त्रिफला पुस्तकालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
फलाहारी

त्रिफला पुस्तकालय झापाको धुलाबारी बि. स. २०५३ वैषाख १ गते स्थापना भएको हो।[१] पुस्तकालयकाे स्थापनामा पुस्तकालयका संस्थापक एवं सक्रिय याेगदान कर्ता प्रेमप्रकाश फलाहारीकाे महत्तपूर्ण याेगदान रहेकाे छ । फलाहारिकै सत्प्रयासबाट याे पुस्तकालय पूर्वाञ्चलकै एक प्रमुख पुस्तकालयका रूपमा परिचित छ । पुस्तकालय भवनकाे परिसरमा माेतीराम भट्ट र जग्गा दाता एवं पाँच लाखकाे माेती पुरस्कारका निमित्त अक्षयकाेषका संस्थापक छत्रबहादुर बस्नेतकाे सालिक निर्माण गरिएकाे छ । त्रिफला पुस्तकालयकाे विकास र माेती पुरस्कार स्थापना गर्ने कार्यमा साहित्यकार एवं समालाेचक गणेशबहादुर प्रसार्इंकाे अविस्मरणीय याेगदान रहेकाे देखिन्छ ।




सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. अधिकारी, इन्द्रप्रसाद. पुस्तकालय तथा स्रोतकेन्द्र व्यवस्थापन एवम् सञ्चालन. साझा प्रकाशन,पुल्चोक.