जोर्नी टु द वेस्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोर्नी टु द वेस्ट
पहिलो संस्करण
लेखकवु चेङ्गेन
मूल शीर्षक西
देशमिङ वंश, चीन
प्रकारचिनियाँ किंवदन्ती, यात्रा
प्रकाशित मिति
१५९२ (अनुमानित) [१]
मिडियाको प्रकारPrint
आइएसबिएन7-119-01663-6

जोर्नी टु द वेस्ट (अर्थ : पश्चिम तिरको यात्रा, चिनियाँ : 西遊記, अङ्ग्रेजी: Journey to the West) सोह्रौँ शताब्दी (मिङ वंशको समयमा) लेखिएको चिनियाँ उपन्यास हो । यस उपन्यासलाई चिनियाँ साहित्यको चार अन्य उपन्यास मध्येको महत्त्वपूर्ण मानिन्छ । उपन्यास, टाङ वंशका बौद्ध भिक्षु सुआन ज्याङको मध्य एसिया र भारतको यात्रामा आधारित छ । भिक्षुको यात्रा बौद्धिक धर्म ग्रन्थ लिनका लागि तय भएको थियो । उपन्यासले सुआन ज्याङले आफैँले गरेको यात्राको बयानलाई समेट्दै चिनियाँ लोक कथा र लेखकत्व झल्काएको छ । उपन्यासमा गौतम बुद्ध स्वंयमले भिक्षुलाई यात्रा गराउन लगाएका र भिक्षु रक्षार्थ तीनजना पठाएको बताइएको छ ।

उपन्यासले चिनियाँ लोक किंवदन्ती, धर्म, तोओइस्ट र बौद्धिक दर्शनहरूलाई समेटेको छ, हालसम्म पनि ती दर्शन र मान्यताहरूलाई दैनिक जीवनमा अपनाइन्छ । सबैमा परिचित उपन्यासले धार्मिक यात्रा, शक्ति र सदभावको कथा बोकेको छ ।

लेखक परिचय[सम्पादन गर्नुहोस्]

उपन्यास वु चेङ्गेनले १६ शताब्दीमा प्रकाशित गरेका थिए ।[२] हु सि, चिनका अमेरिकी राजदुतले उपन्यासको तथ्य सन् १६२५ देखि नै रहेको र लेखक वु नै रहेको दाबी गर्छन् । [२] हालका अध्ययन कर्ताहरूले भने उक्त कुरा बताउँछन् र वुले पश्चिम तिरको यात्रामा केही अन्य वा थोरै वा अन्य केही लेखेको हुन सक्ने बताउँछन् ।[३]

अनुवादक ड्बलु जे एफ जेनर, वुलाई उक्त समयको राजनीतिक गतिविधि ज्ञात भए पनि उपन्यास आफैँले राजनीतिक विषयहरू नबोलेको औँल्याउँछन् ।[४] एन्थोनी सी यु, अन्य चिनियाँ फिक्सनका लेखक थाहा नभए पनि वु नै यस उपन्यासको लेखक हुन सक्ने अर्थ्याउँछन् ।[५] उपन्यासमा रहेका लोक किंवदन्तीहरू अरू स्रोतहरूबाट नै थाहा भएकाले वास्तविक लेखक को भन्ने प्रश्न उठाउँछ ।[४] जे होस् वुको नाम नै यस उपन्याससँग जोडिने गर्दछ ।[६]

एतिहासिक वास्तविकता[सम्पादन गर्नुहोस्]

उपन्यास सुवान ज्याङ (६०२ - ६६४) टाङ वंशका भिक्षुमा आधारित छ । बौद्धिक ग्रन्थहरूको चिनमा कमजोर अनुवादले उनलाई यात्राको प्रोत्साहन गरायो । उनले गान्सु, चिङहल देखि कुमुल हुँदै तियन सन हिमालहरू देखि तुरपनका यात्राहरू तय गरे । आजको समयको क्रिजिकस्तान, उजेबिकस्तान, अफगानिस्तान हुँदै उनी ६३० मा भारत पुगे । उनले महत्त्वपूर्ण बौद्धिक स्थलहरूको भ्रमण गरे, नालान्दाको (पुरानो विश्वविद्यालय) मा अध्ययन गरे र बौद्धिक धर्मका विपक्षीहरूसित विवाद गरे ।

सुयान ज्याङ ६४३ मा भारत छोडी ६४६ मा चीन पुगे । उनलाई सम्राट तेओजोङले भव्य स्वागत गरे र अन्य कार्यहरूमा सहयोग पनि गरे । सुआन ज्याङले आफ्नो यात्रा किताबमा वर्णन पनि गरे । उनको मृत्यु मार्च ७, ७७४ मा भयो ।

कथा सारंश[सम्पादन गर्नुहोस्]

उपन्यासमा १०० भागहरू छन् । पहिलो भाग १ देखि ७ सुन वुकोङ, पञ्च तत्वबाट जन्मिएका बाँदरको कथा छ जसले ताओ कलाको अध्ययन गर्छन् । यिनी शक्तिशाली हुन्छन् तर मुर्खता र क्रोधका कारणले बुद्धले यिनलाई ५०० वर्षसम्म हिमालमुनि कैद गरी राखिदिन्छन् । दोस्रो भाग ८ देखि १२ मा सुआन ज्याङको बयान गरिएको छ । उनको यात्राको प्रेरणाको यसमा बयान गरिएको छ । तेस्रो भाग १३ देखि ९९ सम्म नै यात्राको बयान गरिएको छ । सुआन ज्याङ अन्य शक्तिले कब्जा गर्ने र उनका रक्षार्थीहरूले उनलाई बचाउने प्रयास गर्ने कुराहरूमा यसमा बयान गरिएका छन् । भाग ८७ मा उनी भारत पुग्छन् र करिब १४ वर्षको यात्रा तय भएको बताइन्छ । भाग १०० मा भने सुआन ज्याङ पुन: फर्किएका बारे बताइएको छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  • मंकी : अ फोल्ल टेल अफ चाइना (१९४२)
  • जोर्नी टु द वेस्ट (१९७७ - १९८३)
  • जोर्नी टु द वेस्ट (१९७७ - १९८४

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Anthony C. Yu, translated and edited, The Journey to the West Volume I (Chicago: University of Chicago Press, 1977), p. 14.
  2. २.० २.१ In the Introduction to Waley's 1942 abridgement,, Hu Shih (१९४२), "Introduction", मंकी (उपन्यास) (न्यु योर्क: Grove Press), पृ: 1–5। 
  3. Lattimore, David (मार्च ६, १९८३), "The Complete 'Monkey'", New York Times 
  4. ४.० ४.१ Jenner, W.J.F. (1984). "Translator's Afterword." in trans. W.J.F. Jenner, Journey to the West, volume 4. Seventh Edition.
  5. Anthony C. Yu, translated and edited, The Journey to the West Volume I (Chicago: University of Chicago Press, 1977), p. 16, 21.
  6. Shi Changyu (1999). "Introduction." in trans. W.J.F. Jenner, Journey to the West, volume 1. Seventh Edition. Beijing: Foreign Languages Press. pp. 1–22.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]