तनहुँ जलविद्युत् आयोजना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यदकदा माथिल्लो सेती जल विद्युत् आयोजना भनिने तनहुँ जिल्लाको आठ गाविस र एक नगरपालिका क्षेत्रको करिब ३८७.५३ वर्गकिलोमिटर क्षेत्रफल ओगट्ने यो योजनाको विद्युत् गृह र जलाशय तनहुँ सदरमुकाम नजीकै रहने छ| आयोजनामा १४० मिटर अग्लो कंक्रिट ग्राभिटी बाँध बनाइने छ, जसको उचाइ समुद्री सतहबाट ४१५ मिटर हुने र जलाशय ७.२६ वर्ग किलोमिटर क्षेत्रमा फैलने छ। उनन्तीस करोड ५१ लाख घन मिटर पानी, एउटा सतही इन्टेक र ९२७ मिटर लामो सुरुङमार्फत १९५ मिटर लामो पेनस्टक पाइपबाट फ्रान्सिस टर्बाइन र भूमिगतविद्युत्गृह बनाइने योजना छ।

सेती र मादी नदीको दोभानदेखि बाँधसम्म आवतजावत गर्नका लागि तीन किलोमिटर लामो सडक बनाइने छ। तनहुँ जिल्लाको आठ गाविस र एक नगरपालिका क्षेत्रको करिब ३८७.५३ वर्गकिलोमिटर क्षेत्रफल सो आयोजनाले ओगट्ने छ। आयोजनाबाट भीमाद, छाङ, जामुन्ने, कोटदरबार, काहुँ, शिवपुर, रिसिङ, रानीपोखरी, माझकोट, पोखरी भन्ज्याङ गाविस र व्यास नगरपालिकाका केही क्षेत्र प्रभावित हुनेछन्। सोमध्ये पोखरी भन्ज्याङ गाविसको तल्लो तटीय क्षेत्र बढी प्रभावित हुनेछ। आयोजनाबाट १५ हजार १२२ हेक्टर उत्पादनशील कृषि भूमि मुख्य रूपमा प्रभावित हुने बताइएको छ।

कुल १४० मेगावाट क्षमताको जलाशययुक्त आयोजनाका वि सं २०७१मा सुरु भई छ वर्षभित्र सम्पन्न गरिने लक्ष्य राखिएको र प्रमुख लगानीकर्ता जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) रहेको तथा एसियाली विकास बैङ्क, अबुधाबी फन्ड, बैङ्क र नेपाल सरकारको पनि लगानी रहने छ। तनहुँ जलविद्युत् (माथिल्लो सेती) आयोजनाको कुल लागत रु ४२ अर्ब (५०५ मिलियन डलर) छ। सो आयोजनामा जाइकाले रु १६ अर्ब, एसियाली विकास बैङ्कले रु १३ अर्ब, इन्भेस्टमेन्ट बैङ्कले रु पाँच अर्ब ९५ करोड र अबुधाबी फन्डले रु दुई अर्ब सहयोग गर्ने सहमति छ| सो आयोजनाका लागि जाइकाले एक प्रतिशत ब्याजमा सहुलियतपूर्ण ऋण दिन लागेको छ भने एडिबीले आयोजना निर्माण अवधिभरलाई एक प्रतिशत र विद्युत् उत्पादन सुरु भएपछि १.५ प्रतिशत ब्याजमा ऋण दिने सहमति भएको छ।

जलविद्युत् आयोजनाको सहयोग सम्झौतामा हस्ताक्षर