च्याछहरा झरना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

च्याछहरा झरना वा च्याछरा झरना नेपालको कर्णाली प्रदेशमा रहेको हुम्ला जिल्लामा अवस्थित एक झरना हो। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको अनुसार हुम्ला जिल्ला नाम्खा गाउँपालिका अन्तर्गत च्योडुक, खगालगाउँमा रहेको एक रमाइलो झरना हो जुन समुद्र सतह देखि २३५० मिटर को ऊचाइमा रहेको छ। यो मानसरोवर कैलाश वा कैलास मानसरोवर सडक जाँदा आउने रास्तामा रहेको छ। यो झरना लगभग २०० मिटर को ऊचाइबाट झर्छ। यो झरना त्रेकिंग गर्ने व्यक्तिहरूलाई धेरै आकर्षित गर्दछ र साहसिक पर्यटनको प्रवर्द्धन गर्न सक्छ। यहाँ बहुमुखी वन्य जन्तु, पक्षी र NTFPs पनि पाइन्छ।