नयाँमुलुको इतिहास
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
नयाँ मुलुकको (बाँके,बर्दीया ,कैलाली, र कञ्चनपुर) इतिहास र वर्तमानका समस्याहरु
[सम्पादन गर्नुहोस्]वि.स. १९१४ साल ( ई.सन् १८५७ )मा भारतको ईष्ट इण्डिया कम्पनि सरकार विरुद्घ भारतका सिपाहीहरु, राजा–रजौटा र जनताहरूले ठूलो विद्रोहको सुरुवात गरे । विद्रोहको मूलकारण थियो– अंग्रजहरूले हिन्दु र मुसलवान हरूको धर्मनाश गर्न गरेको षडयन्त्र । यो षडयन्त्र अनुसार अंग्रेजी सेनामा कार्यरत भारतीय हिन्दु÷मुस्लिम सेनाहरूले राइफलमा गोली लोड गर्नु अघि गोलीको सील दाँतले टुटाउनु पर्दथ्यो । सील गाइको छालाको हुन्थ्यो भने सील भित्र सुँगुरको बोसो राखिएको हुन्थ्योे । हिन्दुहरु गाइको मासु खादैनथे भने मुसलवानहरू सुगुरको । अंगे्रजहरु यो दुवै चिज राईफलको गोलीद्वारा आफ्ना सेनामा रहेका हिन्दु÷मुस्लिम सेना लाइ खुवाएर उनिहरूलाई कृश्चियन बन्न दवाव दिइरहेका थिए । तर यसको सर्वत्र घोर निन्दा भयो । यसको विरोध स्वरुप मंगलपाण्डे भन्ने एकजना भारतीय अंगे्रज सिपाहीले आफ्ना अंगे्रज कमाण्डर लाई गोली हानी मारीदिए पछि ईष्ट ईण्डिया कम्पनि सेनामा ठूलो खैला–वैला मच्चीयो । थोरै दिन भित्रै विद्रोहले विशाल रुप लियो । यो विद्रोहको सुरुवात भारतको मेरठ शहरबाट भएको थियो । विद्रोहको नेतृत्व तत्कालिन मराठा पेशवा (राजा) नाना साहेव ले गरेका थिए । विद्रोहले विशाल रुप लिए पछि निर्णायक जीतका लागि उनले नेपाल सरकारसँग अंगे्रज विरुद्घ सैनिक सहायता मागेका थिए । त्यस्तै लखनऊका नवावले पनि नेपाल सरकारसँग अंग्रेज विरुद्घ सैन्य सहयोग मागेका थिए । तर नेपालका प्रधानमन्त्री समेत रहनु भएका श्री ३ सरकार जंङ्गबहादुर राणा भने अन्दोलनकारी लाई सहयोग नगरी भारतमा अंग्रेज विरुद्घ भएको शसस्त्र जन–अन्दोलन दवाउन अंग्रेजहरु लाई सैन्य सहयोग गर्न चाहन्थे । यसका धैरै कारणहरु थिए । पहिलो त्यतिबेलाको पुरै विश्वको शक्तीशाली राष्ट्र ग्रेट ब्रीटेनबाट आफ्नो सरकार लाई मान्यता दिलाउन चाहन्थे । दोश्रो ब्रीटिश सरकार निकै शक्तिशाली भएको र विद्रोहीहरूको विजय नहुने सम्भावना देखेकोले ब्रिटिश सरकारसंग जंगबहादुर घनिष्ठता बढाउन चाहन्थे । यसका अलावा अंग्रजहरूलाई सहयोग गर्नचाहनुका पछाडि अन्य कारणहरु पनि थिए । उनले काठमाण्डौ स्थित ब्रिटिश रेजिडेन्ट च्बmकबथसँग बिद्रोह दवाउन नेपालीसेना पठाउने अग्रिम प्रस्ताव पेश गरे । च्बmकबथ ले यो प्रस्ताव स्वीकार गरी आफ्ना भारत स्थित गभर्नर जनरल लाई पत्राचार गरेका थिए । तर गभर्नर जनरल ीयचम अबललष्लन ले नेपाली सेना हिन्दु भएको र यसले कंपनि सरकार लाई सहयोग नगरी बिद्रोहीहरूसँग मिली उनिहरूलाई सहयोग गर्न सक्ने सम्भावनाको शंकागरी यो प्रस्ताव अस्वीकार गरिदिएका थिए । अर्को कुरा के थियो भने सन् १८४८ मा भएकोे अंगे्रज सिख युद्घमा पञ्जाबकेशरी महाराजा रणजीत