द टेल अफ गेन्जी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
द टेल अफ गेन्जी
लेखकमुरासिकि सिकिबु
देशजापान
प्रकाशितसन् १०२१ पूर्व
895.63 M93
सन् १६५४ मा प्रकाशित उपन्यासको बाहिरी आवरण

द टेल अफ गेन्जी (源氏物語 Genji monogatari?) एघारौँ शताब्दीमा लेखिएको जापानी साहित्य हो । यसलाई संसारको पहिलो उपन्यास, पहिलो आधुनिक उपन्यास, पहिलो मनोवैज्ञानिक उपन्यास र उत्तम कृति मानिन्छ । उपन्यासले हेयान कालको राजसभाको वर्णन गरेको छ ।[१]

एेतिहासिक स्थान[सम्पादन गर्नुहोस्]

द टेल अफ गेन्जी विभिन्न क्रममा लेखिएको हुन सक्छ । उपन्यासमा मुख्य र गौण पात्र, मुख्य पात्रका जीवन कथा र त्यस पछिको घटना, कथा वस्तु रहेका छन् । उपन्यासमा घटना घट्छन् र पात्रको उमेर बित्दै जान्छन् । उपन्यासमा करिब चार सय पात्र छन् । उपन्यासमा सुस्पष्ट पात्रहरू छैनन्, पात्रहरू उनीहरूको कार्य वा पदबाट सम्बोधन गरिन्छन् जुन उपन्यासका घटना अनुसार बद्लिदैँ जान्छन् । आधुनिक अध्ययन कर्ताहरूले पात्रहरूलाई सरलताका लागि विभिन्न नाम दिने गरेका छन् ।

लेखक परिचय[सम्पादन गर्नुहोस्]

उपन्यासका लेखक मुरासाकी सिकिबु (जापानी उपन्यासकार, कवि, हेयिन कालकी राजसी अदालतकी दासी) ले उपन्यासको कति भाग लेखिन् भन्ने विषय विवादित छ । साधारणत: उपन्यादले सन् १०२१ सम्ममा पूर्ण रुप पाइसकेको थियो ।

योसानो अकीको (गेन्जी को आधुनिक अनुवादक) मुरासाकीले एक देखि ३३ पाठसम्म मात्र लेखेकी र ३५ देखि ५४, उनकी छोरीले लेखेकी बताउँछन् । अन्य अध्ययनकर्ताहरूले पनि ४२ देखि ५४ सम्मको लेख्य शैली र वास्तविक लेखक अनिश्चित मानेका छन् ।

कथा सारांश[सम्पादन गर्नुहोस्]

उपन्यासले हिकारु गेन्जी, सम्राट किरितसुबोका छोरा र तल्लो तहका तर प्यारी दासी किरितसुबोको जीवन समेटेको छ । राजनीतिक कारणले सम्राटले गेन्जीलाई राज्य उत्तारधिकारबाट हटाउँछन् । उपन्यासले गेन्जीको प्रेम जीवन र उक्त समयको तानाशाही समाजको बयान गर्दै जान्छ ।

गेन्जी तीन वर्ष हुदाँ नै उनको आमाको मृत्यु हुन्छ जुन सम्राटले भुल्न सक्दैनन् । सम्राटले फुजितसुबोलाई दासी बनाउँदैँ आफ्नो स्वास्नी बनाउँछन् र उनी रानी किरितसुबो बन्छिन् । गेन्जी सुरुमा उनलाई सौतेनी आमाका रूपमा हेर्छन् तर पछि प्रेममा पर्दै जान्छन् । गेन्जीको आफ्नै श्रीमती भने हुन्छ ।

गेन्जीले कितायामाको भ्रमणमा दस वर्षीय मुरासाकी भेट्छिन्, उनी फुजितसुबोकी भतिजी हुने कुरा थाहा पाउँछन् । गेन्जी मुरासाकीलाई दरबारमा लिई आउँछन् र फुजितसुबो जस्तै बनाउन चाहन्छन् । यस बिचमा फुजितसुबो र गेन्जीको भेट बिच बिचमा भने भइरहन्छ र फुजितसुबो गर्भवती बन्छिन् र रेइजीलाई जन्म दिन्छन्, उक्त बालक राजकुमार बनाइन्छन् । ती दुई (गेन्जी र फुजोतसुबो) लाई मात्र सन्तान गेन्जीको हो भन्ने थाहा हुन्छ र यस कुरालाई गोप्य राख्ने प्रण गर्छन् ।

गेन्जीको स्वास्नी एक सन्तान जन्माउँछिन् तर छिटै उनको मृत्यु हुन्छ, गेन्जी मुरासाकीसँग विवाह गर्छन् । गेन्जीका बाबू सम्राट किरितसुबोको मृत्युसँगैँ, किरितसुबोका अर्का छोरा सुजाकु, किरितसुबोकै राजनीतिक शत्रुहरूसित सम्राट बन्छन् । गेन्जीको थुप्रै अनैतिक सम्बन्धहरू प्रकाश हुन्छन् । सम्राट सुजाकु गेन्जीलाई राज्यबाट निकाल्छन् ।

गेन्जी एक धनी व्यक्तिलाई भेट्छन् र उनको छोरीसित प्रेममा पर्छन् । उता राज्यमा सम्राट सुजाकु मृत पितको सपनाबाट त्रसित बन्छन् । गेन्जी राज्यमै बोलाइन्छन् । रेइजी नयाँ सम्राट बन्छन् ।

यस पश्चात्सम्म गेन्जी चालीस वर्ष भइसक्छन् र उनको प्रेम जीवन कमजोर बन्दै जान्छ । एक पाठ कुमोगाकुरे मा उनको निधन भएको ङ्गित गरिएको छ ।

त्यस पश्चात्को उपन्यासका घटनाहरू भने कोउरु र उनका मित्र नियोउ, गेन्जीको नातिमा आधारित छ ।

अन्त्य[सम्पादन गर्नुहोस्]

उपन्यासको अन्तिम भागहरू अझै बाँकी रहेको बताइन्छ ।

चलचित्र[सम्पादन गर्नुहोस्]

उपन्यासमा आधारित रही चलचित्रहरू बनाइएका छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Birmingham Museum of Art (२०१०), Birmingham Museum of Art : guide to the collection, [Birmingham, Ala]: Birmingham Museum of Art, पृ: 49, आइएसबिएन 978-1-904832-77-5 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]