डायल अप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डायल अप प्रविधि इन्टरनेट सेवा प्राप्त गर्ने शुरुको प्रविधि मध्येमा पर्छ । यस प्रविधि अन्तर्गत परम्परागत टेलिफोन कल मार्फत इन्टरनेट सेवा प्राप्त गरिन्छ । साधारण टेलिफोन मा कुरा गर्दा एउटा निश्चित नम्बरमा डायल गरिन्छ र अर्को पट्टि सो नम्बर जोडेको टेलिफोनमा घन्टी जान्छ र उठाए पछि दुइ पक्ष बीच कुरा हुन्छ । ठिक त्यस्तै गरी डायल अप प्रविधि मा पनि निश्चित नम्बर (हरु) मा फोन डायल गरिन्छ तर सो फोन व्यक्तिले नभई इन्टरनेट बाड्ने काम गर्ने उपकरणले उठाउँछ जसलाई रिमोट एक्सेस सर्भर (दूर प्रवेश सेवादायी उपकरण) भनिन्छ । उक्त सर्भर ले सो टेलिफोन सम्बद लाई कम्प्युटरले बुझ्ने डिजिटल डाटा मा परिवर्तन गरी नेटवर्क तिर पठाउछ । त्यसैगरी डायल अप गर्ने तिर व्यक्ति ले नभई कम्प्युटर ले फोन डायल गर्छ । यसरि कम्प्युटर ले परम्परागत फोन डायल गर्न विशेष प्रकारको उपकरण प्रयोग हुन्छ जसलाई मोडेम भनिन्छ । उक्त मोडेम को काम परम्परागत टेलिफोन र डिजिटल प्रविधि प्रयोग गर्ने कम्प्युटर बीच को सूचनाको अन्तर-परिवर्तन गर्नु हो ।

यस्तो डायल अप सेवा मार्फत इन्टरनेट चलाउदा अधिकतम लगभग ५६ के. वि. पी. एस. बराबरको स्पीड प्राप्त हुन्छ । टेलिफोन लाईन मा केहि गडबडी वा खराबी भै गुणस्तर घटेमा यो स्पीड पनि नादनुरूप कम हुँदै जान्छ ।

हाल प्रचलित टेलिफोन बाटै इन्टरनेट चलाउने एडीएसएल सेवाको परिप्रेक्ष्यमा ध्यान पुर्याउनु पर्ने कुरा के छ भने डायल अप सेवा प्रयोग गर्दा एक पटक मा कुरा गर्ने वा इन्टरनेट चलाउने मध्ये एउटा मात्र काम हुन्छ । किनकि डायल अप पनि एक किसिमको परम्परागत फोन कल नै हो (तर इन्टरनेट दिने नम्बर मा गरिने कल) र स्वाभाविक रूपमा एक पटकमा एउटा टेलिफोनबाट एक भन्दा बढी नम्बर मा कुरा गर्न मिल्दैन ।

ब्यबसायिक रूपमा यो सेवा सञ्चालन गर्दा चलाउनेको पहिचान, उसको चलाउने मात्रको नियन्त्रण र चलाएको हिसाब किताब पनि गर्नु पर्ने हुनाले एक्सेस सर्भर संगै अर्को एउटा निकाय पनि जोडिन्छ जसले प्रयोग कर्ता लाई उसको नाम, पासवर्ड आदिले पहिचान गर्ने, उसले चलाउन पाउने सेवाको समय / गुणस्तर आदि निर्धारण गर्ने र चलैसकेपछी सो को लेखा जोखा गर्ने गर्दछ । यसरि सेवाको ब्यबस्थापन र नियन्त्रण गर्ने सो निकाय लाई ट्रिपल ए पनि भनिन्छ । ब्यबसायिक डायल अप सेवाको बिक्रि, वितरण, नियन्त्रण, बिल निकाल्ने आदि कार्यमा उक्त संरचनाको ठूलो महत्त्व हुन्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]