जनसङ्ख्या शिक्षा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जनसङ्ख्या शिक्षा मानव जनसङ्ख्याको विविध विषयमा गरिने अध्ययन हो। यसमा प्रजनन्, मृत्यु र बसाई सराइ मुख्य हुन।

जनसङ्ख्या व्यवस्थापन[सम्पादन गर्नुहोस्]

कुनै पनि देशको आवश्यकता अनुसार त्यस देशको जनसङ्ख्याको बृद्धि,बितरण,क्षमता विकास र नियन्त्रणका कार्य गर्नुलाई जनसङ्ख्या व्यवस्थापन भनिन्छ । आवश्यकता भन्दा धेरै जनसङ्ख्या तथा थोरै जनसङ्ख्या दुवैले समाज तथा राष्ट्रलाई प्रतिकूल असर पारिरहेको हुन्छ । तसर्थ उपलब्ध प्राकृतिक स्रोत र साधनहरूको समुचित परिचालनको निमित्त पर्याप्त जनशक्ति उपलब्ध छैन भने त्यस अवस्थामा जनसङ्ख्या वृद्धि गर्नु नै जनसङ्ख्या व्यवस्थापन हो । जनसङ्ख्या व्यवस्थापनका उपायहरु निम्न प्रकार छन् ।

    १. जनसङ्ख्या शिक्षा

    २. परिवार नियोजन

    ३. यौन शिक्षा

    ४. महिला शिक्षा र रोजगारी विकास

    ५. आयमूलक सीपमा वृद्धि

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]