तुरीय अवस्था

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तुरीय अवस्था अनुभव गरिने/ गरिएको अवस्था हो जसमा मन र मस्तिष्क केही नभएको शुन्यता भएको हुन्छ - यो पनि हैन कि केही नहोस्। यस ध्यानको चौथो अवस्था हो, यस भन्दा पहिलेका तीन अवस्थाहरुमा ईन्द्रियहरु द्वारा महसुस गरिएको कुराहरु(कुनै स्वरुप, कुनै गन्ध/सुगन्ध, कुनै सोचाइ), कल्पना गरिएका कुराहरु र शून्यता महसुस गरिन्छ। यसको सबैभन्दा पहिलो सन्दर्भ माण्डूक्योपनिषद मा अन्य नामबाट उल्लेख गरिएको छ।

चेतनाका स्तरहरु१. कल्पना वा विश्लेषणः हामी जागृत अवस्थामा अवस्थामा जुन दृष्य देखिन्छ र कल्पना गरिन्छ त्यो हाम्रो मनमा चित्रण हुन्छ।

२. सपनाः सपना (आधा निद सपना) मा कल्पना स्मृति जस्ता चिजहरु हामी सपनामा देख्छौं।

३. तेस्रो अवस्थामा केही पनि कल्पना गर्न सकिदैन गाढा निन्द्रामा यस्तो हुन्छ।

४. चौथो अवस्थामा हामीलाई केही थाहा छैन भन्ने कुरा पनि थाहा हुँदैन। अद्वैतावादीहरुका लागि यसको अर्थ तपाईको एक आत्मिक अनुभुति हो जुन एकदम शून्यता रहेको छ। यति शुन्यता की तपाईको अनुभुति पनि भन्न सकिदैंन। यसमा तपाँईलाई कुनै अनुभुति छैन भन्ने कुराको पनि अनुभुति हुँदैन।