सामग्रीमा जानुहोस्

जनशक्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जनशक्ति वा मानव संसाधन भन्नाले कुनै संस्था, व्यावसायिक क्षेत्र, उद्योग वा समग्र अर्थतन्त्रमा कार्यरत व्यक्तिहरूको समूह हो। यसको संकुचित अवधारणा भनेको मानव पूँजी हो, जसले व्यक्तिहरूले प्राप्त गरेको ज्ञान र सीपलाई समेतलाई जनाउँछ। मानिस अर्थात जनतामा रहेको शक्ति या काम गर्न सक्ने क्षमता नै जनशक्ति हो। सङ्गठन सञ्चालन र व्यवस्थापनको लागि जनशक्तिको भूमिका अपरिहार्य रहन्छ। कुनै पनि सङ्गठनको चलायमान र सबैभन्दा महत्त्वपूर्ण साधन भनेको मानव साधन नै हो किनभने सङ्गठनका हरेक साधनको परिचालन मानव संशाधनले नै गर्दछ। अतः मानव संशाधन नै सङ्गठनको लक्ष्यप्राप्तिको प्रमुख आधार हो। दक्ष जनशक्तिको प्राप्ति, विकास, उपयोग, सम्भार र सेवा निवृत्त सम्बन्धी जस्ता सम्पूर्ण कार्यहरूको उचित व्यवस्थापन नै मानव संसाधन व्यवस्थापन हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]