दि साइलेन्स अफ दि ल्याम्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दि साइलेन्स अफ दि ल्याम्स (The Silence of the Lambs)
निर्देशकजोनाथन डेम्मी
पटकथाटेड ट्याली
निर्माता
मुख्य कलाकार
छायाङ्कनटक फुजीमोटो
सम्पादनक्रेग म्याक्के
सङ्गीतहोवार्ड सोर
वितरक
कम्पनी
स्ट्रङ हार्ट/डेम्मी प्रडक्सन
वितरकओरियन पिक्चर्स
प्रदर्शन मिति
  • ३० जनवरी १९९१ (1991-01-30) (न्युयोर्क)
  • १४ फेब्रुअरी १९९१ (1991-02-14) (संयुक्त राज्य)
अवधि
११८ मिनेट[१]
देशसंयुक्त राज्य
भाषाअङ्ग्रेजी
बजेट$१९००००००[२]
बक्स अफिस$२७२७०००००[२]

'दि साइलेन्स अफ द ल्याम्स' सन् १९९१ को अमेरिकी नियो-नोयर मनोवैज्ञानिक थ्रिलर फिल्म हो। टेड टैली द्वारा लिखित पटकथाबाट जोनाथन डेमे द्वारा निर्देशित यस चलचित्रको कथावस्तु थोमस थोरिस ह्यारिसको सोही नामको उपन्याससँग मिल्दोजुल्दो छ । यस चलचित्रमा जोडी फोस्टर , एन्थोनी हपकिन्स , स्कट ग्लेन , टेड लेभिन , र एन्थोनी हेल्डले अभिनय गरेका छन् ।

यस चलचित्रमा क्लारिस स्टर्लिङ्ग नामक एफबीआईको प्रशिक्षण लिइरहेकी युवतीले "बफेल्लो बिल" नामले चिनिने अर्को सिरियल किलर पक्राऊ गर्न को लागी कैदी डाक्टर हन्निबल लेक्टरको सल्लाह लिन्छिन् जो एक शानदार मनोचिकित्सक र नरभक्षीय धारावाहिक हत्यारा हो। दि साइलेन्स अफ दि ल्याम्सको थिएटर प्रदर्शन सन् १९९१ फेब्रुएरी १४ का दिन भएको थियो जसले १ करोड ९ लाख अमेरिकी डलरको लागतमा विश्वभरीबाट २७ करोड २७ लाख अमेरिकी डलरको कमाइ गरेको थियो। यो चलचित्रको प्रथम प्रदर्शनी ४१ औँ बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलका दौरान गरिएको थियो जहाँ यसले गोल्डेन बियरका लागि प्रतिस्पर्धा गरेको थियो भने डेम्मीले उत्कृष्ट निर्देशक का लागि सिल्भर बियर जितेका थिए। प्रदर्शनीका बेला दुवै नकारात्मक र सकारात्मक टिका-टिप्पणी पाएको यस चलचित्र इट ह्याप्पण्ड वान नाइटवान फ्ल्यु ओभर दि कुकुज नेष्ट पछि पाँच विधा: उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता र उत्कृष्ट पटकथामा ओस्कार जित्न सफल तेस्रो चलचित्र भएको थियो। यो हरर विधामा ओस्कार जित्ने पहिलो चलचित्र हो।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "The Silence of the Lambs", British Board of Film Classification, अन्तिम पहुँच सेप्टेम्बर २०, २०१३ 
  2. २.० २.१ "The Silence of the Lambs (1991)", Box Office Mojo, अन्तिम पहुँच नोभेम्बर ३०, २०१४