जीवावशेष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्राचीन समयमा उत्पन्न भएका जीवहरुका शरीरका अङ्गहरु तथा छापहरु कुनै न कुनै रूपमा पत्रे चट्टानहरू वा कडा माटोहरूमा सुरक्षित भएर रहेको पाइन्छ । यसरी संचित भएर रहेका जीवहरुका अवशेषहरूलाई जीवाशेष भनिन्छ । जीवाशेष सम्बन्धि अध्ययन गर्ने बिज्ञानलाई प्यालनेन्टोलोजी भनिन्छ । जीवावशेषलाई क्रमविकास को महत्त्वपुर्ण प्रमाणको रूपमा लिइन्छ ।

वनस्पतिको जीवावशेष (पात)
प्राचीन जीव डाइनोसरको जेवावशेष

जीवावशेषको पहिचान[सम्पादन गर्नुहोस्]

विभिन्न किसिमका जीवावशेषहरु सामान्य रूपमा जीवहरूको शारीरिक अङगका आकृतिहरूबाट पहिचान गर्न सकिन्छ । जुन यसप्रकार छ :

  1. मृत जीवको पूरै भाग वा कुनै अङगको छाप जमिनको कडा अथवा पत्रे चट्टानहरूमा रहेको हुन्छ । ती छापहरूको अध्ययन गरी जीवावशेष चिन्न र सो छाप कुन समयमा बनेको भनी अनुमान गर्न सकिन्छ ।
  2. पत्रे चट्टानहरु बन्ने क्रममा कुनै बोटबिरूवा तथा पशुपंछिको पूरा अस्थिपन्जर वा केहि भाग चट्टान तथा माटोमा थिचिएर छाप वा अवशेषको रूपमा रहेको हुन्छ । कालान्तरमा यसको सहायतामा जीवावशेष सजिलै पत्ता लगाउन सकिन्छ ।
  3. कुनै जीवहरूको शरीरको कडा भागहरु जस्तै: हाडखोर, दाँत, अस्थिपन्जर, डाँठ, पात जस्ता भागहरूको स्वरूको रूपरेखा जमिनमुनी सुरक्षित भएर रहेको हुन्छ । साथै ति जीवहरु हिँडेका पाइलाहरु वा घसृएका रूपरेखा पनि चट्टानहरूमा संचित भएको पाईन्छ यसबाट पनि जीवावशेष पहिचान गर्न सकिन्छ ।