सामग्रीमा जानुहोस्

ध्वनि प्रदूषण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लन्डन हिथ्रो विमानस्थलमा अवतरण गर्नुभन्दा केही समय अघि घरहरू नजिकैबाट गुज्रिँदै गरेको क्वान्टासको बोइङ ७४७-४०० विमान।
साओ पाउलो जस्ता सहरहरूमा ध्वनि प्रदुषणको मुख्य स्रोत यातायात जाम हो।

ध्वनि प्रदूषण भन्नाले मानिस र जीवजन्तुमा सम्भावित हानिकारक असर पुर्‍याउने गरी ध्वनि वा आवाज फैलिनुलाई बुझाउँछ। विश्वभर बाहिरी ध्वनि प्रदुषणका मुख्य स्रोतहरूमा मेसिन, यातायात र सञ्चार प्रणालीहरू पर्दछन्।[][][] कमजोर सहरी योजनाका कारण पनि ध्वनि प्रदुषण बढ्न सक्छ। औद्योगिक र आवासीय क्षेत्रहरू एकै ठाउँमा हुँदा आवासीय क्षेत्रमा ध्वनि प्रदुषणको समस्या निम्तिन्छ। आवासीय क्षेत्रहरूमा ध्वनिका मुख्य स्रोतहरूमा ठूलो सङ्गीत, यातायात (सडक यातायात, रेल, हवाईजहाज आदि), घाँस काट्ने तथा मर्मतसम्भारका उपकरण, निर्माण कार्य, विद्युतीय जेनेरेटर, वायु ऊर्जाका टर्बाइन, विष्फोट र अन्य मानव निर्मित गतिविधिहरू पर्दछन्।

सहरी वातावरणमा ध्वनि प्रदुषणसँग सम्बन्धित समस्याहरूको इतिहास प्राचीन रोम जत्तिको पुरानो मानिन्छ।[] अनुसन्धानहरूले संयुक्त राज्य अमेरिकामा न्यून आय भएका र अल्पसङ्ख्यक समुदायका मानिसहरू बस्ने बस्तीहरूमा ध्वनि प्रदूषणको स्तर उच्च रहेको देखाएका छन्।[] यसैगरी, धेरै विकासोन्मुख राष्ट्रहरूमा घरायसी विद्युतीय जेनेरेटरहरूबाट हुने ध्वनि प्रदुषण एक उदीयमान वातावरणीय ह्रासको रूपमा देखा परेको छ।[]

अत्यधिक ध्वनि स्तरले मानव स्वास्थ्यमा मुटु सम्बन्धी असर र मुटुको धमनी सम्बन्धी रोगको जोखिम बढाउन सक्छ।[][] जनावरहरूमा भने चर्को आवाजले शिकारी वा शिकारको उपस्थिति पत्ता लगाउने र त्यसबाट बच्ने क्षमतामा ह्रास ल्याई ज्यान जाने जोखिम बढाउँछ; साथै यसले प्रजनन र दिशा पहिचान प्रक्रियामा अवरोध पुर्‍याउनुका साथै स्थायी रूपमा सुन्ने क्षमता समेत गुम्न सक्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Senate Public Works Committee. Noise Pollution and Abatement Act of 1972. S. Rep. No. 1160, 92nd Congress. 2nd session
  2. "The relationship between highway planning and urban noise.". Proceedings of the ASCE Urban Transportation Division Environment Impact Specialty Conference. Chicago, Illinois: American Society of Civil Engineers. Urban Transportation Division. May 21–23, 1973.
  3. Marx, Leo (१९६४), The Machine in the Garden, New York: Oxford University Press।
  4. "Noise Pollution: A Modern Plague", Southern Medical Journal (Lippincott Williams and Wilkins) 100 (3): 287–294, मार्च २००७, डिओआई:10.1097/SMJ.0b013e3180318be5, पिएमआइडी 17396733, मूलबाट २०२०-०१-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-१२-२१
  5. "Race/Ethnicity, Socioeconomic Status, Residential Segregation, and Spatial Variation in Noise Exposure in the Contiguous United States", Environmental Health Perspectives 125 (7), जुलाई २०१७, डिओआई:10.1289/EHP898, पिएमआइडी 28749369, पिएमसी 5744659, बिबकोड:2017EnvHP.125g7017C |article-number= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. Menkiti, Nwasinachi U.; Agunwamba, Jonah C. (२०१५), "Assessment of noise pollution from electricity generators in a high-density residential area", African Journal of Science, Technology, Innovation and Development 7 (4): 306–312, डिओआई:10.1080/20421338.2015.1082370
  7. "Environmental Noise and the Cardiovascular System", Journal of the American College of Cardiology 71 (6): 688–697, फेब्रुअरी २०१८, डिओआई:10.1016/j.jacc.2017.12.015, पिएमआइडी 29420965
  8. "Residence close to high traffic and prevalence of coronary heart disease", European Heart Journal 27 (22): 2696–2702, नोभेम्बर २००६, डिओआई:10.1093/eurheartj/ehl278, पिएमआइडी 17003049
  9. "Results and Discussion – Effects – Noise Effect On Wildlife – Noise – Environment – FHWA", Federal Highway Administration, मूलबाट २०१५-१२-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-१२-२१