सामग्रीमा जानुहोस्

दारिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दारिम

दारिम नेपालमा पाइने एक किसिमको फल हो। यो नेपालको पहाडी क्षेत्रमा बढी मात्रामा उत्पादन हुने गरेको पाइन्छ। प्राय: मानिसहरू यसलाइ अनार भनेर झुक्किने गरेको पनि पाइन्छ। तर अनारकै प्रजाति भएपनी यसको आकार , स्वादको कारणले यो एउटा भिन्न स्वरुपको फल हो। प्राय: भदौ महिनापछि जाडोको समयमा उत्पादन दिने तथा बढी उपयोगी हुन्छ। यसको खट्टा मिठा स्वादले यसले मान्छेको मुखमा पानी नै आउने अनि लोकप्रिय भएको पाइन्छ। यसको लागि बजार सुनिश्चित गर्न सके यसले आर्थिक रुपमा धेरै फड्को मार्न सक्ने देखिन्छ। यसको दानाको अचार बनाएर वा यसको दाना नुन खुर्सानी सङग खाएर बढी उपयोग भएको पाइन्छ भने यसलाइ एउटा बहुऔषधिय गुणले युक्त फलको रुपमा पनि लिन सकिन्छ। यसको बोक्रा सुकाएर अथवा यसको दानालाइ पेलेर चुक निकालेर पनि यसको लामो लामो समयसम्म भण्डारण गरेर यसबाट अपेक्षित लाभ लिन सकिन्छ। यो भिटामिन C सहित antioxidant ले भरपुर रहेको पाइन्छ भने शरिरलाइ जाडोको समयमा गर्मी दिनको लागि रुघा खोकी को समयमा औषधिको रुपमा यसको प्रयोग गरिएको पाइन्छ।