सामग्रीमा जानुहोस्

जोर्नी टु द वेस्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोर्नी टु द वेस्ट
पहिलो संस्करण
लेखकवु चेङ्गेन
मूल शीर्षक西
देशमिङ वंश, चीन
प्रकारचिनियाँ किंवदन्ती, यात्रा
प्रकाशित मिति
१५९२ (अनुमानित) []
मिडियाको प्रकारPrint
आइएसबिएन7-119-01663-6

जोर्नी टु द वेस्ट (अर्थ : पश्चिम तिरको यात्रा, चिनियाँ : 西遊記, अङ्ग्रेजी: Journey to the West) सोह्रौँ शताब्दी (मिङ वंशको समयमा) लेखिएको चिनियाँ उपन्यास हो । यस उपन्यासलाई चिनियाँ साहित्यको चार अन्य उपन्यास मध्येको महत्त्वपूर्ण मानिन्छ । उपन्यास, टाङ वंशका बौद्ध भिक्षु सुआन ज्याङको मध्य एसिया र भारतको यात्रामा आधारित छ । भिक्षुको यात्रा बौद्धिक धर्म ग्रन्थ लिनका लागि तय भएको थियो । उपन्यासले सुआन ज्याङले आफैँले गरेको यात्राको बयानलाई समेट्दै चिनियाँ लोक कथा र लेखकत्व झल्काएको छ । उपन्यासमा गौतम बुद्ध स्वंयमले भिक्षुलाई यात्रा गराउन लगाएका र भिक्षु रक्षार्थ तीनजना पठाएको बताइएको छ ।

उपन्यासले चिनियाँ लोक किंवदन्ती, धर्म, तोओइस्ट र बौद्धिक दर्शनहरूलाई समेटेको छ, हालसम्म पनि ती दर्शन र मान्यताहरूलाई दैनिक जीवनमा अपनाइन्छ । सबैमा परिचित उपन्यासले धार्मिक यात्रा, शक्ति र सदभावको कथा बोकेको छ ।

उपन्यास वु चेङ्गेनले १६ शताब्दीमा प्रकाशित गरेका थिए ।[] हु सि, चिनका अमेरिकी राजदुतले उपन्यासको तथ्य सन् १६२५ देखि नै रहेको र लेखक वु नै रहेको दाबी गर्छन् । [] हालका अध्ययन कर्ताहरूले भने उक्त कुरा बताउँछन् र वुले पश्चिम तिरको यात्रामा केही अन्य वा थोरै वा अन्य केही लेखेको हुन सक्ने बताउँछन् ।[]

अनुवादक ड्बलु जे एफ जेनर, वुलाई उक्त समयको राजनीतिक गतिविधि ज्ञात भए पनि उपन्यास आफैँले राजनीतिक विषयहरू नबोलेको औँल्याउँछन् ।[] एन्थोनी सी यु, अन्य चिनियाँ फिक्सनका लेखक थाहा नभए पनि वु नै यस उपन्यासको लेखक हुन सक्ने अर्थ्याउँछन् ।[] उपन्यासमा रहेका लोक किंवदन्तीहरू अरू स्रोतहरूबाट नै थाहा भएकाले वास्तविक लेखक को भन्ने प्रश्न उठाउँछ ।[] जे होस् वुको नाम नै यस उपन्याससँग जोडिने गर्दछ ।[]

एतिहासिक वास्तविकता

[सम्पादन गर्नुहोस्]

उपन्यास सुवान ज्याङ (६०२ - ६६४) टाङ वंशका भिक्षुमा आधारित छ । बौद्धिक ग्रन्थहरूको चिनमा कमजोर अनुवादले उनलाई यात्राको प्रोत्साहन गरायो । उनले गान्सु, चिङहल देखि कुमुल हुँदै तियन सन हिमालहरू देखि तुरपनका यात्राहरू तय गरे । आजको समयको क्रिजिकस्तान, उजेबिकस्तान, अफगानिस्तान हुँदै उनी ६३० मा भारत पुगे । उनले महत्त्वपूर्ण बौद्धिक स्थलहरूको भ्रमण गरे, नालान्दाको (पुरानो विश्वविद्यालय) मा अध्ययन गरे र बौद्धिक धर्मका विपक्षीहरूसित विवाद गरे ।

सुयान ज्याङ ६४३ मा भारत छोडी ६४६ मा चीन पुगे । उनलाई सम्राट तेओजोङले भव्य स्वागत गरे र अन्य कार्यहरूमा सहयोग पनि गरे । सुआन ज्याङले आफ्नो यात्रा किताबमा वर्णन पनि गरे । उनको मृत्यु मार्च ७, ७७४ मा भयो ।

उपन्यासमा १०० भागहरू छन् । पहिलो भाग १ देखि ७ सुन वुकोङ, पञ्च तत्वबाट जन्मिएका बाँदरको कथा छ जसले ताओ कलाको अध्ययन गर्छन् । यिनी शक्तिशाली हुन्छन् तर मुर्खता र क्रोधका कारणले बुद्धले यिनलाई ५०० वर्षसम्म हिमालमुनि कैद गरी राखिदिन्छन् । दोस्रो भाग ८ देखि १२ मा सुआन ज्याङको बयान गरिएको छ । उनको यात्राको प्रेरणाको यसमा बयान गरिएको छ । तेस्रो भाग १३ देखि ९९ सम्म नै यात्राको बयान गरिएको छ । सुआन ज्याङ अन्य शक्तिले कब्जा गर्ने र उनका रक्षार्थीहरूले उनलाई बचाउने प्रयास गर्ने कुराहरूमा यसमा बयान गरिएका छन् । भाग ८७ मा उनी भारत पुग्छन् र करिब १४ वर्षको यात्रा तय भएको बताइन्छ । भाग १०० मा भने सुआन ज्याङ पुन: फर्किएका बारे बताइएको छ ।

  • मंकी : अ फोल्ल टेल अफ चाइना (१९४२)
  • जोर्नी टु द वेस्ट (१९७७ - १९८३)
  • जोर्नी टु द वेस्ट (१९७७ - १९८४

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Anthony C. Yu, translated and edited, The Journey to the West Volume I (Chicago: University of Chicago Press, 1977), p. 14.
  2. 1 2 In the Introduction to Waley's 1942 abridgement,, Hu Shih (१९४२), "Introduction", मंकी (उपन्यास) (न्यु योर्क: Grove Press), पृ: 15।
  3. Lattimore, David (मार्च ६, १९८३), "The Complete 'Monkey'", New York Times
  4. 1 2 Jenner, W.J.F. (1984). "Translator's Afterword." in trans. W.J.F. Jenner, Journey to the West, volume 4. Seventh Edition.
  5. Anthony C. Yu, translated and edited, The Journey to the West Volume I (Chicago: University of Chicago Press, 1977), p. 16, 21.
  6. Shi Changyu (1999). "Introduction." in trans. W.J.F. Jenner, Journey to the West, volume 1. Seventh Edition. Beijing: Foreign Languages Press. pp. 122.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]