धोक्रे फूल
धोक्रे फूल नेपालमा पाइने एक जङ्गली वनस्पति हो। धतुरोको फूलजस्तै देखिने भए पनि प्राय: पहेँलो र कतैकतै सेतोमा हल्का रातो मिसिएको हुन्छ। बोट धतुरोभन्दा अग्लो हुन्छ र सोली आकारका फूलहरू तलतिर फर्केका हुन्छन्। यो आलु (Solanaceae) परिवारको वनस्पति हो । धतुरो (Datura) यसको नातेदार हो। धेरैतिर यसलाई धतुरो भनेर झुकिन्छन्। तर यसको वैज्ञानिक नाम Brugmansia हो। बान्तवा भाषामा यसलाई उताङ्बुङ्ना भनिन्छ।
फूलबाट राति मिठो बास्ना फैलिन्छ। कसैकसैलाई यो बास्नाले वाक्वाक् लाग्ने हुन्छ।
विषालु हुने हुँदा गाईवस्तुले यो वनस्पति खाँदैनन्।
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
https://en.wikipedia.org/wiki/Brugmansia