सिंहको पराजय संगै मृत्यु भएपछि उनकी विधवा रानी चाँद कवर लाई अंग्रेजहरूले ऐतिहासिक चुनारगढ किल्लामा कैदगरी राखेका थिए । तर उनी उक्त किल्लाबाट भाग्न सफल भइन् । उनी जोगीनीको भेष धारण गरी नेपाल आइन् र नेपाल सरकारसँग राजनीतिक शरण मागिन् । नेपाल दरवारमा खैलावैला मच्चीयो । शरणदिए पछि अंग्रेजहरु रिसाउने , शरण नदिए हिन्दुधर्मको राजधर्म अनुसार एक अवला स्त्री लाई शरण नदिएको पापलाग्ने । आखिरकार जंगबहादुरले रानी चाँद कवर लाई राजनीतिक शरण दिएका थिए । कम्पनि सरकारले चाँद कवर लाई फिर्ता पठाईदिन अनुरोध ग¥योे, तर जंगबहादुरले आफू हिन्दूराजा भएकोले शरणको मरण गर्न नसक्ने भनि अस्वीकार गरिदिएका थिए । यसकारण पनि ीयचम अबललष्लन ले नेपालसँग विश्वास गर्न नसकेर यो प्रस्ताव अस्वीकार गरीदिएका थिए । जंगबहादुरले प्रस्ताव पठाई रहे । ीयचम अबललष्लन ले अस्विकार गरीरहे । यो क्रम धैरै पटक चलेको थियोे भन्ने इतिहास छ । जुलाई १८५७ मा भारतीय अन्दोलनकारिहरूले गोरखपुर देखी उत्तर भारतका लखनऊ लगायतका धैरैजसो शहरहरु कब्जा गरी सकेपछी अंगे्रजहरु आत्तीए । भातिय अंगे्रजसेना त्यहाँको जन–विद्रोह दवाउन पूर्ण असफल भएपछि मात्रै प्रयोगात्मक रूपमा ीयचम अबललष्लन ले विद्रोह दवाउन नेपालसरकारसँग औपचारिक सैन्य सहायता मागे । तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले पहलवान सिंह बस्नेतको नेतृत्वमा तुरन्त ३०० जना योग्यतम सेना भारत तर्फ पठाए । त्यसपछि ३÷४ सयको दरले सेना भारत पठाउदै रहे । यो सेनाले उत्तर भारतका धेरै शहरहरूमा विद्रोहिहरूसँग कडा संघर्श गरी उनिहरूले कब्जा गरेका शहरहरु आफ्नो नियन्त्रणमा लियो । त्यसपछि मात्रै अंग्रेजहरु लाई नेपाल सरकार प्रतिपूर्ण विश्वास भएको थियो । निरास भएर भात छोड्ने मनस्थिति बनाइ सकेका अंगे्रजहरूले अतीनै खुसिभई नेपाल सरकारसँग पुनः ठुलो दलबल लिई गोरखपुर कब्जा गरिदिन अनुरोध गरे । १० दिसम्बर १८५७ मा जंगबहादुर राणाले आफ्नै कमानमा ९००० सेनाको विशाल फौज लिई काठमाण्डौबाट गोरखपुरका लागि प्रस्थान गरे । ६ जनवरी १८५८ उनी गोरखपुर पुगे । १५÷२० दिन भित्रै गोरखपुर कब्जा गरे । अंगे्रज सेनाको सहायताका लागि केहि सेना त्यहि छाडि बाँकी सेनाका साथ उनी अम्बरपुर तिरलागे । अम्बरपुर कब्जा गरिसके पछि त्यहाँबाट साना–तिना किल्लाहरु कब्जागर्दै उनी ११ मार्च १८५८ मा उनी लखनऊ आई पुगे । लखनऊमा नेपाली–अंगे्रज सेनाको संयुक्त फौजले विद्रोहिहरु लाई त्यहाँबाट लखेटेका थिए । जंगबहादुर नेतृत्वको नेपाली सेनाले जौनपुर, आजमगढ, मुवारकपुर, कुण्डिया, चण्डा, बदलपुर, हमिरपुर, सुल्तानपुर, सोनपुर बरसतपुर, बादशाहगंज, लखनऊ आदि ठाउँमा विद्रोहिहरूसँग भिषण संघर्श गरी विद्रोही हरूलाई पराजित तुल्याएको थियो । नेपाली सेनाले लखनऊको बेगमकोठि, आलमबाग, छतरमंजिल, मोतिमहल, केशरबाग, ताराकोठि र मुसाबागमा ठुलो लुट मच्चाएका