निर्वाण
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
निर्वाणको अर्थ हो परम स्वतन्त्रता । निर्वाण शब्दको अर्थ हो निभेको या दियो निभ्नु । किन्तु बौद्ध जैन धर्म र वैदिक धर्ममा यसको विशेष अर्थ छ । श्रमण विचारधारामा (संस्कृत निर्वाण, पालि निब्बान) पिडा या दुःखबाट मुक्तीको अवस्था । पालिमा निब्बान को अर्थ हो मुक्ति पाउनु अर्थात् लालच घृणा र भ्रमको अग्निबाट मुक्ति । यो बौद्ध धर्म को परम सत्य हो र जैन धर्मको मुख्य सिद्धान्त ।
यद्यपि मुक्तिको अर्थमा निर्वाण शब्दको प्रयोग गिता भागवत रघुवंश शारिरीक भाष्य इत्यादि नयाँ पुराना ग्रन्थहरूमा पनि पाइन्छ । बैदिक साहित्यमा निर्वाण उपनिषद्को रचना गरिएको छ तथापि यो शब्दलाई पारिभाषिक गर्ने कार्य बौद्धले गरे ।
जैन धर्मावलम्बीहरु दिपावलीको दिनलाई भगवान् महाविर को निर्वाण दिवसको रूपमा मनाउँछन् ।