दूर संवेदन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दूर संवेदन (अङ्ग्रेजीः remote sensing) कुनै पनि वस्तु, विशेषतः पृथ्वी वा अन्य ग्रहको सतहमा चलयमान् घटनाक्रमको जानकारी उक्त वस्तुको स्थानमा या सतहको समिपमा नआइ सङ्कलन हर्ने विज्ञान हो। दूर संवेदन भूभौतिकशास्त्र, भूगोल, भूसर्वक्षण तथा अधिकांशः पृथ्वी विज्ञानका विषयहरूमा प्रयोग गरिन्छन् भने यसको प्रयोग सैन्य, गुप्तचर, वाणिज्यिक, आर्थिक, योजना, मानवीय अनुप्रयोग जस्ता थुप्रै विषयमा पनि हुने गर्दछन्। हालको समयमा दूर संवेदन विशेषतः उपग्रह वा हवाई जहाज जडित उपकरणहरू पृथ्वीको अध्ययन सँग जोडिएको छ। उपग्रह वा जडित उपकरणहरू बाट संकलित विद्युतचुम्बकीय विकिरण द्वारा पृथ्वीको वायुमण्डल, वातावरण, जमिन र महासागरहरूको अध्ययन गरिन्छन्।

दूर संवेदन लाई दुई प्रकारका विधिहरूमा विभाजन गर्न सकिन्छ: निष्क्रिय र सक्रिय। निष्क्रिय प्रकारमा सेन्सरहरूले वस्तु वा वरपरका क्षेत्रहरूमा उत्सर्जित वा प्रतिबिम्बित विकिरणहरू संकलन गर्छन्। परावर्तन गरिएको सूर्यको प्रकाश विकिरणको सबैभन्दा सामान्य स्रोत हो जसलाई निष्क्रिय सेन्सरहरूद्वारा मापन गरिन्छन्। निष्क्रिय रिमोट सेन्सरका उदाहरणहरूमा फिल्म फोटोग्राफी, इन्फ्रारेड, चार्ज-कपल्ड उपकरणहरू, र रेडियोमिटरहरू पर्दछन्। अर्को तर्फ, सक्रिय दूर संवेदनमा वस्तुहरू र क्षेत्रहरू स्क्यान गर्न ऊर्जा उत्सर्जन गरिन्छन् जसलाई सेन्सरले विकिरण पत्ता लगाउँदछ र मापन गर्दछ। रडार र लिडार सक्रिय दूर संवेदनका उदाहरण हुन् जहाँ उत्सर्जन र फिर्ती बीचको समय ढिलाइ मापन गरिन्छ। यसबाट वस्तुको स्थान, गति र दिशा मापन गरिन्छ।

दूर संवेदन खतरनाक वा दुर्गम क्षेत्रहरूको डाटा संकलन गर्न सहयोग गर्दछ। दूर संवेदनका अनुप्रयोगहरूमा अमेजन बेसिन जस्ता क्षेत्रहरूमा वन विनाशको अनुगमन, आर्कटिक र अन्टार्कटिक क्षेत्रहरूमा हिमनदीको अध्ययन, र तटीय र समुद्री गहिराईको नाप जस्ता उदाहरणहरू लिन सकिन्छन्। शीतयुद्धको समयमा सैन्य प्रयोगमा खतरनाक सीमा क्षेत्रहरूको बारेमा दूर संवेदनद्वारा नै डाटा तयार गरिन्थ्यो। दूर संवेदनले जमिनमा महँगो र ढिलो डाटा संकलनलाई प्रक्रियालाई द्रुत गतिमा सङ्कलन गर्न मदत गर्दछ।

इतिहास ‍‍‍‍[सम्पादन गर्नुहोस्]

दूर संवेदन को आधुनिक विकास उडानको विकाससँगै उत्पन्न भयो। सन् १८५८ मा बेलुन चालक जी.टुर्नाचोन (उर्फ नादर) ले आफ्नो बेलुनबाट पेरिसको फोटो खिचेका थिए। परेवा, चङ्गा, रकेट र मानव रहित बेलुनहरू पनि प्रारम्भमा प्रयोग गरिएका थिए। बेलुन बाट खिचिएका तस्बिर बाहेक, अन्य प्रयोगहरू नक्सा बनाउन वा वैज्ञानिक उद्देश्यका लागि विशेष रूपमा उपयोगी थिएनन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]