झम्केफुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

झम्केफुली नेपाली गहना हो । झुम्का भएको, नाकमा लगाइने सुनको यो गहना महिलाले लगाउँछन् । झम्केफुली फुलीकै अर्को रूप हो । चन्द्राकार फुलीमा झुम्का झुण्डिने भएकाले यसको नाम झम्केफुली बनेको हो ।