जनै खटिरा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जनै खटिरा (हर्पसजोस्टर) एक प्रकार को भाइरल इन्फेक्शन हो । एसलाई पीडादायक समस्या को रूप मा लिन सकिन्छ । किनभने छाला मा देखिने यो रोग मा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने समस्या हुन्छ । चिकनपोक्स अर्थात् ठेउला को कारक का रूप मा परिचित भेरिसेला जोष्टर नामक भाइरस को संक्रमण ले यो रोग लाग्दछ । अंग्रेजी मा एसलाई शिंगल्स (shingles) तथा डाक्टरी भाषा मा यसलाई हर्पस जोस्टर भनेर चिनिन्छ भने नेपाली मा जनैखटिरा का नाम ले प्रसिद्ध छ

जनै खटिरा
Herpes zoster neck.png
घाँटीमा आएको जनै खटिरा
वर्गीकरण तथा बाह्य सामग्रीहरू
विभागInfectious Disease[*]
आइसिडी-१०B02.
आइसिडी-९ सिएम053
डिजिज-डिबी29119
मेडलाइन प्लस000858
इ-मेडिसिनmed/1007 derm/180 emerg/823 oph/257 ped/996
प्यासेन्ट युकेजनै खटिरा

जनै खटिरा एक प्रकार को छाला को रोग हो । प्रायः एक पटक ठेउला भइसकेका व्यक्ति लाई हुने भएकाले यो प्रौढहरु मा बढ्ता देखिने गरेको छ । एसलाई सामान्य खाल को छाला को रोग ठान्ने भ्रम मा पर्नु हुँदैन । शरीर को रोग प्रतिरोधी क्षमता कम भएका बेला मा एसको आक्रमण हुन सक्छ । समय मै एसको उपयुक्त उपचार भएन यो जानलेवा पनि हुन सक्छ ।को

जनै खटिरा को विकासक्रम
पहिलो दिन दोश्रो दिन पाँचौ दिन छैठौं दिन
ShinglesDay1.JPG ShinglesDay2 ed.JPG ShinglesDay5 ed.JPG ShinglesDay6 ed.JPG

लक्षण

  • छाती, पेट, पिठ्यूँ, घाँटी, हात, खुट्टा आदि ठाउँ मा मसिना बिमिरा निस्कने ।
  • ती बिमिरा निस्केका ठाउँ मा चिलाउने, पोल्ने र दुख्ने ।
  • बिमिरा बिस्तारै ठूला हुँदै जाने र ससाना घाऊ जस्ता देखिने ।
  • ती घाऊहरु मा पोलेका घाऊ मा झैं नै पानी भरिने र फुट्ने । सँगै असह्य पीडा हुने ।
  • सामान्य ज्वरो आउने । टाउको दुख्ने ।

निदान तथा उपचार

चिकित्सक ले बिमिराहरु हेरेर तथा सामान्य परीक्षण बाटै जनै खटिरा को निदान गर्ने छन्। एसको घरेलु उपचार पनि प्रभावकारी देखिएको छ । सँगसँगै चिकित्सक ले गर्ने निम्नांकित उपचार पनि लाभदायक सिद्ध हुने छ -

  • घाऊहरु निको पार्न का लागि एसाक्लोभिर जस्ता औषधि खाने तथा मलम लगाउने।
  • घाऊ बढ्ता नदुखुन् भन्नका लागि दुखाई कम गर्ने इबुप्रोफेन, प्यारासिटामोल जस्ता औषधि सेवन गर्ने ।
  • घाऊहरु लाई सफा राख्ने।
erpes zoster. A cluster of small bumps (1) turns into blisters (2). The blisters fill with lymph, break open (३), crust over (४), and finally disappear. Postherpetic neuralgia can sometimes occur due to nerve damage (५),