सामग्रीमा जानुहोस्

द लोल्यान्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेखिका  : झुम्पा लाहिरी

प्रकाशक  : र्‍यान्डम हाउस

पृष्ठ  : ३४०

दो लोल्यान्ड नक्सलवादी विद्रोहको कथा भएको औपन्यासिक कृति हो। यसअघि इन्टरप्रेटर अफ म्यालडिज, दी नेमसेक र अनएकस्टम्ड अर्थमार्फत आफ्नो चामत्कारकि शिल्प देखाइसकेकी लाहिरीको पछिल्लो उपन्यासले पनि त्यस्तै केही चमत्कार गर्ने छनक देखाइसकेको छ, विख्यात बुकर पुरस्कारको 'सर्टलिस्टिङ्'मा परेर।

अघिल्ला सिर्जनाहरूमा जस्तै लाहिरी यसपालि पनि प्रस्तुत भएकी छन्, भारतीय अमेरकिी आप्रवासी परविारको सुन्दर तर डरलाग्दो वर्णनका साथ। डायस्पोरा समुदायले भोग्ने पारविारकि मिलन-विछोडको चाखलाग्दो कथा भन्ने यस उपन्यासले दुई दाजुभाइ सुभाष र उदयनको समग्र जिन्दगीको दृश्यचित्र कोरेको छ। सामाजिक मान्यता र बाबुआमाप्रतिको उत्तरदायित्वलाई सधैँ प्रमुख ठान्ने सुभाष तथा विद्रोही स्वभावको उदयन तत्कालीन भारतीय समाजका दुई भिन्न पात्र हुन्। एउटा, परविारलाई पहिलो प्राथमिकतामा राख्ने र अर्को समाजलाई प्राथमिकता दिने खालका। यी दुई पात्रले आफैँमा नितान्त फरक प्रतिरूप बोकेका छन्। यद्यपि, एकअर्काप्रति अत्यन्तै आशक्तिभाव पनि छ यिनमा। जुम्ल्याहाजस्ता लाग्ने यी दाजुभाइको भिन्दै चरत्रि भए पनि दुवैलाई एउटै मालामा उन्न सक्ने लाहिरीको क्षमता अद्भुत लाग्छ। दाजुभाइको प्रेमलाई लालित्यभावसाथ पस्केकी लेखिकाले उनीहरूबीचको प्रतिद्वन्द्विता पनि घुसाएकी छन्, चलाखीपूर्ण ढंगमा।

कोलकातास्थित तोल्लीगन्जको सानो सहरी वस्तीबाट सुरु हुने कथा अमेरकिी सहरहरूमा फनफनी घुमिरहन्छ। कहिले फर्केर फेर ितोल्लीगन्ज आउँछ र अन्त्यमा फर्केर फेरि अमेरकिा नै पुग्छ। भारत सरकारको तीव्र विरोध गर्दै उदयनले नक्सलवादी विद्रोहमा आफूलाई समर्पण गरेपछि कथाले तान्न थाल्छ। बाबुआमाप्रति जिम्मेवार र खास सपना नबोकेको सुभाष छात्रवृत्ति पाएर अमेरकिी विश्वविद्यालयमा विद्यावारिध गर्न हिँड्छ। त्यहीबीच यता घरमा यस्ता घटनाहरू हुन थाल्छन्, जसले सुभाषको जिन्दगीमा गहिरो आघात मात्रै दिन्छन्।

केही सपना नबोकेको सुभाषले अनपेक्षित उपलब्धि हासिल गर्छ भने भारतलाई समुन्नत बनाउने सपना बोकेको उदयनचाहिँ अकालमै मारिन्छ। उसकी पत्नी गौरी विधवा हुन्छे। दाइको मृत्युपछि घर आएको सुभाषमा बुहारी गौरीलाई देखेपछि मनमा ठूलै विद्रोहभाव पलाउँछ। परविार र समाजले राम्रो व्यवहार नगरेको देखेको उसले गर्भवती बुहारीलाई संरक्षण दिने उद्देश्यसाथ बिहे गरेर अमेरकिा लैजान्छ। आफ्नो लक्ष्य र भविष्यलाई असर गर्ने भन्दै गौरी छोरी बेला र पति सुभाषलाई चटक्कै छाडेर हिँड्छे। यसप्रकार गौरीलाई चलाखीपूर्ण ढङ्गले स्वार्थी देखाइएको छ। सधैँ अरूका लागि बाँचेको सुभाष त्यसपछि पीडाले प्रताडित हुन्छ, हरप्रहर। यस प्रकार अगाडि बढेको कथाले तीन पुस्ताले बाँचेको जीवनक्रम सरल ढंगमा भन्न सकेको छ, पाठकलाई हरेकजसो पुस्ताको जीवनकालले के भोग्ला भन्ने कौतूहल जगाउँदै।

