकाले कर्णालीको पनि सरोवरनै उद्गम रहेकाले यी दुई नदीको संगम पछी सरयु भनिएको हो) बाट र देउखुरी को पानी ऐरावती [ऐरावती (ऐरावत शब्दको अर्थ इन्द्रको हात्ती ऐरावत वा इन्द्रधनुष भन्ने हुन्छ यसका आधरमा हात्ती ऐरावतलाई वगाएको, हात्तीहरू वगाउनेनदीबाट वा इन्द्रधनुष आकारमा वहेकाले ऐरावतबाट ऐरावती नामरहेको) ऐरावतीबाट अपभ्रंश हुँदै रावती, रापतीनदी भएको] नदीबाट पानी निक्लेर बगेरगएको र पछि क्रमशः कालक्रमैले विस्तार विस्तार डाँडा काँडाका वस्ति झरेर फैलदै फैलिएर राजधानी स्थापित भएको स्थान रत्नपुरी भन्ने नाम ले प्रसिद्ध रहेको भनिएको छ । दाङ्मा घरहरू रङ्गाउन धवरामाटी (धवल = सेतो, धवल+मट्टी = सेतोमाटो, धवरामाटी) को प्रयोग हुन्छ । यो सेतो माटो दाङ् उपत्यकाका दक्षिण तर्फ कछाडका केही ठाउँहरूमा पाईन्छ । यो सेतो माटो जलीय जीवहरूको अवशेष हो । यो सेतोमाटोमा विभिन्न जलीय जीवका अवशेषहरू जम्माभएर खाँदिएर सेतोमाटो बनेको देखिन्छन् यस्तो सेतोमाटो पाईने ठाउँ तिरै अल्लि फिक्का कालो माटो पनि पइन्छ यो माटोमा झन् जलिय जीव शङ्खेकिरा माछा लगाएत अनेकन् जलिय जीवका जीवाश्म गलिनसकेकै देखिन्छन । यसरी जीवाश्म पाइनुले पनि दाङ्ग अघि सरोवरनै रहेको प्रमाण दिन्छ । दाङ्गका प्राचिन टिपोटहरूमा • लघुदंगी • अपरदंगी • चितलदंगी • अंगारदंगी • मगरदंगी • सारंगदंगी लगाएत का नामहरू लेखिराखेको देखिन्छ । धेरै विद्वानहरूले दाङ्मा बस्नेहरूको वंशावली भनेकाछन् । यी नामहरू मानव वंश नभएर दाङ्ग सरोवर बाट धेरै पानी बगेर गए पनि वाँकि रहेका गहिरो गहिरो क्षेत्रका तलाउहरू हुन पनि सक्दछन् । जस्तो तुहिखोला बाट पनि बग्नु पहिले रहेको तलाउ लाई तुहीदह र पछी तुहीदाङ्ग भनिए जस्तै यी माथि दिइएका नामहरू पनि दाङ्ग भित्रका पछी बाँकी रहेका तलाउहरू रहेका स्थानको नाम हुनसक्ने प्रवल सम्भावना छ । यसको बारेमा विज्ञहरू द्वारा अबहुने अध्ययनले अबश्यनै प्रकाश पार्ने नै छ । पहाडहरूले घेरीएको दाङ्ग उपत्यका पूर्व पश्चिम लाम्चो परेर दक्षिण तिर ढल्किएको टपरी जस्तो छ । जब सरोवरको पानी पश्चिम तिरबाट ववै नदी बाट बगेर निस्के पछी सरोवरका जलिय जीवहरू जहाँ जहाँ पानी नित्रिदा सम्म रह्यो तेस्तो गहिरो भागमा धेरै जलियजीव जम्माभएर खाँदीएर बसे र तेहाँ तेहाँ नै अहीले यस्ता जीवाश्म सेतो माटोमा परिवर्तन भएर रहेका छन् । अत: प्राचिन धार्मीक ग्रन्थहरूमा उल्लेख भएझैँ यि उपत्यकाहरू रतनेसरत (रत्नहरू पाइने सरोवर) बाट क्रमशः बस्ति योग्य भूमी बनेर पछी बस्ती विस्तार