नारुतो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नारुतो (ナルト) मासाशी किशिमोतोद्वारा तयार पारिएको जापानी कमिक (माङ्गा) श्रङ्खला हो । यसमा नारुतो उजुमाकी (एक वयस्क निन्जा) को गाउँको प्रमुख बन्ने सपनामा आधारित कथा रहेको छ । कथा दुई भागमा बाँडिएको छ, उनी तेह्र वर्ष नकाट्दै र १३ वर्ष पछिका समयहरु पछि ।

नारुतो श्रङ्खलाबद्ध रूपमा सुयसा म्यागजीनमा सन् १९९९ देखि २०१४ मा छापिएको थियो । पछि, एनिमे टेलिभिजन श्रङ्खलामा २२० वटा एपिसोडमा सन् २००२ देखि २००७ मा प्रस्तुत भएको थियो । यसको दोस्रो श्रङ्खलाको रूपमा सन् २००२ देखि २००९ मा ५०० एिसोडमा प्रस्तुत भएको थियो । यसको अङ्ग्रेजी अनुवादित भागहरु पनि प्रस्तुत भएको थियो । सन् २०१७ सम्ममा नारुतो सबैभन्दा बिक्री हुने माङ्गा श्रेङ्खलाहरूको तेस्रो स्थानमा पर्दछ । २२० मिलियन भन्दा बडी प्रति बिक्री भइसकेको र ३५ भन्दा बढी राष्ट्रहरूमा यो प्रख्यात छ । भिज मिडियाको उचित मात्रामा बिक्री भएको माङ्गा श्रङ्खलामा पर्छ, यसका अङ्ग्रेजी अनुवाद युयासए टुडेमा आएका छन् भने न्युयोर्क टाइम्स बेस्टसेलर लिस्टमा थुप्रै पटक आइसकेको छ । सातौँ प्रकाशनले कुइल अवार्ड २००६ जितेको पनि थियो । समिक्षकहरूले पात्रको विकास, बलियो कथा र द्वन्द दृश्यहरूको तारिफ गरेका छन् । केहीले द्वन्दको बयानले कथा सुस्त भएको पनि बताउँछन् । विश्लेषकहरु जापानी मिथ र कन्फुस्युनिजमको माङ्गामा प्रयोग भएको बताउँछन् ।

कथा सारंश[सम्पादन गर्नुहोस्]

भाग १[सम्पादन गर्नुहोस्]

एक बलियो जीव नाइन टेल' कोनोहो (निन्जा दुनियाँको अफ फाइरमा रहेको गाउँ) मा हमला गर्दछ । यसको प्रति उत्तरमा कोनोहा (गाउँका मुखिया) उक्त जीवलाई आफ्ना छोरा नारुतो उजुमिकिमा कैद गरी राख्दछन् जसमा कोनोहाको मृत्यु हुन पुग्दछ । यस कुरा नारुतो स्वंयलाई १२ वर्ष पछि मात्र अरओ निन्जा मिजुकीबाट थाहा हुन्छ । मिजुकीलाई नारुतो हराउँछन् जसबाट नारुतोका गुरु इरुका उनलाई सम्मानयोग्य ठान्छन् । केही समयपछि नारुतो निन्जा बन्दछन् र टिम 7 का सदस्य बन्दछन् । टिमका गुरु काकासी हाताके हुन्छन् । अन्य निन्जा समूह जस्तै टिम 7 पनि गाउँले अह्राएका समस्याहरु पूर्ण गर्दछन् । कयौँ मिसनहर पश्चात् काकासी निन्जा जाँच गराउँछन् जसबाट नारुतो र उनका साथीहरु उच्च पदका बन्न पाउँछन् । जाँचका प्रक्रियामा ओरोचिमारु, एक क्रिमिनल गाउँमा आइपुग्छन्, हाल रहेका गाउँका प्रमुख लाई मारिदिन्छन् । नारुतो जिरिया (तीन बलिया निन्जा, मध्येका एक) सँग त्सुन्डेको खोजी गर्छन् ।

भाग २[सम्पादन गर्नुहोस्]

साढे २ वर्ष पछि नारुतो जिरियासँगको ट्रेनिङ पछि फर्कन्छन् । आकात्सुकी शक्तिशाली पुच्छर भएका दानवका कब्जामा रहेका व्यक्तिहरूलाई वशमा पार्न थाल्छन् । यसको सामाना टिम७ र अन्य निन्जाहरूले गर्नुपर्नेहुन्छ र आफ्ना साथी सासुकेलाई पत्ता लगाउनुपर्ने हुन्छ ।[१]

भाग २[सम्पादन गर्नुहोस्]

मिडिया[सम्पादन गर्नुहोस्]

माङ्गा[सम्पादन गर्नुहोस्]

एनिमे[सम्पादन गर्नुहोस्]

नारुतोको एनिमे टोकियो अक्टोबर ३, सन् २००२ मा प्रदर्शन भएको थियो र फेब्रुअरी ८, २००७ मा २२० भाग सँगैँ सकिएको थियो ।

चलचित्र[सम्पादन गर्नुहोस्]

उपन्यास[सम्पादन गर्नुहोस्]

संगीत[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  1. Kishimoto, Masashi (२००७), Naruto, Volume 16, Viz Media, पृ: १५०, आइएसबिएन 978-1-4215-1090-3