धान्य पूर्णिमा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन मनाइने धान्य पूर्णिमा मनाईन्छ ।

नयाँ धान भित्र्याएको खुसियालीमा ‘धान्य पूर्णिमा’ मनाउने परम्परा छ । यो पर्वमा धानको विशेष महत्त्व हुन्छ । धानलाई लक्ष्मीका रूपमा पूजा गर्ने परम्परा छ । भकारीमा भरेको धान कम नहोस् र धनधान्यले भरिभराउ होस् भन्ने उद्देश्यले मनाइने भएकाले यो पूर्णिमालाई ‘धान्य पूर्णिमा’ भनिएको हो ।

नयाँ खाद्यान्न आफूले उपभोग गर्नुअघि सबैभन्दा पहिला कुल देवता, पितृ देवता र देवी–देवताहरूलाई अर्पण गरेपछि मात्र आफूले खाने परम्परा छ । कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर नयाँ धानबाट चामलको खीर भोग लगाउने गरिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]