थिए भन्ने इतिहास छ । केशरबागमा त प्रसस्त हीरामोति÷जवाहरात र सुनचाँदी फेलापरेको थियो । जवाहरात र मोतिको महत्त्व नबुझेका नेपाली सेनाले जवाहरात र मोतिको हार फोरी त्यसमा उनिएको सुनको धागो मात्रै लिएर आएका थिए । सुनभन्दा कैयौ गुना महंगो जवाहरात र हीरामोति चिन्न नसकेर प्mयाकिदिएका थिए भन्ने इतिहास छ । विद्रोह समाप्त भए पछि जंगबहादुर २३ मार्च १८५८ मा ईष्ट इण्डिया कम्पनिका गभर्नर जनरल ीयचम अबललष्लन लाई भेट्न ईलाहाबाद गएका थिए । त्यहाँ ४दिन बसी बनारस हुदै ४ मे १८५८ मा जंगबहादुर काठमाण्डौ आइपुगेका थिए । नेपाली सेनाको सहयोगमा यो भिषण बिद्रोह दमन भएपछि भारत लाई स्वतन्त्र हुन थप ९० वर्षअरु लागेको ईतिहास छ । यो विजयबाट अत्यन्तै खुसिभई ब्रीटिश सरकार द्वारा जंगबहादुर लाई ई.स.१८५९मा (नचबलम अचयकक या तजभ यचमभच) नामक तक्मा प्रदान गरीएको थियो । आपतको समय मद्दत गरेवाफत नेपाललाई स्थाई उपहार दीने ीयचम अबललष्लन को चाहना अनुसार निजले सुगौलि सन्धीद्वारा नेपाल ले गुमाएका ४जिल्ला बाँके ,बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फीर्ता गर्न होम डिपार्टमेन्ट मार्फत ईष्ट इण्डीया कम्पनिका डाइरेक्टर लाई सिफारिस गरेका थिए । ई.सन् १ नोभेम्वर १८६० मा ब्रीटिश सरकार र नेपाल सरकार विच (चभकतयचबतष्यल तचभबतथ) नामक सन्धी भयो । यो सन्धी अनुसार सुगौलि सन्धिमा नेपालले गुमाएका पश्चीमी नेपालका ४ जिल्लाहरू बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फीर्ता गरीएको थियो । अंगे्रजबाट फिर्ता आएको भूमिलाई ‘नयाँ मुलुक’ भनिन थाल्यो । नयाँमूलुक अन्तरगत पर्ने पूर्वको राप्ति नदि र पश्चिमको महाकालि नदि विचको भू–भागमा निकै ठुलो घनाजंगल थियो । विश्वप्रसिद्घ चारकोशे झाडी यसै जंगल भित्र पर्दथ्यो । आजभन्दा १५५ वर्ष अगाडि यहाँ बस्ति थिएन । यो दक्षिण एसियाकै प्रसिद्घ शिकारगाह पनि थियो । यो जंगलमा शिकार खेल्न नेपाल सरकारका तत्कालिन श्री ५ महाराज धिराज, श्री ३ महाराज र निजका भाइ भतिजा र राजकुमारहरु, र उच्चपदस्थ सैनिक कर्मचारीहरु आउने गर्दथे । ब्रीटेनका राजकुमार प्रीन्स अफ वेल्स ले पनि यहाँ सिकार खेल्न आएकोे ईतिहास पाइन्छ । ईष्ट इण्डिया कम्पनी (ब्रीटिश भारतिय सरकार) सँग नेपालको बि.स. १९७७ अथवा (ई.सन् २३ अगस्त १९२०) मा शारदा सिंचाई परियोजना सम्वन्धि सम्झौता भयो । त्यतिबेला नेपालका प्रधानमन्त्री चन्द्रसमशेर थिए । ८ वर्ष लगाएर निर्माण सम्पन्न भएको शारदा बैराज र नहरको उद्घाटन वि.स. १९८५ (११ दिसेम्वर १९२८) मा तत्कालिन अंग्रेज सरकारका भारत स्थित विशिष्ट अधिकारी सर मल्कोन थैलिसले गर्नु भएको थियो । यो नहर बनाउदा तत्कालिन अंग्रेज सरकारका प्रमुख ईन्जिनियर मिष्टर एफ. एफ. बैन र मिष्टर बि.डी.ओ.डारले याहाँ काम गरेकाथिए । नहर निर्माण गर्दा नहरको पूर्वमा पर्ने नेपालको भूमि प्रयोग गर्नुपर्ने बाध्यता भएकोले अंग्रेज सरकारले मो.