डोरेमन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डोरेमन
निर्माण गर्ने देशजापान
भागहरूको सङ्ख्या५७४[१]
प्रसारण
मूल च्यानलटिभी आसाही
प्रथम प्रसारण१५ अप्रिल २००५ (2005-04-15) – हालसम्म
कालक्रम
यो भन्दाअघिसन् १९७९

डोरेमन (जापानी: ドラえもん) फुजिको एफ फुजियो द्वारा लिखित र चित्रित जापानी मंगा श्रृंखला हो। मङ्गालाई पहिलो पटक डिसेम्बर १९६९ मा क्रमबद्ध गरिएको थियो, जसको १,३४५ व्यक्तिगत अध्यायहरू ४५ ट्याङ्कबोन खण्डहरूमा संकलित र सन् १९७० देखि १९९६ सम्म शोगाकुकानद्वारा प्रकाशित गरिएको थियो।

यन्त्रमानव बिरालो "डोरेमन" बाइसौँ शताब्दीबाट "नोबिता नोबी" बालकलाई सहयोग दिन आएका छन्। दैनिक जीवनमा आइपर्ने समस्यालाई विभिन्न अत्याधुनिक, अपत्यारिला उपकरणको प्रयोगद्वारा समाधान गर्ने जस्ता विषयमा कथा आधारित रहेको छ। यो भारतमा सबैभन्दा बढी रुचाइएको दूरदर्शन कार्यक्रमहरूमा पर्दछ।

पात्रहरू[सम्पादन गर्नुहोस्]

निर्माण[सम्पादन गर्नुहोस्]

वास्तविक माङ्गाको कथामा पुरै एनिमेमा नै आधारित भएपनि कथा वस्तुमा सुहाउँदा अन्तयका निम्ति केही परिवर्तनहरू गरिएका छन् ।

जापानी आवाज कलाकार[सम्पादन गर्नुहोस्]
  • वासाबी मिजुता
  • मेगुमी ओहोरा
  • युमी काकाजु
  • सुबारु किमुरा
  • तिमोकाजु सेकि
  • चियाकि
  • कोतोनो मिसुइसी
  • यासुनोरी मात्सुमोतो
  • सिहोको हागिनो
  • वातारु ताकागी
  • साची मात्सुमोतो
  • एइ ओरीकासा
  • आरुनो ताहारा
  • मिनामी ताकायामा
  • हिडेयुकी तानाका
  • मियाको ताकेउची
  • भेनिला यामाज्की
  • तोमातो एकी
  • रिइ कुगीमिया
  • युकारी तामुरा
  • कोकी मियाता
  • मिका कनाई
अङ्ग्रेजी आवाज कलाकार[सम्पादन गर्नुहोस्]
  • मोना मार्शल
  • जोनी योङ बोश्च
  • कासेन्ड्रा मोरिस
  • काइजी टाङ
  • ब्राइन बिकक
  • क्रस्टिचन भ्यालेइनजुल
  • मारी डेबोन
  • टोनी ओलिभर
  • जोन डिमिटा
  • डोरोथी एलिस फेन
  • जेसिक गि जर्ज
  • एन्थोनी हेन्सन
  • म्याक्स मिटेलमेन
  • मिनाय नोजी
  • केथ सिलभरस्टिन
  • स्पाइक स्पेन्सर
  • विन्डर लि
  • जोई जे थोमस
  • किर्क थोर्नटन
  • डेभ वेलेस
  • डेरेक स्टेफन प्रिन्स
बेलायती कलाकार[सम्पादन गर्नुहोस्]

सेरा हउजर, मुरिल होफमन, क्याथेिन फु, डेभ ब्रिजेस, रसेल वेट, बेन मार्गलिथ

अङ्ग्रेजी संस्करण[सम्पादन गर्नुहोस्]

भिज मिडिया द्वारा डिज्नी टेलिभिजनमा सन् २०१४ जुलाई ७ देखि प्रदर्शनी हुने गरेको छ । अङ्गरेजी संस्करणमा अलिक फरक हुने गरी परिवर्तन गरिएको छ ।

बेलायत[सम्पादन गर्नुहोस्]

अगस्ट १५, २०१५ देखि बेलायतमा पनि बुमरेङ यसको प्रसारण भएको थियो ।

कथा सारंश[सम्पादन गर्नुहोस्]

२२ औँ शताब्दीबाट रोबोट बिरालो नोबीता नोबी, जो अध्ययनमा मन्द छन्, उसको सहयोगका लागि पठाइएको छ । आफ्ना साथीहरू ग्लान र सोनियोबाट सधैँजसो नोबितो हेपिन्छन् । उनको साथी सिजुका उनको भविष्यकी श्रीमति भएको पनि केही भागहरूमा देखाइन्छन् । डोरेमनको खल्तीमा अपत्यारिला गेजेटहरूको भण्डार छ । ती सबै गेजेटहरू भविष्यबाट ल्याइएका हुन्: ती अन्तर्गत ब्याम्बो-कप्टर (उड्न सहयोग गर्ने गेजेट), एनिभेर डोर (जुनै पनि स्थानमा पुग्न सहयोग गर्ने ढोका), ट्रान्स्लेटर टुल (भाषा परिवर्तन गर्ने गेजेट) आदि पर्दछन् । धेरैजसो डोरेमनका भागहरूमा डोरेमनबाट नोबिता गेजेट लिन्छन् र सोहीको प्रयोगबाट अफ्ठ्यारामा परेका कहानी हुने गर्दछन् । डोरेमनको भागहरू हास्य, यात्रा र भावनाले भरिएका हुने गर्दछन् ।

पात्रहरू[सम्पादन गर्नुहोस्]

मुख्य पात्र[सम्पादन गर्नुहोस्]

डोरेमन, नोबिता नोबी, सिजुका मिनामोटो, ताकेसी गोडा, सुनेयो होनेकावा, डोरामी, मिनी डोरा

  • अन्य पात्रहरू

नोबी परिवारका सदस्यहरू, मिनामोटो परिवारका सदस्यहरू, होनेकावा परिवारका सदस्यहरू, गोडा परिवारका सदस्यहरू

  • अन्य

भागहरू[सम्पादन गर्नुहोस्]

हालसम्म डोरेमन (एनिमेको) १४ सिजन प्रसारण भइसकेका छन् ।

पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]