जुनु रिजाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गायिका जुनु रिजाल

जुनु रिजाल नेपाली गायिका हुन् । नेपाली लोक शैलीलाई आधार बनाएर आधुनिक, लोकपप लगायत गीत गाउने गर्दछीन । उनी गायिकाका साथसाथै नायिका पनि हुन् ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

जुनु रिजालको जन्म ओखलढुंगामा भएपनि उनी विराटनगरमा हुर्किइन् । उनी तीन वर्षको हुँदा बुबाको मृत्यु भएको थियो । आमाको पालन पोषणमा दुई दाजुहरुसँग उनले विराटनगरमै शिक्षा लिइन् र विराटनगरमै हुँदा कला क्षेत्रमा प्रवेश गरिन् ।

स्कुल सकेर जुनु काठमाडौँ आइन् र संगीत पढ्न थालिन् । गीतसंगीतलाई निरन्तरता दिने क्रममा गायक रामचन्द्र काफ्लेसँग उनकोे भेट भयो । जुनुले भेट्दा रामचन्द्रले गायनमा आफ्नै पहिचान बनाइसकेका थिए । जुनुले रामचन्द्रसँग युगल गायन गरिन् । युगल गायन रहेको  ‘झिम्काइदेऊ परेली’ चर्चित बन्यो ।

संगत बाक्लिँदै जाँदा दुवैबिच प्रेम भयो र परिवारको सहमतीमा प्रेम विवाहमा परिणत भयो । अहिले काफ्ले दम्पत्तीका तीन छोराछोरी छन् ।

गायिका जुनु रिजाल आफ्नो श्रीमान गायक रामचन्द्र काफ्लेसँग

एल्बमहरू[सम्पादन गर्नुहोस्]

विराटनगरबाट काठमाडौ पुगेकी उनले केही गीतहरु रेकर्ड गराइन् । ती गीतहरु सीमित श्रोताले मात्रै सुन्थे । चर्चित भएनन् । तर जब उनले ‘फूल मन्जरी’ भन्ने गीत गाइन्, तब भने उनलाई धेरैले चिन्न थाले । हरेक साँस्कृतिक कार्यक्रमहरुमा यो गीतमा नृत्य प्रस्तुती अनिवार्य झै बन्न थाल्यो ।

त्यसपछि ‘कसले सुरुवात’, ‘फूल टिप्ने मन भए’ लगायतका गीत पनि चर्चित बने । ठाउँमा आयोजित मेला, महोत्सवहरुमा पुगेर उनले गीत गाउन थालिन् । देशभित्र मात्र नभएर विभिन्न देशहरुमा पनि पुगेर उनले प्रस्तुती दिएकी छिन् ।

अवार्डहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

जुनु रिजालको चर्चित बनाउने फूल मन्जरी

गायिका जुनु : गर्भमा बच्चा बोकेर सिक्किम, अस्ट्रेलिया र कतार गएँ

विराटनगरबाट उदाएकी सांगीतिक जुन : जुनु रिजाल