रु ५००००÷– पचाश हजार नेपाललाई क्षतिपुर्ति दिएको थियो । शारदा ब्रीज र नहरको निर्माण सु–सम्पन्नभैसके पछि अंग्रेजहरु लाई भारतमा थप रेलवे लाईन विस्तारका लागि रेलवेपटरी मुनि विछ्याउन सालको काठको जरुरत थियो, जो नेपालको यसै भू–भागमा अकुत रूपमा उपलब्ध थियो । नेपालका प्रधानमन्त्रीहरु पनि नयाँमुलुकको जंगललाई फडानि गरी बस्ती अवाद गर्न चाहन्थे । कारण उति बेलाको राज्यकोषको मुख्य आम्दानी भनेकै जग्गाबाट प्राप्तहुने लगान (मालपोत) थियो । जो अहिलेको अनुपातमा निक्कै चर्को हुने गर्दथ्यो । वि.स. १९८५मा कोइलर भन्ने एक अंगे्रज ठेकेदार लाई श्री ३ चन्द्र शमशेर ज.ब.रा.ले नयाँमुलुकको जंगलको फडानि गर्ने अख्तियारी दिए । यो अख्तियारी पाएपछि कोयलरले कञ्चनपुरको झलारीको उत्तरमा पर्ने स्टेसनपुर र कैलालीको गौरीफन्टा नाका हुदै चौमाला सम्म रेल सेवा विस्तार गरी यहाँको धेरै काठ भारत तर्फ लग्यो । नयाँमुलुकमा जंगल फडानी भए संगै रस्ती–बस्ती अवाद हुने क्रम पनि बढ्दै गयो । वस्ति वसाउने काम गर्ने लाई जिमीदार पदवी दिइयो । जिमीदार ले आफ्नो ईलाकाबाट लगान वा मालपोत उठाई निर्धारीत समयमै ९५ प्रतिशत रकम नेपाल सरकारलाई बुझाउनु पर्दथ्यो । नेपाल सरकारबाट निजले उठाएको कुल मालपोतको ५ प्रतिशत निज लाईनै पारीतोसिक उपलब्ध गराइन्थ्योे । १९३० पछि भारमा अंग्रेज विरुद्घको जन अन्दोलन झन–झन तिब्र हुदै गयो । भारतिय आन्दोलनकारी हरूबाट अंग्रेजले हार खानु परे पछि वि.स. २००४ साल तदनुसार (१५ अगस्त १९४७) मा अंग्रेजहरु भारत छोड्न बाद्घय भए । तिनै कोइलर भन्ने अंगे्रज ठेकेदारले जंगल फडानी गरी बस्तियोग्य बनाएको भू–भाग बाटै कैलाली र कञ्चनपुरमा मानव बस्तीको सुरुवात भएको पाइन्छ । सर्वप्रथम राना समुदायले भारतका उत्तरी जिल्लाहरूबाट कञ्चनपुर हुदै त्यहाँबाट नयाँमुलुकका अन्य भागमा प्रवेश गरी बस्ती बसाले । पछि दाङ् जिल्लाबाट थारु, राजी, र कठरिया समुदायहरु बाँके, बर्दिया र कैलाली तिर बसाई सर्दै आए । पहाडि जिल्ला हरूबाट पहाडियाहरूको पनि आगमन को क्रम सुरुभयो । सुरु–सुरुमा पहाडीहरु ६महिना हिउदमा मात्रै यहाँ आई आफ्ना गाई–भैसीहरु चराउन गर्थे । चैत्र लागे पछि गर्मी र औलो को डरले पहाड फर्कन्थे । तर दाङ् जिल्लातिरबाट सर्दै आएका थारु–चौधरीहरु र उत्तर भारतबाट आएका रानाहरु भने यहाँ स्थाई रूपमा रहे । कालान्तरमा औलो र मलेरीया रोगको स्थायी उपचार पत्ता लागेपछी पहाडि समुदायले पनि नयाँमुलुकमा स्थायी रूपमा बसोबासको सुरुवात गरेको पाइन्छ । शारदा (महाकाली) नहर निर्माण अवधिभर केहिसमय मात्रै प्रयोग गर्न दिइएको भनिएको नेपाली भूमिलाई आफ्नो हो भन्दै भारतियहरूले सिमा अतिक्रमण गर्दै हाल आएर गड्डाचौकि नजिकै आफ्नो सिमाना ल्याई पु¥याएका छन् । बनबासा भंन्सारमा मा निर्दोश नेपालिहरू भारतिय प्रहरीद्वारा लुटिनु सामान्य