ढाँचा:Portal:महिला/Featured article/मार्च, २०१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रजनन् स्वास्थ्य विश्व स्वास्थ्य संगठनका अनुसार प्रजनन स्वास्थ्य भन्नाले बिरामी वा रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक दृष्टिकोणबाट पूर्णरुपमा स्वस्थ्य रहनु हो साथै प्रजनन प्रणाली, यससको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा निरोगी रहनु हो। मानिस प्रजनन रुपमा पुर्ण स्वास्थ हुनका लागि उसमा प्रजनन अंगहरु ठीक,सबल हुनुमात्र नभई प्रजनन तथा यौन सम्बन्धित मानसिकता, दृश्टिकोण,अवधारणा, सोच आदि पनि सकारात्मक हुनु जरूरी छ। त्यस्तै मानिस सामाजिक रुपमा पनि स्वस्थ हुनु जरुरी छ। अर्काको सम्मानमा ठेस पुग्नेगरी जिस्काउने, छुने, यौनहैरानि गर्ने कार्यलाई पनि प्रजनन अस्वास्थ्यताको संज्ञा दिेने गरिन्छ।

पूरा लेख पढ्नुहोस् ...