पाटे पार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जेब्रा क्रसिङबाट अनुप्रेषित)
सिंहपुरको एक मुख्य सडक स्थीत विद्यालय क्षेत्रमा उठाइएको पाटेपार

पाटेपार वा चिन्हित (चिन्ह लगाएको) सडकपार भनेको सडकमाथी बटुवाहरुले सडक पार गर्न मोटा मोटा लामा पाटा युक्त समान्यतयाः सेता धर्सा पोतीएको सडकको भाग हो । यस्ता भागमा गाडीको सवारी भन्दा माथी पैदलयात्री अर्थात बटुवाहरूलाई प्राथमिकता दिइन्छ । सामान्यतायाः पाटेपार हरु दुइ वा दुइभन्दा बढी सडक वा मार्गहरु एक अापसमा काटीने चोक मा हुँन्छन भने बटुवाले धेरै सडक वारपार गरिरहने ठाउँमा सडकहरु संगम नहुँने एउटै सडक माथि पनि पाटेपार बनाइएको हुँन्छ । अधिकांश पाटेपार सडककै सतहमा रङ्ग लागएर लामा लामा खुड्कीला जस्तो पारीएको मात्रै हुँन्छ भने कतीपय पाटेपार सडक सतहभन्दा माथी उठाइ पनि बनाइएको हुँन्छ । समान्यतयाः यस्ता उँचा (उठाइ बनाइएको) वा ढिस्के पाटेपार विद्यालय क्षेत्र वा ज्येष्ठ नागरीक बढी अोहोदोहोर गर्ने स्थानमा हुँन्छन । धेरै व्यस्त सडकका पाटेपार बटुवाबत्ती सहीतका हुन्छन जस्ले गाडी र बटुवाको सडक पार अवधिलाइ निन्त्रण गर्दछन ।

व्युत्पत्ति[सम्पादन गर्नुहोस्]

पाटेपार शब्दावली पाटे र पार दुइ शब्दको मीश्रण हो । पाटे को अर्थ पाटा पाटा परेको, जसरी पाटे बाघ को जीउमा पाटा देखिन्छ त्यस्तै अर्थात सडकको पृष्ठभुमीमा सेतो पाटा देखीने बीम्ब सँग सम्बन्धीत छ भने, पार को अर्थ सडक पार गर्ने क्रीया सँग सम्बन्धीत छ । यसरी रङ्ले पाटा पारेको र सडक पार गर्न बनेको भन्ने अर्थमा पाटेपार भनिएको हो ।