जनेश ठकुल्ला
स्वरूप
जनेश ठकुल्ला अछाम जिल्ला बान्नीगढी गाउँपालिका वडा नम्बर-३ धारासैन दोमार्षा घर भई हाल काठमाडौंमा बसोवास गर्दै आएका छन्। उनी मिडिया क्षेत्रमा विगत ५/६ वर्षदेखि क्रियाशिल छन्। उनले अछाम जिल्लाको लोकप्रिय रेडियो बान्नीगढी एफएम ९३.४ मेघाहर्जबाट मिडिया क्षेत्रमा प्रवेश गरेका हुन्। उनले बान्नीगढी रेडियो हुँदै काठमाडौंको चर्चित रेडियो, रेडियो काठमाडौं र रेडियो अडियोमा प्राबिधिक र कार्यक्रम सञ्चालकमा रुपमा काम गरिसकेका छन्। त्यस पश्चात उनले अनलाइन सञ्चारमाध्यम खबर डायल डटकम र सुदूर भ्वाइस डटकममा समाचार सम्पादकको रुपमा काम गरिसकेका छन् । हाल उनी नेपालकै सर्वश्रेष्ठ खबर टेलिभिजन एभिन्यूज खबरको डिजिटल बेबसाइट एभिन्यूज डट टिभिका उपसम्पादक हुन्।[१]