सामग्रीमा जानुहोस्

दिगो विकास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दिगो विकास वा सतत विकास भन्नाले यस्तो विकासात्मक दृष्टिकोणलाई जनाउँछ जसले वर्तमान पुस्ताको आवश्यकता पूरा गर्दै भविष्यका पुस्ताहरूको आवश्यकता पूरा गर्ने क्षमतालाई हानि पुर्‍याउँदैन। यसको उद्देश्य जीवनस्तर र प्राकृतिक स्रोतहरू मानव आवश्यकताहरू पूरा गर्न पर्याप्त बनाउने तर पृथ्वीको पर्यावरणीय अखण्डतामा असर नपरोस् भन्नु हो। सतत विकासले अर्थव्यवस्था, वातावरण, र समाज — यी तीन क्षेत्रबीच सन्तुलन कायम गर्न खोज्दछ। सन् १९८७ मा प्रकाशित ब्रुन्टल्याण्ड प्रतिवेदन (Brundtland Report) ले “सतत विकास” को अवधारणालाई विश्वव्यापी रूपमा परिचित गरायो।

विनास विनाको विकास नै दिगो विकास हो। वर्तमानको आवश्यकता सम्झौता नगरिकन भावी पुस्ताको आवश्यकता पुर्ति गर्दै जानु दिगो विकास हो। वातावरण संरक्षणका लागि दिगो विकास महत्त्वपुर्ण मानिन्छ। दिगो विकासको ध्येय पृथ्वीका स्रोत साधन नास नगरी आर्थिक र सामाजिक विकास गर्नु हो। दिगो विकास सम्पुर्ण जिवित मानिसहरूको कल्याणमा केन्द्रित हुन्छ। विकास निर्माणमा वातावरण प्रतिकुल कार्य गरिए विकासबाट आशा गरिएका लक्ष्यसम्म पुग्न कठिन हुन्छ। त्यसैले दिगो विकासले स्रोत र साधनको उचित प्रयोग हुने भएकाले वातावरण संरक्षण र संवर्धनमा सहयोग पुग्छ र प्राकृतिक स्रोत र पशुपन्छी सम्बन्धमा हाम्रो दृष्टिकोणमा परिवर्तन आउने हुनाले यसले मानिसको दृष्टिकोण मा परिवर्तन ल्याइ दायित्वबोध गराउँछ। यसले मानव र प्रकृतिबीचको सम्बन्ध फलदायी, सकारात्मक र सहयोगी बनाउँदै विकास गर्न, वर्तमानको आवश्यकता र चाहना परिपूर्तिका लागि भविष्यसँग सम्झौता नगर्न , प्राकृतिक स्रोत–साधनको सन्तुलित र बुद्धिमतापूर्ण प्रयोग गर्न, विकासका नीतिगत र कार्यगत निरन्तरता कायम राख्न, मानव स्रोतको विकास गर्न, संस्थागत क्षमताको विकास गर्न, स्रोत–साधनको उपयोगमा नैतिकता र विवेकशीलता कायम राख्न र पृथ्वीले वहन गर्न सक्ने क्षमतालाई खलल नपर्ने गरी विकास गर्ने विषयहरूलाई महत्व दिन्छ।

सन् १९८७ मा संयुक्त राष्ट्रसंघको विश्व वातावरण तथा विकास आयोग (United Nations World Commission on Environment and Development) ले “Our Common Future” नामक प्रतिवेदन प्रकाशित गर्‍यो, जसलाई सामान्यतया “ब्रन्टल्यान्ड प्रतिवेदन (Brundtland Report)” भनिन्छ। उक्त प्रतिवेदनमा “सतत् विकास" को परिभाषा दिइएको थियोः

सतत् विकास भन्नाले यस्तो विकास हो, जसले वर्तमान पुस्ताको आवश्यकताहरू पूरा गर्छ, तर भविष्यका पुस्ताहरूले आफ्ना आवश्यकता पूरा गर्ने क्षमतालाई क्षति पुर्याउँदैन। यस अवधारणाभित्र दुई प्रमुख तत्वहरू समावेश छन् —

  • ‘आवश्यकता’को अवधारणा, विशेषगरी विश्वका गरिब जनताका अत्यावश्यक आवश्यकताहरूलाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता; र
  • प्रविधि र सामाजिक संगठनको अवस्थाद्वारा वातावरणले वर्तमान र भविष्यका आवश्यकताहरू पूरा गर्ने क्षमतामाथि पर्ने सीमाहरूको विचार

— विश्व वातावरण तथा विकास आयोग, Our Common Future (१९८७)

  • पारिस्थितिक पद्धति संरक्षण
  • जनसहभागिता
  • सम्पदा संरक्षण
  • जनसङ्ख्या व्यवस्थापन र वातावरण संरक्षण
  • समाजको दिगो बिकाश
  • पृथ्वीको बहन क्षमता भित्र रहने
  • मानवीय श्रोतको बिकाश
  • आर्थिक, सामाजिक, साँस्कृतिक विकासको र वातावरणको अन्तरसम्बन्ध
  • प्राकृतिक स्रोत साधनको मितव्ययी प्रयोग र संरक्षण

नेपाली परिवेश

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]