ढाँचा:प्रमुख लेख/मार्च, २०१५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् १८८०को दार्जिलिङ

दार्जिलिङ भारतको पश्चिम बङ्गाल राज्यमा रहेको एउटा नगर हो । यो दार्जिलिङ जिल्लाको सदरमुकाम हो । यो नगर महाभारत पहाड भागमा अवस्थित छ । यहाँको औसत उचाई २,१३४ मिटर (६,९८२ फिट) छ । दार्जिलिङ शब्दको उत्त्पत्ति दुई तिब्बती शब्द, दोर्जे (चट्याङ) र लिङ (स्थान) बाट भएको हो । यसको अर्थ "चट्याङ स्थान" हो । भारतमा बेलायती शासनको बेला अनुकूल मौसमको कारणबाट यस ठाउँलाई हिल स्टेसन बनाइयो । बेलायती रेसिडेन्ट्स यहाँ ग्रीष्म मौसमको गर्मीबाट छुट्कारा पाउनको लागि यहाँ आउने गर्दथे ।

अन्तराष्ट्रिय स्तरमा दार्जिलिङ चियाको लागि प्रसिद्ध छ । दार्जिलिङ दार्जिलिङ हिमालयन रेलवे एउटा युनेस्को विश्व सम्पदा स्थल तथा प्रसिद्ध स्थल हो । यहाँको चियाको खेती सन १८०० को मध्यबाट शुरु भएको थियो । यहांको चिया उत्पादकहरूले कालो चिया र फर्मेन्टिंग प्रविधिको एक सम्मिश्रण तयार गरेका छन् जो विश्वको सर्वोत्कृष्टमा एक हो। दार्जिलिङ हिमालयन रेलवे जो दार्जिलिङ नगरलाई समथर स्थलसग जोड्द छ , यसलाई विश्व सम्पदा स्थल १९९९ मा घोषित गरिएको थियो । यो वाफबाट सञ्चालन हुने यन्त्र भारतमा एकदमै कम देख्न पाइन्छ । (पूरा  पढ्नुहोस्...)