सामग्रीमा जानुहोस्

जयवर्माको मूर्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जयवर्माको मूर्ति
वर्ष185
विषयजयवर्मा
स्थानराष्ट्रिय संग्रहालय, नेपाल, Kathmandu

जयवर्माको मूर्ति लिच्छवि राजा जयवर्माको मूर्ति हो। [] []

विक्रम सम्बत् २०४९ वैशाख अन्तिम सातातिर काठमाडौंको मालीगाउँमा रामध्वज खड्काको जग्गामा घरको जग खन्दा पादपीठमा लिच्छवि लिपिमा लेखिएको १७१ सेन्टिमिटर उचाइ र ४९ सेन्टिमिटर चौडाइको एक प्रस्तर मूर्ति पाइयो। यो सन् १९९२ मा मालिगाउँ, काठमाडौं मा फेला परेको थियो र यो १८४/१८५ ईस्वी को हो। [] [] यस मूर्तिको पादपीठमा निम्न उल्लिखित अभिलेख यस प्रकार थियो:[]

संवत् १०७ श्रीपरमदेव .......महाराजेषु जयवम्मर्म

शिलालेख गुप्त शैली ब्राह्मी लिपिमा लेखिएको छ र यसमा जयवर्माको नाम र वर्ष छ। []

जयवर्माको शालिक हाल नेपालको राष्ट्रिय संग्रहालयमा राखिएको छ । [] [] जयवर्माको मूर्तिलाई नेपालको सबैभन्दा पुरानो बलौटे ढुङ्गाको मूर्ति मानिन्छ। []

ईस्वी २००४ मा, नेपाल सरकारले जयवर्माको प्रतिमा चित्रित टिकटहरू जारी गर्यो। []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Mishra, Tara Nanda (नोभेम्बर २०००), "Dated Figure of King Jayavarma, The Tradition of Figure Making and The Historical Importance of This Discovery", Ancient Nepal 146: 1–23, मूलबाट २६ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२१Digital Himalayaद्वारा।  वेब्याक मेसिन अभिलेखिकरण २६ नोभेम्बर २०२१ मिति
  2. Tamot, Kashinath; Ian, Alsop (१० जुलाई १९९६), "Kashinath Tamot and Ian Alsop: A Kushan-Period Sculpture on Asianart.com", Asianart, मूलबाट २७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२१ 
  3. ३.० ३.१ Garbini, Riccardo (२००२), "On Dating the Jayavarman Inscription: (Two) Hundred and Seven of the Śaka Era?", East and West 52 (1/4): 421–426, आइएसएसएन 0012-8376, जेएसटिओआर 29757550, मूलबाट २७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२१ 
  4. Voice of History: An Annual Journal of T.U. History Association, २०००, अन्तिम पहुँच २७ नोभेम्बर २०२१ 
  5. राजवंशी, शङ्करमान, "मालिगाउँमा प्राप्त नयाँ अभिलेखको बारेमा विचार विमर्श", प्राचीन नेपाल  वेब्याक मेसिन अभिलेखिकरण २०२४-०८-०८ मिति
  6. Messerschmidt, Don (२०१०), "Nepal's National Pride: The Chhauni Museum", ECS Nepal 79, मूलबाट २६ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२१ – ECS Mediaद्वारा। 
  7. "King Jayavarma (Jayavarman) [Hindu Stone Sculptures (NMN)]", Wisdom Library (अङ्ग्रेजीमा), १७ मार्च २०२०, मूलबाट २६ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२१ 
  8. Mt. Everest & More--: Special interest attractions, २००१। 
  9. "Stamp: Jaya Varma, National Museum Chhauni", Colnect (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-१८