घटना जस्तै बनिसकेको छ । २०४६ साल पछिका लगभग सवै प्रधानमन्त्रीहरु ले भारत तुष्टीकरणको नितिलिए पछि यो समस्याले थप विकराल रुप लिएको हो । टनकपुरमा सन् १९९२ मा भारतले एकतर्फी रूपमा टनकपुर बाँध बाँधी २०००० क्यूसेक क्षमताको नहर समेत निर्माण गरी १२० मेघावाट विद्युत उत्पादन र उपयोग गरीरहेको छ । १२ फरवरी १९९६ का दिन भारतको नयाँदिल्लीमा तत्कालिन नेपाल सरकारका प्रधान मन्त्री शेरबहादुर देउबा र भारत सरकारका प्रधान मन्त्री पी.भी. नरसिंह राव का विच (महाकाली नदि सम्वन्धी पुराना सवै सम्झौताहरु विस्थापित गर्दै), शारदा बाँध, टनकपुर बाँध, पञ्चेश्वर परियोजना र महाकालि नदीको एकिकृत विकाश सम्वन्धी ७५ वर्षीय सन्धि भएको २० वर्ष पुग्दैछ । तर टनकपुर बाँधबाट हालसम्म नेपालले एक थोपा पानी पनि पाएको छैन । टनकपुर बाँध बनाउदा विस्थापित भएको सीमा स्तम्भ नं ३ को पनि पुनः स्थापना हुनसकेको छैन । नेपालको पक्षमा कार्यान्वयन हुनु पर्ने भनी महाकालि सन्धिमा उल्लिखित अधिकांस बुँदाहरु भारतले कार्यान्वयनमा ल्याउन चाहेकै छैन । सन्धि अनुसार नेपाललाई शारदा (महाकाली) बाँधबाट वर्षायाममा २८.३५ घ.मी. प्रती सेकेण्ड तथा सुख्खायाममा ४.२५ घ.मी. प्रति सेकेण्ड पानि प्राप्त गर्ने अधिकार छ । त्यस्तै महाकालि सन्धिको धारा ४ मा उल्लेख भए अनुसार नेपालि ईलाकाको दोधारा–चाँदनि क्षेत्रको सिंचाइका लागि भारतले १० घ.मि. प्रति सेकेण्ड पानी नियमित उपलब्ध गराउने छ, भनि उल्लेख गरीएको छ , तर भारत ले अझै सम्मपनि दोधारा–चाँदनि क्षेत्रको सिंचाइको लागि छुट्याएको पानी दिएको छैन । त्यती बेला दुवै पक्षको हित हुने भनी गरीएको महाकाली सम्झौता हाल आएर भारतले एकलौटि रूपमा आफ्नो मात्रै हितहुने गरीे प्रयोग गरिरहेको छ । वर्षयाममा बाढी आएपछिमात्रै भारतले बनबाशा ब्यारेजका नेपाल तर्फका ढोकाहरु खोल्ने गरेको छ । अरु समयमा ९० प्रतिशत पानि भारतले एकलौटि रूपमा आफुमात्रै प्रयोग गर्दै आइरहेको हुन्छ । नेपालको खस्कीदो राजनीतिक अवस्थाको लाभ उठाउदै भारतले हालका केहि वर्षहरूमा कैलालीकोे परासन गा.वि.स. लगायतका ठाउँहरूबाट नेपाली सिमानाहरु मिचेर भारतमा गाभ्ने काम लाई तिब्रता दिइरहेको छ सिमानाका नेपाली बासिन्दा हरूले यसको तिब्र विरोध गरे पछि सिमामिच्ने कामलाई निरन्तरता दिन १५५ वर्ष देखि दाजु–भाई जस्तै बसेर आइरहेका थारु चौधरी र पडाही समुदाय विचको सामाजिक सौहार्दता धमिल्याउने षडयन्त्र गरीरहेको छ । नेपाल–भारत सिमानाको प्रतेक ५/५ किलोमिटर क्षेत्रमा भारतिय अर्धसैनिक बल एस.एस.बि.लाइ तैनाथ गरीएको छ । यिनीहरूको काम बेला–बेलामा नेपाली भू–भागमामा पसि नेपालीहरु दुःख दिनु र सिमा मिच्नु बाहेक अरुकेही पनि छ जस्तो देखिदैन । यो समस्या प्रति हामिसबै देशभक्त नेपाली हरूले बेलैमा सचेत नभए भविस्यमा नयाँमुलुकको ईतिहास ईतिहासमा मात्रै सिमित नहोला भनेर भन्न सकिन्न ।