जय बिष्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जय बिष्ट
व्यक्तिगत जानकारी
नामजय गोकुल बिष्ट
जन्म (1995-12-23) २३ डिसेम्बर १९९५ (उमेर २८)
मुम्बई, महाराष्ट्र, भारत
ब्याटिङदाहिने-हात
बलिङदाहिने हात अफ ब्रेक
भूमिकाब्याटिङ अलराउन्डर
घरेलु टोली जानकारी
वर्षटिम
२०१४/१५–२०१९/२०मुम्बई
२०२०/२१–वर्तमानउत्तराखण्ड
स्रोत: ESPNcricinfo

जय बिष्ट (जन्म २३ डिसेम्बर १९९५) एक भारतीय क्रिकेटर हुन् जसले घरेलु क्रिकेटमा उत्तराखण्डका लागि खेल्छन्। उहाँ एक ब्याटिङ अलराउन्डर हुनुहुन्छ जसले दाहिने हातले ब्याटिङ गर्छन र दाहिने हातले अफ ब्रेक बल गर्छन। नोभेम्बर २०१५ मा २०१५-१६ रणजी ट्रफीमा आफ्नो प्रथम श्रेणी क्रिकेट डेब्यू गर्नु अघि उनले अन्डर-१६ र अन्डर-१९ स्तरहरूमा मुम्बईको प्रतिनिधित्व गरे।[१] उनले १० डिसेम्बर २०१५ मा २०१५-१६ विजय हजारे ट्रफीमा आफ्नो लिस्ट ए डेब्यू गरे।[२] उनले २०१५-१६ इरानी कपमा ६ मार्च २०१६ मा आफ्नो पहिलो प्रथम श्रेणी शतक बनाए।[३]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

मुम्बईमा जन्मेका विष्ट उत्तर प्रदेशको सीमामा पर्ने नेपालको सहर धनगढीका हुन्। उनको जन्म हुनुभन्दा धेरै अघि नै उनको परिवार मुम्बई सरेको थियो। विष्टले मुम्बईको शारदाश्रम विद्यामन्दिरमा अध्ययन गरेका थिए । उनका बुबा गोकुल विष्ट मुम्बई विश्वविद्यालयबाट क्रिकेट खेल्थे।[४]

मुम्बईबाट खेल्ने पहिलो नेपाली मूलको व्यक्ति बनेकोमा विष्टले भने, ‘मेरो जरा नेपालबाट हुन सक्छ तर म मुम्बईमा जन्मेर हुर्केको कट्टर मुम्बईकर हुँ' ।[५]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Jay Bista", ESPNcricinfo, अन्तिम पहुँच २५ नोभेम्बर २०१५ 
  2. "Vijay Hazare Trophy, Group A: Mumbai v Punjab at Hyderabad, Dec 10, 2015", ESPNcricinfo, अन्तिम पहुँच २२ डिसेम्बर २०१५ 
  3. "Bista's maiden ton studs Mumbai's dominance", ESPNcricinfo, अन्तिम पहुँच ६ मार्च २०१६ 
  4. "Jay Bista - One from the new order of Mumbai cricket", Cricbuzz 
  5. "Ranji Trophy: Mumbai squad gets a touch of Nepal", dna 

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]