भएको प्रमाण मिल्दछ । यसरी रतनेसरत सरोवर बाट बस्ती भएको दाङग उपत्यका भयो । बस्ती विस्तार पछी दाङ्गमा धेरै राजाहरूले राज्यगरे । तिमध्य यहाँका प्रख्यात राजा माणिक्यपरीक्षकका पुत्र स्वनामधन्य सवालाख झाड खण्ड-वनखण्ड (दाङ्ग देवखुरी आदि) का राजा रत्नपरीक्षक भए । राजा रत्नपरीक्षक एक दिन शिकार खेल्न जाँदा शिकारमा हंसकै रूपमा शिव गोरक्षनाथ प्रकट भएछन् । रत्नपरीक्षक र गोरक्षनाथ संवाद हुँदा गोरक्षनाथले, हे राजन् ! 'अहिंसा परमो धर्म:' जीवहिंसा गर्नु हुदैन, पाप लाग्छ भनेछन् ! यस्तो कुरा सुनि राजाले पनि आखेटव्यसनी ऋषिले, 'जीवो जीवस्य जीवनम्।' एक जीवले अर्को जीव मारेमा पाप पुण्य केही छैन भनेकाछन् भनेछन् । तेसपछि शिव गोरक्षनाथले भन्नु भएछ, लौ त तेसै भन्दछौ भने हे राजन ! 'उर विना खुर विना चांच पांख विना हंसा । ऊ जीनावर मारो राजेसुरा जाकै रकत न मंसा ॥' (जसको छाति छैन, नङ्ग्रा छैनन्, चुच्चो छैन, प्वाँख पनि छैनन्, हे राजा जो जीवको रगत पनि छैन र माम्स पनि छैन !) यानि आहारमा जीव त जीव तर अन्नपात फलफूलको मात्र प्रयोग गरी जीवीका चलाई साकाहारी हुन सुझाय... इत्यादि संवाद पछि राजाले शिव गोरक्षनाथलाई गुरू स्विकारे गोरक्षनाथले प्राणमय प्रणव बोधिनी हंसगायत्रीको दीक्षा दिएर राजा रत्नपरीक्षकलाई अमृतपात्र प्रदान गरी योगी रत्ननाथ नाम राखिदिनु भयो । सिद्धसंकेत अमृतमय पात्रदेवताको आराधना गरेर योगी रत्ननाथ सिद्ध भये । शिव गोरक्षनाथको सत्यधर्म योगप्रचार र शान्तिकालागि सिद्ध श्रीरत्ननाथ अमृतपात्र पात्र लिएर चिरकाल सम्म भ्रमण गर्दै धर्मस्थापना गरीराखे । जीवनको पछिल्लो समयमा यवन (मुसलमान)हरू हिन्दकुश क्षेत्रमा आई बेथिति फैलाएपछि मुस्लिमहरूको हिन्दु माथिको अत्याचार रोक्न सिद्धयोगी श्रीरत्ननाथ ज्यू मक्केश्वर महादेवको दर्शनगर्न हालको मक्कागए र तेहाँ धार्मिक सम्वाद गरेको इतिहास छ । मक्कामा हजरत मोहम्मद र सिद्ध रतन नाथजीको बीचमा भएको सम्वाद ‘रतन नाथके हदीस’ को नाममा संग्रहित रहेको भनिन्छ । बेथिति फैलियको तत् तत् स्थानहरूमा पुगि मुस्लिम शासक र सर्वसाधारणलाई ज्ञान र योगवलले प्रभावमा पारी रोकेको, आक्रन्ताका सेनाहरूलाई एउटै पात्रको पानीले तृप्तपारेको, आध्यात्म शक्तिले युद्ध विराम गराएर आक्रन्तालाई रोकीदिएकाले, काबुल खैवरमा सुकेको बगैँचा हरियो परेको एवम् दसौँ बर्षको सुख्खा अनिकालमा बर्षात गरादिएकाले धेरै यवनहरू सिद्ध श्रीरत्ननाथको ज्ञान सिद्धि देखेर प्रभावित भै पछीलागी चेला भएको इतिहास बाट