थुन्से

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

थुन्से बास र निगलोको मसिनो कप्टेराचोयाबाट बनाईएको झन्डै डोको जस्तो सोली आकारको माल सामान राख्न र बोक्न प्रयोग गरिने सामान हो। डोकोमा धेरै बासको कप्टेरा प्रयोग गरिन्छ भने, थुन्सेमा चोयाको प्रयोग हुन्छ र डोकोजस्तो जालीदार नभई अन्न वा बालुवाजस्ता सामग्री बोक्न मिल्ने किसिमले बनाइएको हुन्छ। डालोजस्तै गरी बुनिए पनि आकारमा यो डोकोसित मिल्दोजुल्दो हुन्छ।