उपन्यासको एकचौथाइ भागसम्म जीवित उदयनको चरत्रिचित्रणमा लाहिरीको सशक्त प्रतिभा देखिएको छ। नक्सलवादी विद्रोहमा लागेर २५ वर्ष पुग्दानपुग्दै ऊ मारन्िछ। त्यसपछि पाठकले ठान्छ, अब उदयनबारे व्याख्या नहोला। तर पनि प्रत्येकजसो प्रमुख पात्रको मस्तिष्कमा घुमिरहन्छ, उदयन। हरेकजसो अध्यायमा उसको प्रभाव पररिहन्छ।

लाहिरीले रोजेका पात्रहरू कोही पनि असहजजस्ता लाग्दैनन्। एकापसमा नितान्त भिन्दै चरत्रि र सपना बोकेका पात्रहरूलाई दमदार व्यवस्थापन गर्न सकेकी लेखिकाले बेला नामक पात्रको मनोवैज्ञानिक चित्रणमा चाहिँ केही कन्जुस्याइँ गरेको अनुभूति हुन्छ। कथामा तत्कालीन राजनीतिक परविेशका वास्तविक पात्रहरू पनि छन्। प्रमुख सबै पात्रहरू, उदयन, सुभाष, गौरी, बेला विद्रोही हुन्। केहीले पारविारकि विद्रोह गर्छन् भने केहीचाहिँ सामाजिक विद्रोहको द्योतक बनेका छन्। सबैभन्दा बुझ्न कठिन मानिएकी पात्र गौरी हो। ऊ नै वास्तविक विद्रोही देखिन्छे, जसले कथाको अन्त्यसम्म आइसक्दा आफूले गरेका प्रमुख विद्रोहप्रति पश्चात्ताप गर्छे। कथाको प्रमुख चुरो नक्सलवादी आन्दोलन हो, जसले सुभाष-गौरीको समाजले भोगेको पीडागत यथार्थलाई केलाएको छ। परविारको एउटा सदस्य मारँिदा सिंगो कुलमा हृदयविदारक असर पर्ने सन्देश दिन सफल छ, यो कृति। नक्सलवादी आन्दोलनप्रति लेखिकाले नरम वा कडा भाव राखेको अनुभूति हुँदैन। उनले आफूलाई पूरापूर सन्तुलित रूपमा प्रस्तुत गरेकी छन्।

दर्जनौँ पृष्ठ पल्टाइसक्दासम्म कहीँकतै केही खास घटना नपाउँदा पाठकलाई केही पृष्ठ पट्यारलिा लाग्छन्। यद्यपि, फेर िलेखिकाले आफूलाई सच्याउँदै केही घटनाहरू उत्तिखेरै भएको देखाएकी छन् या भनौँ घटनाहरू आफैँ हुन पुग्छन्। उपन्यासका सुरुका केही पानाले पाठकलाई खास खुसी बनाउन सक्दैनन् तर तिनै पाठक कहाँनिर गएर उपन्यासकारका शब्द शिल्पका बन्धक बन्छन्, थाहै हुँदैन।

उपन्यासमा शक्तिशाली संवादहरूको उपस्थिति भए पनि तिनलाई उद्धरण चिह्न नराखेरै प्रस्तुत गरएिको छ। यसलाई एउटा प्रयोगै मान्नुपर्छ। पात्रहरूको भित्री मानसिकतालाई मज्जाले उधिन्न सकेकी लाहिरीको कथा भन्ने शैली र स-साना विवरणलाई आकर्षक ढंगमा प्रस्तुत गर्ने शिल्पले आश्चर्यचकित बनाउँछन्। यस प्रकार, भारतीय परम्परागत समाज र आधुनिक अमेरकिी समाजमा छरएिको पुस्ताले भोगेका सामाजिक-मनोवैज्ञानिक यथार्थलाई प्राकृतिक ढंगमा भनिएको यो उपन्यास पठनीय लाग्छ ।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]