जानकारी प्रप्त हुन्छ । जहाँ जहाँ सिद्ध श्रीरत्ननाथ पुगे तत् तत् स्थानमा प्रचलित किंवदन्ती बाट अँझ धेरै कुराहरू थाहा पाउन सकिन्छ । तेहीँका यवनहरूले नै श्रीरत्ननाथलाई कसैले 'हाजीरतन' कसैले 'पीर' कसैले 'खुदाई' भन्दै सम्मानले पुज्ने गरेका प्रमाणहरू अहिले पनि देखिन्छन् । यता सिद्ध श्रीरत्ननाथ दाङ्ग देऊखुरीमा नहुँदा शुन्यशुन्य भएपछि उहाँलाई खोजी ल्याउन यहाँदेखि धेरै आफन्त, चेलाभक्तहरू, धर्मअनुरागीहरू यवन देशमा पुगे । तेहाँका यवनहरूले, तिमीहरू को हौ ? इनलाई लानपाऊँदैनौ ! यिनी हाम्रै 'पीर' हुन ! हाम्रा 'खुदाई' ! हाम्रा 'हाजिरतन' हुन ! कसैगरी पनि लग्न पाउँदैनौ, भनेर अवरोध गरे । लीन जानेहरुले यी हाम्रा राजा रत्नपरीक्षक हुन् । राजा पछी सिद्धी प्राप्त गरेर सिद्ध श्रीरत्ननाथका भएका हुन् हामी यीनका आफन्तजन् हौँ भन्दा, उताकाले भनेछन् तिमीहरू आफन्तजन नै भएपनि हाम्रा त यी पीर हुन् खुदाई हुन लान पाउँदैनौ भनेछन् । यसरी वाद सम्वाद हुँदा, सिद्ध श्रीरत्ननाथलाई लिन जानेहरूलाई यबनहरूले भनेछन् यिनलाई हामीहरु खुदाई (खुदईश्र्वर), पीर मान्दछौँ तेसैले हामीहरूले कसैगरी पनि लैजान दिँदै दिदैनौ, यदी तिमीहरु ले पनि खुदाई (खुदईश्र्वर) मानेर पीर स्थापना गरी 'खुदाई' सम्झि श्रद्धा भक्तिभवले पुजेर राख्छौ भने मात्र लाग्न पाउँछौ नत्र पाउँदैनौ भन्दा लिन गएकाहरूले हामीहरूले पनि मनेकै हो अब तिमीहरूले भनेको जसरी पनि मान्नेछौँ । अब उपरान्त पीर गोसाई मानी सम्मान गर्नेछौँ । घरमा ठूलो खुशियाली भए 'खोदाई' पुजौँला हाम्रो स्थानमा पिर थापना गरौँला भन्ने बचन दिए पछि, सिद्ध श्रीरत्ननाथको सवारी यवनहरू लगाएतका तेहाँका वासिन्दाहरू र यहाँबाट लिन गएकाहरू मिली दाङ्ग चौधरामा सिद्ध श्रीरतन्नाथको सवारी चलाई ल्याइपुर्याइयो । ल्याइपुर्याएको यसै दिन सबै जम्मा भएर चौघरामा पिर स्थापना गरियो । पिर थापना गरियको त्यसै फाल्गुण कृष्णपक्षको एकादशी तिथीको सम्झनामा चौधेरामा 'पीर मेला' सुरू भएको हो । हाल सम्प पनि त्यसै तिथिका दिनमा ठूलो पर्वको रूपमा नयाँ पीर मठाधीश छनोट गरेर उत्सव मनाइन्छ । नयाँ पीर मठाधीश छनोट गर्नका लागी अघिल्नो दिन साँझ भेष बाह्र पन्थ नाथ योगीहररूको जम्मा भएका सबै मण्डलीले यसको निर्णय गर्दछन् । सिद्ध श्रीरत्ननाथलाई लिन जानेहरूका सन्ततिहरू लगायत यस क्षेत्रका पुराना बासीन्दाहरूले घरमा ठूलो केही खुशियाली हुँदा एवम् जेष्ठ पुत्र जन्मिएको खुशियालीमा 'खोदाई' पूजा पूज्ने गर्दछन् । यस पूजामा श्रीरतन्नाथलाई