सामग्रीमा जानुहोस्

जिल्ला मालपोत कार्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मालपोत कार्यालय जिल्ला भित्रको निजी, सरकारी, सार्वजनिक, सामुदायिक र गुठीको घरजग्गा वा जग्गाको दर्ता गर्ने, अभिलेख राख्ने र सो अभिलेखको संरक्षण गर्ने निकाय हो र जग्गा प्रशासन संचालन गर्ने र जनताको अचल सम्पत्तिको अभिलेख राख्ने अड्डा र अधिक जनसम्पर्क हुने अड्डाको रुपमा चिनिन्छ । यसलाई भूमि बैंक पनि भन्न सकिन्छ ।

जयस्थिति मल्ले जग्गा नापजाँच गराउने, विर्ता जग्गा बिक्री गर्न र बन्धक राख्न पाउने नियम बसालेका थिए । वि.स. १८७१ मा लाल ढड्डा, वि.स.१८७९ मा मोठ ढड्डा, १९५३ मा माल अड्डा, १९७८ मा पोता रजिष्ट्रेशन अड्डा र १९७९ मा घरजग्गा रजिष्ट्रेशन अड्डा भनेर विभिन्न नामले सम्बोधन गरियो ।

यस कार्यालयले नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभाग मातहत रही आफ्नो कार्य सम्पाद गर्दछ ।

कुनै जिल्लामा भूमिसुधार तथा मालपोत कार्यालय छन् भने कुनै जिल्लामा मालपोत कार्यालय मात्र रहेको पाइन्छ भने कुनै जिल्लामा एक भन्दा बढी मालपोत कार्यालय रहन पनि सक्छन् । प्रायः मालपोत कार्यालयहरुमा निम्न बमोजिमका फाँट वा शाखाहरुको स्थापना गरिएको हुन्छन ।

१ मुल दर्ता फाँट

२ मोठ/ रोक्का फाँट

३ कम्प्युटर फाँट

४ रजिष्ट्रेशन फाँट

५ मुद्दा फाँट

६ तामेली फाँट

७ प्रशासन शाखा

८ आर्थिक प्रशासन शाखा

९ प्रमुख मालपोत अधिकृत र मालपोत अधिकृतको कार्यकक्ष


यस कार्यालयबाट जग्गाको रजिष्ट्रेशन पास ,नामसारी दाखिलखारेज ,लगत व्यवस्थापन जस्ता कार्यहरूको सम्पादन गरिन्छ ।

रजिस्ट्रेशन पास भईसकेपछि लिखतको अभिलेख खडा गरी सुरक्षित राख्ने र संबन्धित व्यतिले प्रतिलिपि मागगरेमा नियमानुसार उपलब्ध गराउने काम यस कार्यालयबाट गरिन्छ ।यसका साथै अदालत ,बैङ्क तथा वित्तीय संस्थाहरूबाट आएका रोक्का राख्ने र फुकुवा भई आएमा फुकुवा जनाउने काम पनि यसै कार्यालयमार्फत हुन्छ ।

लगत व्यवस्थापनका लागि यस कार्यालयबाट मोठ फाँट भन्ने एउटा छुट्टै एकाइको व्यवस्थापन गरिएको हुन्छ कुनै जग्गा धनीको मृत्यु भएको अवस्थामा नाता प्रमाणको आधारमा विभिन्न प्रक्रियाहरू पुरा गरी त्यसको हकवालाको नाममा जग्गा नामासारी र दर्ता गर्ने कामहरू यसै कार्यालयबाट गरिन्छ ।

जग्गाधनीलाई प्रमाणपत्र वितरण गर्ने तथा यससंग संबन्धित समस्याहरूको निराकरण गर्नेमा यस कार्यालयहरूको प्रमुख भूमिका रहेको हुन्छ ।

मालपोत कार्यालयमा कुनै कामको लागि सेवा लिन जाँदा निवेदन साथ आफु सँग आफ्नो सक्कल जग्गा धनी प्रमाण पुर्जा, नागरिकता प्रमाण पत्र, चालु आ.व. को तिरो तिरेको रसिद अनिवार्य लिएर भू-सेवा केन्द्र वा लेखपढी वा कानूनी व्यवसायी मार्फत जानुपर्दछ । सेवाको किसिम अनुसार आफु बसोबास गरेको वडा कार्यालयको किटानी सिफारिस पनि संलग्न गर्नुपर्छ । कामको प्रकृति अनुसार चाहिने कागजात, लाग्ने समय, तिर्नुपर्ने राजस्व र जिम्मेवार अधिकारी आदि जानकारी उक्त कार्यालयको नागरिक वडापत्रमा समेत उल्लेख गरिएको हुन्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]