निमन्त्रणा, फिर्तीसवारी एवम् चौघेरा बनाई पीर स्थापना गरेका विवरणहरू लगएतका कुराहरू पूजारीहरूले खोदाईका गीतका रूपमा गाऊँदै पूजा गराउँछन् । भाइहरूमा जेठो एकजना सदस्यलाई सिद्ध श्रीरत्ननाथ प्रतिकमा सिद्ध रूप बनाई स्थापना गरेर पूजा आराधना गरीन्छ । खोदाई पूजामा पूजाघरमा स्थापना गरेका सिद्ध स्वरूपलाई सबै पूजा गर्ने घरका सम्पूर्ण गोत्यारहरू लगाएत आफन्त जनहरूले पोखल हाल्ने गर्दछन् । यसरी विधिवत् तरीकाले खोदाई पूजा गरीन्छ । सिद्ध श्रीरत्ननाथले भ्रमण गरेका तक्षशिला, पेशावर, कावुल, कंधार, राजस्थान, पञ्जाव, कुरूक्षेत्र, दिल्ली, जयसलमेर, जलालावद, काँशी, गोरखपुर, देवीपाटन, दाङ्-शल्यान लगाएत विभिन्न स्थानमा अँझै श्रीरत्ननाथका पीठ मन्दिर र संरक्षित जनश्रुति, स्मृतिहरू यथावत् छँदैछन् । यि सबै स्थानमा ऐतिहासिक धार्मिक समन्जस्यता पुनः कायम गर्न सके एउटा शिवगोरख सिद्ध श्रीरत्ननाथ धार्मिक सर्किट वनाउन सकिन्छ जस्ले श्रीरत्ननाथ प्रति धार्मिक आस्था र धार्मिक पर्यटनमा दुवैमा बढोत्तरी हुने थियो । जस्तो चौघेरा, देवीपाटन र गोरखपुर को त अँझैपनि आफ्नै छुट्टै तान्त्रिक पुजापद्धति सम्वन्ध कायमै छ । दाङ्ग चौधराका मठका मठाधिश महन्त पीर योगी श्री ब्रह्मानाथ ज्यू हुनुहुन्छ । गोरखपुर मठका मठाधिश महन्त हाल भारत उत्तर प्रदेशका मुख्यमन्त्रि श्री आदित्यनाथ ज्यू हुनुहुन्छ । यस्तो प्राचीन एवम् धार्मिक महत्व बोकेको स्थानको संज्ञान् नराख्नु, सबैलाई बुझाउन कुनै प्रचार प्रसार गर्न नसक्नु हामी सबै दाङ्गलीहरूको लागि दुखद् कुराहो । दाङ्ग चौघराको ऐतिहासिक धार्मिक महत्वको प्रचार प्रसारमा हामी सबै दाङ्गवासीहरू, स्थानिय निकायहरू राजनैतिक पार्टी संयन्त्रहरू सबैले पहल गर्न नितान्त आवश्यक छ । यो गौरवपूर्ण प्राचीन इतिहास जोगाउने हाम्रो कर्तव्य पनि हो । श्री गोरक्षपात्रदेवता सिद्ध रत्ननाथ मठको परिचय दिँदै 'वैदिक साम्यवाद' पुस्तकमा राष्ट्रगुरु योगी नरहरिनाथ लेख्नुहुन्छ । 'वि.सं. ८०९ सालमा सिद्धरत्ननाथ ज्यूद्वारा स्थापना गर्नुभएको यस आध्यात्मिक मठ हाम्रो वैदिक सनातन हिन्दु धर्म, नाथ पन्थको अति ऐतिहासिक, साँस्कृतिक, धार्मिक, पुरातात्विक महत्व बोकेको साँस्कृतिक धरोहर हो । यस मठमा नाथयोगको तान्त्रिक विधिद्वारा पूजा अर्चना गरिञ्छ । २४ घण्टामा लगभग १२ घण्टासम्म पूजा अर्चना गरिने यो मठ नाथयोग विद्या केन्द्र हो । यहाँ नवनाथ, चौरासी सिद्ध, चौसठ्ठी योगीनी, सप्तऋषि, एघार रुद्र, उनन्पचास भैरवको योग विधिले सु सज्जित यस मठ नाथयोगीहरुको आन्तरिक तप एवं आवरण कर्मकाण्ड गर्न सिक्ने हठयोग सम्पन्न मठ हो । यसै मठमा श्रीगोरक्षरत्ननाथ पुस्तकालय रहेको छ जहाँ नाथ संकृतिका धेरै पुस्तकहरु अध्ययनका लागि । उपलब्ध छन् ।' यस्तो ऐतिहासिक संस्कृतिक धर्मिक महत्वबोकेको केन्द्रको अब हामी सबै मिलेर प्रचार प्रसार गर्नुपर्दछ । हाम्रो आफ्नै स्थानका, हाम्रा आफ्नै सिद्धको ज्ञानको सोध खोज र संज्ञान लिनै पर्दछ । हाम्रा राजनीति कर्मी, साहित्यकार, पत्रकार, प्रज्ञिक अगुवाहरूले हाल माल भएर पनि चाल नपाए जस्तो गरी उपेक्षागरी, पर्यटन बढाउन यता ध्यान नदियर सुनको सुपो हातमा लिएर भिख मागी राखेको जस्तो विस्मृत अवस्थाबाट समाजलाई जगाउनै पर्दछ । विदेशका कार्लमाक्स, लेलिन, माओ, गान्धी चिन्ने यिनका नालीबेली जीवनी बाद जन्मोत्सव सबै थाहापाउने तर आफ्नै ठाऊँका सिद्ध बुद्ध नचिन्ने हाम्रो कस्तो अवस्था हो ! यस्तो महत्वपूर्ण इतिहास नबुझाउने के शिक्षा हो, यस्तो दुरूह अवस्था कसरी भयो सबैले मनन् गरेर संज्ञान लिऔँ र ऐतिहासिक सम्पदा एवम् आध्यात्मिक ज्ञानले आालोकित संस्कार परम्परा जोगाऔँ ! नत्र हाम्रा आफ्नै सन्ततिहरूले हामीहरूलाई आफ्नै सिद्ध बुद्ध नचिन्ने भनेर धिक्कर्ने दुरूह दिन नआवस् ! ऐतिहासिक सिद्ध नाथको ज्ञान प्राचीन शिवगोरक्ष परम्परामा आधारीत राष्ट्र एवम् सम्पूर्ण जगत् कल्यानका लागि वृहत् महत्वपूर्ण छन् । जो सम्पूर्ण चर अचरका कल्याणका लागि छ । चौघेरामा रहेका कति भौतिक निर्माणहरू नै तेह्रसय बर्ष अगाडीका छन् । यस्तो प्राचिन इतिहास बोकेको सिद्धज्ञान परम्परा जस्मा न जातिय भेद छ न कुनै हिंसा छ, न कुनै संकृणता को गुञ्जाइस छ । यस्तो महान सिद्धको ऐतिहासिक ज्ञान रहेको चौधेरामा 'पीर फिरे मेला' विजया एकादशी यानी फाल्गुण कृष्णपक्षको एकादशी तिथी मा लाग्दछ ।

यस लगत्तै धार्मिक एवम ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ मन्दिर दाङ्गको चौघेरा देखि देवीपाटन भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थीत पाटेश्वरी मन्दिरसम्म वि.सं. ८०९ देखि प्रत्येक वर्ष चैत पञ्चमीका दिन भव्यताका साथ 'सिद्धरत्ननाथ–देवीपाटन महायात्रा' हुने गर्दछ ।

यी पर्वहरू दाङ्ग जिल्ला एवम् समग्र देशकै ऐतिहासिक पर्वहुन् अत: हामी सबै दाङ्गवासीहरूको पनि कर्तव्य हुनआउँछ यी पर्व-उत्सवहरू भव्यताका साथ हर्षोउल्लापूर्ण रूपले मनाएर इतिहास एवम् स्वधर्म जोगाऔँ ! ॐ नमो नव-नाथ-गण, चौरासी गोमेश । आदि-नाथ आदि-पुरुष, शिव गोरख आदेश ।। ॐ